जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

काठमाडौं:   काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु भएको छ । शुक्रवार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरेका हुन् ।  शुभारम्भ कार्यक्रममा बोल्दै उनले काठमाडौंवासीलाई १२ महिना नै अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाए। मेलम्चीको खानेपानी आजबाट तेस्रो पटक पुनः वितरण सुरु भएको हो ।  आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ निर्माण गरेको भण्डारण पोखरी र पुरानो पानी भण्डारण पोखरीबाट पानी वितरण शुरु गरेको हो । जसअनुसार महांकाल पानी पोखरीबाट ८५ लाख लिटर, ललितपुर खुमलटार नयाँ पोखरीबाट १ करोड ९० लाख लिटर, बालाजु पुरानो पोखरीबाट ३६ लाख, कीर्तिपुर नयाँ पोखरी ६० लाख, टिगानी मध्यपुर थिमी नयाँ पोखरीबाट ३० लाख, कटुञ्जे भक्तपुर नयाँ पोखरीबाट ६० लाख, बाँसबारी महाराजगञ्ज पुरानो पोखरीबाट २० लाख, पानी पोखरी महाराजगञ्ज नयाँ पोखरीबाट ४५ लाख, मिनभवन पुरानो पोखरीबाट ३० लाख लिटर र अनामनगर पुरानो पोखरीबाट २७ लाख लिटर गरी कुल ५ करोड ८३ लाख लिटर पानी वितरण हुनेछ ।  कार्यक्रममा बोल्दै खानेपानी लिमिटेडका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले हाल काठमाडौं उपत्यकामा खोनेपानीको माग दैनिक ४३ करोड लिटर भए पनि आपूर्ति करिव १२ करोड लिटर रहेको बताए । उनले मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी थप हुँदा पनि दैनिक मागलाई भने सम्बोधन गर्न नसकिने बताए।  उनले मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने १७ करोड लिटर खानेपानी पानी भण्डारण पोखरीबाट काठमाडौं महानगरपालिका, गोकर्णेश्वर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिकाको कार्यक्षेत्रभित्र प्रथम चरणमा २४ सै घण्टा काठमाडौं उपत्यका लिमिटेडले बिस्तार गरेको पुरानो पाइपलाइनबाट पानी वितरण हुने बताए । 

काठमाडौं:  नेपाली सुनचाँदी बजारमा आज छापावाल  सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन सय पुगेको छ । बिहीबार प्रतितोला रु ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार दुई थियो ।      त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ३० ले बढेर रु एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ ।

काठमाडौं:   भारतीय फिल्म उद्योगमा फिल्म चलेन भने त्यसका अभिनेता अभिनेत्रीले केही हदसम्म पारिश्रमिक फिर्ता गरेका थुप्रै उदाहरण छन् । नेपाली फिल्म उद्योगमा पनि त्यसको सुरुवात भएको छ । नेपालमा फिल्म नचलेपछि पारिश्रमिक फिर्ता गर्ने परिपाटीको सुरुवात अभिनेता पुष्प खड्काले गरेका हुन् । अभिनेता खड्काले फिल्म ‘कृष्ण लीला’ फ्लप भएको कारण निर्माणलाई आफूले लिएको पारिश्रमिकको ३३ प्रतिशत फिर्ता गरेको बताएका छन् । बिहिबार फिल्म ‘तिम्रो मेरो साथ’ ले आयोजना गरेको एक कार्यक्रममा पुष्पलाई पत्रकारले प्रश्न सोधका थिए ‘‘कृष्ण लीला’ वर्षकै फ्लप फिल्म बन्यो । के तपाईले घोषणा गरे अनुसार पारिश्रमिक फिर्ता गर्नुभयो ? । कार्यक्रममा उनले निर्मातालाई आफूले लिएको पारिश्रमिकको ३३ प्रतिशत रकम फिर्ता गरेको बताए । उनले ‘कृष्ण लीला’ मा कति बुझेका थिए र कति फिर्ता गरेको भने बताएनन् । ‘मैले ३३ प्रतिशत पारिश्रमिक लिन बाँकी थियो’, पुष्पले भने ‘फिल्म फ्लप भएपछि त्यो लिएको छैन । त्यौ नै फिर्ता गरेजस्तै हो । अव त्यो लिन्न । नलिएपछि फिर्ता गरेजस्तै भनेर ?’ फिल्म प्रदर्शन समयमा आफूले गरेको त्यो बाँचा नबिर्सिएको समेत खड्काले सुनाए । ‘कृष्ण लीला’ मा खड्काको अभिनेत्री श्रद्धा क्षेत्रीसँग रोमान्स रहेको थियो । नेपाली अभिनेताहरूमा पारिश्रमिक चर्को लिने होडबाजी नै छ । जसले गर्दा नेपाली फिल्मको निर्माण लागत ह्वात्तै बढेको छ । तर, पारिश्रमिक चर्को लिने कलाकारले फिल्म नचलेपछि पारिश्रमिक फिर्ता गर्नु त टाढाको कुरा असफलताको दोष लिन समेत तयार हुँदैनन् । पुष्पले भने  फिल्म नचले पारिश्रमिकको केही प्रतिशत रकम फिर्ता गरेर फिल्म उद्योगमा आफूलाई एउटा जिम्मेवार अभिनेताको रुपमा प्रमाणित गरेका छन् । 

