पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

पोखरा:   गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले जनासँख्याले मात्रै प्रशासनिक र राजनीतिक पहुँच स्थापित गर्न नसक्ने बताएका छन् ।   त्रिभुवन विश्वविद्यालयको दोस्रो ठुलो आंगिक क्याम्पस पृथ्वीनारायण क्याम्पसमा आदिवासी जनजाति विद्यार्थी संघ पिएन क्याम्पस कमिटीले आयोजना गरेको ‘वृहत खुल्ला सांस्कृतिक तथा मौलिक नृत्य प्रतियोगिता एवं प्रशिक्षण तथा परिचयात्मक कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो धारणा राखेका हुन् ।    उनले आदिवासी जनजाति समुदायको जनसँख्या धेरै भएपनि पहुँचको हिसाबले कमजोर रहेको बताए ।  ‘आदिवासी जनजाति समुदाय संख्याको हिसाबमा धेरै छौं । सँख्याको हिसाबमा धेरै भएपनि विचार, संघर्ष र पहुँचमा पछाडी छौं, मन्त्री गाहामगरले भने, ‘त्यसैले अब आदिवासी जनजातिको मौलिक हकका निम्ति एकढिक्का र गम्भीर हुन जरुरी छ ।’   उनले एकताले मात्रै पहुँच स्थापना हुन नसक्ने बताउदै शैक्षिक सशक्तिकरणको आवश्यकता रहेको उल्लेख गरे ।   मन्त्री गाहामगरले जनजाति साँस्कृतिक हिसाबले धनी रहेको बताउदै संरक्षणको जरुरी रहेको बताए । ‘हामी कल्चर र नेचरले धनि छौं, यसको संरक्षण हुन नितान्त जरुरी । तपाइहरु विद्यार्थी जीवनबाट नै पढ्दै सिक्दै संस्कृति संरक्षणको विषयमा गम्भीर हुन आवश्यक छ । । किनभने हाम्रो मौलिक तथा ऐतिहासिक संस्कृति र परम्परा बचाउनुपर्ने अवस्था आएको छ ।’ उनले भने ।   मन्त्री गाहामगरले विद्यार्थी नेताहरुलाई फरक–फरक पार्टीमा आवद्ध भएपनि समुदायको अधिकार प्राप्तिका लागि एकढिक्का भएर लाग्नसमेत सुझाब दिएका थिए ।   नृत्य प्रतियोगितामा डिडी डान्स स्टुडियो प्रथम   आदिवासी जनजाति विद्यार्थी संघ पिएन क्याम्पस कमिटीकाे आयोजना र नेपाल मगर विद्यार्थी पृथ्वीनारायण क्याम्पसको सहआयोजनामा सम्पन्न वृहत खुल्ला सांस्कृतिक तथा नृत्य प्रतियोगितामा सामुहिकतर्फ डिडी डान्स स्टुडियो प्रथम भएको छ ।       यस्तै न्यू ग्यालेक्सी बोर्डिङ स्कुल द्धितीय, फुलमुन डान्स स्टुडियो तृतीय र दीप मगर समाज र ज्ञानु बाबा बोर्डिङ स्कुलले सान्त्वना स्थान हाँसिल गरे ।    सामुहिक नृत्य प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना भएका समूहलाई क्रमशः १२ हजार, ८ हजार, ५ हजार रसान्त्वना भएका दुई समूहलाई समान २÷२ हजार नगद राशी प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष अर्जुन बरामले जानकारी दिए ।   उनका अनुसार एकल नृत्यतर्फ यसोधा रोका प्रथम, सरु खत्री द्धितीय र डानियाल तृतीय भइन् । उनीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कार प्राप्त गरेका थिए ।     

काठमाडौं:  मोरङमा कलाकार पवन खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ।    बेलबारी नगरपालिका-१ स्थित एक होटलबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टीकाबहादुर कार्कीले जानकारी दिए।    मादक पदार्थ सेवन गरी होहल्ला र कुटपिट गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोप उनीमाथि छ। उनीसँगै रमेश भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।   पीडित पक्ष इलाका प्रहरी कार्यालय बेलबारीमा आएर अहिलेसम्म जाहेरी भनेको दिएको छैन।   ‘छलफलको लागि दुवै पक्ष आउने भनेका छन्,’ उनले भने, ‘पीडितले जाहेरी दिए प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाउने छ।’   पीडित पक्षका आफन्तहरू प्रहरी कार्यालय आउँदै गरेको र मिलापत्र भएको अवस्थामा मात्रै उनलाई छाडिने बताए।   उनको युट्युब च्यानल छ। आफ्नो युट्युब च्यानलबाट प्रसारित सर्ट भिडिओमा ‘म्याकुरी' थेगोले उनी चर्चित छन‍्।

