पोखरा: पोखराको दुई स्थानबाट १७ जना जुवाडेलाई ४ लाख बढी नगदसहित कास्की प्रहरीले गरेको छ ।  पोखरा महानगरपालिका–१० रक्षामार्गबाट ९ जना र पोखरा–१५ घलेचोकबाट ८ जनालाई जुवातास खेलिरहेको ...

काठमाडौं:  रौतहट बोलेरो गाडीबाट ९१ किलो गाँजा बरामद भएको छ।  आइतबार बिहान ११ बजे राजपुर नगरपालिका–१ पिपरा भगवानपुरस्थित पिपरा टोलबाट ९१ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए।  रोकेर राखेको बोलेरो गाडीमा गाँजा छ भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले चेक गर्दा बोलेरो गाडीमा गाँजा फेला पारेको हो।  गाडीमा १३ वटा पोकामा ९१ किलो गाँजा बरामद भएको हो। प्रहरीले गाँजासँगै गाडी पनि नियन्त्रणमा लिएको छ। यस्तै गाडी नजिकै एउटा बेवारिसे मोटरसाइकल समेत फेला परेको थियो।  उक्त मोटरसाइकललाई पनि नियन्त्रणमा लिइएको छ।  घटनाको थप अनुसन्‍धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

कञ्चनपुर:  कञ्चनपुरको बेलौरीमा तीन भारतीय लुटेरा पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१ स्थित वैशाखाबाट हतियारसहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताउनुभयो ।  पक्राउ परेकाहरुबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ । “शुक्रबार राति पेस्तोल र त्यसमा लाग्ने केही गोलीसहित भारतीय लुटेरा पक्राउ परेका छन्”, उहाँले भन्नुभयो, “ती भारतीय नागरिक लुटपाटको उद्देश्यले आएको खुलेको छ ।”   पाँच जनाको समूहमा आएका भारतीय लुटेरामध्ये दुई फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो केही समययता सीमावर्ती क्षेत्रमा लुटपाटका घटना हुने गरेका थिए ।

काठमाडौंः  अमेरिका लगायत विभिन्न देशमा पठाईदिन्छु भन्दै १ करोड ६२ लाख ६हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले राजेश थापालाई प्रकाउ गरेको छ ।    ललितपुर महानगरपालिका–१ कुपण्डोल घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका–८ ओमनगर बस्ने ४४ वर्षीय राजेश थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंको लैनचौरबाट बुधबार पक्राउ गरेको हो । थापाले विभिन्न व्यक्तिहरूलाई मासिक ३ लाख तलवका साथै ग्रिनकार्ड, पीआर र हङकङ आईडीसमेत बनाईदिने वैदेशिक रोजगारिको लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिने भन्दै पीडितहरुबाट प्रतिव्यक्ति २५ लाख रकम रकम ठगी गरेको प्रहरीको आरोप छ ।   प्रकाउ परेका राजेशलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद दफा २४९(१) र (२) बमोजिमको कसुरमा कानुनी कारवाही गरी सोही संहिताको दफा २५४ बमोजिम थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।   

काठमाडौंः   इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् ।  प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको प्रहरी स्रोतले बताएको छ । केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो । उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । केसीलाई निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो भने प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

पोखराः   सामाजिक सञ्जालमा मार्फत महिलो चरित्र हत्या गर्ने सुमन त्योछिनलाई प्रहरीले प्रकाउ गरेको छ ।  सामाजिक सञ्जाल फेसबुकमा साथी बनाएर कुराकानीको क्रममा पीडित महिलालाई अश्लिलता प्रर्दशन गर्न लगाउने, नग्न तस्वीरमा पीडितको टाउको जोडी पीडित महिला लगायत नजिकको आफन्त, साथीहरुले प्रयोग गर्ने फेसबुक म्यासेन्जरमा उक्त अश्लि तस्वीर पठाएर मानसिक यातना दिने भक्तपुर नगरपालिका ९ का सुमन त्योछिनलाई प्रहरीले प्रकाउ गरेको हो ।  प्रकाउ परेका सुमनलाई जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तरगतको कसूरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाएको छ । 

कैलाली:  कैलालीको अत्तरियाबाट ९ किलो चरेस सहित १ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका २ बसपार्कमा कलक जप्रेलले संचालन गरेको नबिन होटलबाट चरेस सहित ३६ वर्षीय यमराज दौल्याललाई पक्राउ गरिएको हो ।  बझाङ् दुर्गाथली गाउँपालिका–७ काँडा का दौल्याललाई होटलको १०१ नम्बर कोठाबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका दौत्यालको साथबाट चरेश जस्तो देखिने कालो बस्तु कट्टा सहित ९ किलो ३४० ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रकास जोशीले जानकारी दिनुभयो ।

पोखराः     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दुई युवालाई प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका ३० पावरहाउस स्थित वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीको टोलीले सवारी चेकजाँच गर्ने क्रममा लागूूऔषधसहित पर्वतका रामबहादुर सार्की र म्याग्दीका सुरेश थकालीलाई प्रकाउ गरेको हो ।  जिल्ला कार्यालय कास्कीका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ घर भएका हाल पोखरा महानगर २९ बस्ने सुरेश थकालीको साथबाट नुर्फिन ३४, डाईजाम ३४, फेनेरागन ३४ गरी १सय २ एम्पुल लागूऔषधसहित एक थान मोबाइल बरामत गरेको हो ।  पर्वतको कुश्मा नगरपालिका १२ घर भएका २६ वर्षीय रामबहादुर सार्कीको साथबाट नुर्फिन ४४, डाईजाम ४४, फेनरागन ४४ गरी १ सय ३२ एम्पुल लागूसहित एक थान मोबाइल बरामत गरेको कास्की प्रहरीले जनाएको छ । लागूऔषधसहित प्रकाउ परेका दुई युवालाई जिल्ला अदातल कास्कीबाट लागूऔषध मुद्धामा १०/१० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ ।  

पोखराः   जिल्ला प्रहरी कार्यालय कास्की  आउन लागेका डिएसपी ठगबहादुर केसी प्रकाउ परेका छन् ।    अवैध कारोबार गरेको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरीको अनुसन्धान टोलीले  नियन्त्रणमा लिएको हो ।    डिएसपी केसीलाई भर्खर जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको थियो । कास्कीका डिएसपी सुन्दर तिवारी सरुवा भएपछि केसी आउने तयारी थिए। सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।   गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो। डिएसपी केसीले सुन नियन्त्रणमा लिई व्यापारसँग २५ लाख मागेको र सोही अनुसारको रकम बुझाएपनि केसीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।   केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको हो । इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई आउने तयारी थिए।

काठमाडौंः    विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ । म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार झुटा विवरण पेस गरी सर्लाहीको साविक त्रिभुवननगर गाविस–१ ठेगानामा नागरिकता लिएका ३९ वर्षीय मोहमद नुर आलमलाई काठमाडौंको कलङ्कीबाट पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सन् २०१२ मा म्यानमारबाट बङ्गलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साविक त्रिभुवननगर गाविस–१ मा बसी मदरसामा पढाउँदै आएका म्यानमारका नागरिक आलमले झुठा विवरण पेस गरी नेपाली नगरिकता लिएको पाइएको उनले बताए । सोही नागरिकताको आधारबाट उनले राहदानी विभाग काठमाडौँबाट राहदानीसमेत प्राप्त गरेको खुल्न आएको छ । झुट्टा विवरण पेस गरी नागरिकता र राहदानी लिएर सरकारी लिखत दुरुपयोग गरेको अभियोगमा आलमलाई लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको कोइरालाले बताए ।