धनगढी:  बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान पाटन नगरपालिका–१० डंसेलीमा से१ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा  डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३५ वर्षीय चालक तेजबहादुर साउदको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सडकबाट जिप अन्दाजी १५० मिटर तल खसेको छ । जिपमा चालकबाहेक अरु कोही पनि सवार नरहेको प्रहरीले जनाएको छ । डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउदले चलाएको जिप कच्ची सडकमा दुर्घटनामा परेको हो ।

काठमाडौं:   सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानुन व्यवसायीहरु आन्दोलित भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । सर्वोच्च अदालत भित्र र बाहिर उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । सर्वोच्च अदालत अगाडिको सडक रामशाहपथमा सुरक्षाकर्मीका तीनवटा ट्रकहरु छन् । सर्वोच्च अदालतभित्र अनधिकृत व्यक्ति प्रवेश नगरुन् भनेर पनि चेकजाँच कडा पारिएको छ । आगन्तकुहरुलाई प्रहरीले उनीहरुको परिचय पत्र हेरेर र भित्र जानुको कारणबारे सोधेर मात्रै प्रवेश गर्न दिएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रवेश गर्ने गेटमा भने ताला लगाएर बन्द गरिएको छ । नेपाल बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च अदालतभित्र पैदल हिँडेर जाने गेट भने खुला छ । त्यहाँ पनि सुरक्षाकर्मीहरु तैनाथ छन् । कानुन व्यवसायीहरु नेपाल बारको भवनतर्फबाट सर्वोच्च परिसरमा आइसकेका छन् । उनीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्न नदिने र आज पनि धर्नामा बस्ने जनाएका छन् । सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए । तर संघीय संसदका महासचिव गौतमले यही मंसिर २१ गते महाअभियोग निष्प्रभावी भएको पत्र दिएका थिए । त्यसविरुद्ध कानुन व्यवसायीहरुले सोही दिन सर्वोच्च परिसरमा धर्ना दिएका थिए । सर्वोच्चको पूर्ण बैठकले पत्र नै लेखेर कुन संवैधानिक र कानुनी आधारमा महाअभियोग निष्प्रभावी भएको हो भनेर संसदका महासचिवसँग जवाफ मागेको छ । सर्वोच्च अदालतको पत्रको जवाफ शुक्रबार नै संघीय संसदका महासचिव गौतमले दिनुपर्नेछ । जबराको निलम्बन फुकुवा हुने भनी संघीय संसदका महासचिव गौतमले दिएको पत्रविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ समेत हुँदैछ ।

पोखराः   बुक वर्म फाउण्डेशनको आयोजनामा हुने लिटरेचर फेस्टिभललाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आउने भएका छन् ।  फाउण्डेशनको आयोजनामा आगामी पुस ६ गतेदेखि १० गतेसम्म पोखरा लेकसाइडको बाराही घाट नजिक फेवाताल किनारमा सञ्चालन हुने १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा पूर्वप्रधानमन्न्री  ओली पोखरा आउने भएका हुन् ।  ओलीले लिटरेचर फेस्टिभल वक्ताका रुपमा सहभागी हुने पक्का गरेको फेस्टिभल निर्देशक नीरज भारीले जानकारी दिए । भारीका अनुसार ओलीसँग फेस्टिभलमा गैरराजनीतिक विषयमा कुराकानी हुनेछ । अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारीले ओलीसँग जीवन र जगत तथा प्रेम लगायत विषयमा कुराकानी गर्नेछन् । फेस्टिभलका निर्देशक भारीले ओलीलाई निम्तो गरेको बिहिबार फेसबुकमा ​ पोस्ट गरेका छन् । (नेपाल लिटरेचर फेस्टिभल)को दशौँ संस्करणका वक्ताहरूलाई निम्तो दिने क्रममा सम्माननीय पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई मैले भेटें । उहाँले मसँग, तपाईंको कार्यक्रममा १५ मिनेटअघि नै आउँछु भन्नुभयो ।’ फेस्टिभलमा आउँदो पुस ७ गते हामीले ओलीज्यूको गैर-राजनीतिक व्यक्तित्वबारे सुन्नेछौं ।

पोखरा:  बैदाम तामाङ सेवा समाज पोखरा ६ बैदामको ११औं साधारण सभा सम्पन्न भएको छ । बिहिवार लेकसाइडको खहरेमा रहेको पेमा ढेचेलिङ गुम्बामा साधरणसभा सम्पन्न भएको हो। साधारण सभामा नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका अध्यक्ष रामबहादुर ह्लोन शिबुले बैदाम तामाङ समाज राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित रहेको बताए । उनले समाजले आयोजना गर्ने मिस तामाङ्कले पनि तामाङ समुदायको पहिचान जोगाउन सफल रहेको जनाए । अध्यक्ष ज्याक तामाङले समाजले तामाङ जातिको पहिचान हुने सबै कार्यक्रमहरु गर्दै आएको बताए । उनले समाजका युवाहरुलाई समय परिस्थिति अनुकुल शिक्षा र तालिमहरु दिदै जाने जनाए । रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले तामाङ समुदायको भाषा, संस्कृती लगाएतका अन्य पक्षहरुको संरक्षण आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा पूर्व उपाध्यक्ष जयन्ती मेक्तान, सल्लाहकारहरु धनबहादुर तामाङ, कृष्णबहादुर तामाङ र नेपाल तामाङ घेदुङ बैदामका पूर्व अध्यक्ष दोर्जे तामाङ लगाएतले बोलेका थिए । कार्यक्रममा सचिव निमा तामाङले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकि थिइन भने कविता योञ्जनले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकि थिइन भने दुबै प्रतिवेदन पारित गरिएको थियो । यसका साथै भेलाले गुम्बाको प्रमुखमा लामा गुरु प्रेमबहादुर तामाङलाई नियुक्त गरेको छ । मनोज लामाको नेतृत्वमा सात सदस्यीय तम्बा टोलि गठन गरिएको छ ।

बागलुङ: पहिलो याममा ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सात नाउर र पाँच झारलको सिकार भएको छ । नेपालका चार सिकार कम्पनीमार्फत आएका विदेशी सिकारीले यस पटक निर्धारित कोटा भन्दा एक वटा वन्यजन्तुको कम सिकार गरेका छन् । पहिलो सिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र आठ वटा नाउरको कोटा निर्धारण गरिएको थियो ।   यस पटक एक वटा नाउरको सिकार हुन सकेन । एक नाउरको अनुमति प्राप्त गरे पनि ग्लोबल फारिसज प्रालिबाट सिकार गर्न जानुभएका अमेरिकी नागरिक निकोलस भाइन्सेन्ट रोड्रिगेजले बार्से सिकार ब्लकमा नाउरको सिकार गर्न चुक्नुभयो ।  यो सिकार याममा नेपाल ट्राभल्स एक्सपिडिसनमार्फत् अमेरिकी नागरिक वारर्डी ग्यारेट भानहोस्ले घुस्तुङ ब्लकमा एक नाउरका सिकार गर्नुभएको छ । हिमालयन सफारीमार्फत शिकारमा जानुभएको मेक्सिकोका सिकारी ओस्कार अलेक्जेन्डरले सुनदह र सेङ ब्लकमा एक झारल र एक नाउर, मेक्सिकोका सिकारी माउरीको जेभरले दोगाडी ब्लकमा एक झारल र एक नाउर र अमेरिकी सिकारी टलाएर लि इस्टनले दोवाडी ब्लकमा एक नाउर र झारलको सिकार गरेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो ।  ग्लोबल सफारीमार्फत सिकारमा जानुभएका क्यानेडियाली सिकारी एडमन मिचेल रुक्सले फागुने ब्लकमा एक नाउर, जर्मनीका सिकारी इरिक डिटररिजरिष्टले फागुने ब्लकमा एक झारलको सिकार गर्नुभयो ।  ट्याक एण्ड ट्राभल्समार्फत सिकारमा निस्कनुभएका अमेरिकी सिकारी जोफ्रे माथेवप्राजिले दोगाडी र घुस्तुङमा गरी एक झारल र एक नाउर तथा अर्का अमेरिकी सिकारी मिचल कुर्तच्याम्पमेनले घुस्तुङ ब्लकमा एक झारल र एक नाउरको सिकार गरेको प्रमुख संरक्षण अधिकृत कँडेलको भनाइ छ ।  ढोरपाटनमा सिकार गरेपछि अधिकांश सिकारीले मासु खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् । सिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा सिकार गर्न पाउँछन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी ७ ब्लगमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था गरिएको छ ।  हरेक वर्ष असोज–मरसङ र फागुन–वैशाख गरी दुई सिजनमा सिकार हुन्छ । विभागले गराउने अन्तर्राष्ट्रिय बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी व्यावसायिक सिकारीलाई नेपाल भित्र्याउँछन् । यो याममा सिकारीले एउटा नाउरको २० लाख र झारलको छ लाख रुपियाँ राजश्व तिरेका थिए  । सिकार पर्यटनबाट प्रतिवर्ष करोडौँ रुपियाँ राजश्व ढुकुटीमा जम्मा हुन्छ । सिकार कम्पनीको प्रतिस्पर्धाका आधारमा सिकारको राजश्व दर घटबढ हुने हो ।  सिकार पर्यटनमा विश्वका प्रसिद्ध सिकारी लाखौँ खर्च गरेर ढोरपाटन पुग्छन् । उनीहरू हेलिकप्टरमार्फत त्यहाँ पुग्ने गरेका छन् । आधार शिविरबाट आरक्षका प्रतिनिधि, पथप्रदर्शक, भरिया र सहयोगीसहित सिकार ब्लकमा पुग्छन् । आधार शिविरबाट दुरीले टाढा र कठिन भूगोल भएका ब्लकमा पुग्न दुईरतीन दिनसम्म लाग्न सक्छ । 

 सिन्धुली:  बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेँलपुर भएका छन् ।  किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । गोलञ्जोर गाउँपालिका–५ खनियाखर्क बजारमा जुनार बिक्रि गर्न किसानको घुइचो नै लाग्ने गरेको छ । वीपी राजमार्ग सञ्चालनमा आएसँगै जुनारको कारोबारमा वृद्धि भएको व्यापारी सावित्रा थापामगरले जानकारी दिइन्। उनी विगत १५ वर्षदेखि जुनार बेच्दै आएका छन् । ‘यहाँ सुन्तला कम बिक्री हुन्छ, जुनारको व्यापार गज्जब छ’, उनले भने । विगत वर्षमा भदौदेखि नै जुनार बेच्ने गरेकामा यसवर्ष स्थानीय तहले हरियो जुनार बेच्न रोक लगाएको थियो । कात्तिकदेखि मात्र पाकेको जुनार बजारमा बिक्री हुन थालेको हो । विभिन्न ठाउँ आवातजावत गर्ने यात्रु नै जुनारका मुख्य ग्राहक हुन् । ‘यहाँको जुनारलाई यात्रुले कोशेलीका रुपमा लैजाने गरेका छन्’, स्थानीय व्यापारी लक्ष्मी सापकोटाले भनिन्। एकै दिनमा रु ५० हजारसम्मको जुनार बिक्री हुने गरेको उनले बताइन् । किसानले कात्तिकदेखि जुनार बिक्री गर्न बजारमा ल्याउँछन् । शीत भण्डारमा राखेको जुनार वैशाखसम्म बेच्न सकिने सापकोटाले बताए । विगत १६ वर्षदेखि जुनार बेच्दै आएकी रत्नकुमारी मगरले विचौलियाले अन्यत्रको जुनारलाई सिन्धुलीको भनेर बिक्री गर्न थालेको गुनासो गरिन् । उनी जुनार बेचेर वर्षको रु एक लाख बचत गर्छिन्। खनियाखर्क बजार आसपासमा मात्रै तीस जनाभन्दा बढी जुनार व्यापारी र व्यवसायी छन् । जुनारको मूल्यमा भने एकरुपता छैन । मुख्य बजारमा व्यापारीले प्रतिकिलो रु ६५ देखि रु ७० सम्ममा किसानसँग खरिद गरी रु ८० देखि रु १२० सम्ममा जुनार बिक्री गर्दै आएका छन् । गोलञ्जर गापाउँपालिका–६ नाकाजोलीका नविन हायुले जुनार बेचेर यसवर्ष रु सात लाख २० हजार आम्दानी भएको बताए । उनको बगैचामा एक हजार पाँच सय जुनारका बोट रहेका छन् । किसानको बगैचामै गएर ठेकेदार र व्यापारीले जुनार खरिद गर्ने गरेका छन् । जुनार बोटमै ठेक्का लागेकाले बजारमा गएर बेच्नुपर्ने झन्झट छैन । जिल्लामा कोकाकोला र फेन्टाको विकल्पमा जुनारको जुस प्रयोग हुन थालेको छ । जुनारलाई प्रशोधन गरी बनाइएको जुस काठमाडौँ, जनकपुर, विराटनगरलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख रमेश हुमागाईका अनुसार जिल्लामा एक हजार ३४५ हेक्टरमा जुनार खेती गरिँदै आएको छ । पूर्व पश्चिमसम्म फैलिएको महाभारत क्षेत्रमा जुनारको व्यवसायिक खेती गर्ने क्रम बढ्दै गएको उनी बताउँछन् ।