फेब्रुअरी १४ अर्थात् प्रणय दिवस । जसलाई विश्वव्यापी मनाइने प्रचलन छ । प्रविधिले विश्वलाई नजिक ल्याइदिएपछि कुनैपनि दिन र दिवस निश्चित घेरमा कैद छैन । यसलाई ‘साझा’ मानिन थालिएको छ । र, यही आयतनमा फैलिइसकेको छ, फेब्रुअरी १४ ।    क्याथोलिक इन्साइक्लोपेडियाका अनुसार सेन्ट भ्यालेन्टाइन नाम गरेका मात्र तीन क्रिश्चियन पादरी थिए । फरकफरक समयका यी तीनै भ्यालेन्टाइनलाई  १४ फेब्रुअरीकै दिन मारिएको थियो ।    धेरै प्रेमका विद्वानहरु के विश्वास गर्दछन् भने सेन्ट भ्यालेन्टाइनलाई रोमन सम्राट् क्लाउडियस द्वितीयको आदेशविरुद्ध गएको आरोपमा ई.पू. २७० मा मृत्युदण्ड दिइएको हो ।    तथ्यभन्दा पनि लोकमत भन्छ, क्लाउडियस द्वितीयले महिलासँगको सम्बन्धले आफ्ना सैनिकलाई कमजोर बनाउला भनेर युवाहरुलाई विवाह र प्रेम गर्नबाट वञ्चित गरेका थिए । जुन कुरा क्रिश्चियन धर्मविरुद्ध हुने भएकाले चर्चमा गरिने विवाह कार्यक्रमलाई जारी राख्दै भ्यालेन्टाइनले युवाहरुलाई विवाह र प्रेमका लागि प्रेरित गरे ।    त्यसैले क्लाउडियसको आदेशमा उनलाई पक्राउ गरी फेब्रुअरी १४ मा मृत्युदण्ड दिइयो । प्रेम अनि विवाहका लागि सहादत पाएका कारण उनको सम्झनामा विश्वभर भ्यालेन्टाइन डे मनाउन थालिएको हो ।    यही मेसोमा प्रेम, ध्यान र दर्शनको थलो मानिने ओशो उपवन पोखराका स्वामी योगानन्दसँग गरिएको भेटमा उनले भने ‘प्रेममा डुब्न, रमाउन फेब्रुअरी १४ नै कुर्नु पर्दैन ।’    स्वामी योगानन्द भन्छन्, ‘ओशोले प्रेम जहिँकहिँ सम्भव हुने बताउनु भएको छ । फेब्रुअरी १४ विम्ब हो, जसरी हरेक दिन सहिद दिवस मनाउन मिल्दैन त्यसरी नै हरेक दिन प्रेमको दिवस हुँदैन, तर प्रेम हुन्छ ।’   पछिल्लो समय प्रेम र भ्यालेन्टाइन डेमा देखिएको विकृतिप्रति भने स्वामीको फरक मत छ । ‘प्रेममा गलत नियत राखियो भने त्यो प्रेमनै होइन’ स्वामी भन्छन् ‘प्रेममा विकृति हुँदैन यदि यस दिनमा कसैले जबर्जस्ती गर्छ भने त्यो प्रेम होइन, स्वार्थ हो ।’   स्वामीका अनुसार कसैले त्यही दिन प्रेम प्रस्ताव राख्छु भन्छ भने के गलत भयो र ! ‘कसैले बोल्न वा भन्न सकेको छैन र त्यही दिन कृर्छ भने त्यसलाई नराम्रो मान्न भएन’ स्वामीले प्रष्ट्याए ।      कुनैपनि संस्कारले जीवन र समाजमा हानी गर्दैन भने खुलेर मनाउनु पर्ने धारणा राख्दै उनले हरेक पललाई महोत्सवकारुपमा लिनु पर्ने उल्लेख गरे ।    स्वामीका अनुसार जीवनलाई प्रेमिल, सुन्दर र जीवन्त बनाउनु आवश्यक छ । हरेक व्यक्ति यही चाहन्छ पनि तर सकिरहेका छैनन् । ‘के छन् त टिप्स् ?’ जवाफमा उनले ३ आधारभूत तर मुख्य बुँदा सुझाए ।    ‘पहिलो टिप्स हो अन्डरस्टान्डिङ्’ स्वामी भन्छन् ‘तपाइमा प्रेमलाई वा भनौं आफ्नो प्रेमीलाई बुझ्न सक्ने क्षमता हुनुपर्छ ।’ जब अरुलाई बुझ्न सकिन्छ तबमात्र प्रेमलाई बुझ्न सकिने उनको भनाई छ । उनी भन्छन् ‘स्वयंलाई बुझेर मात्र प्रेम सम्भव छैन । अर्थात्, दुखाइको महशुस समान हुनुपर्छ । जहाँबाट प्रेम अंकुरण हुन्छ ।   त्यस्तै, दोस्रो टिप्स छ ‘रेस्पेक्ट ।’ आदराभाव नभए अंकुरित प्रेम हुर्कन सक्दैन भन्दै स्वामीले अनादर वियोगको पहिलो खुड्किलो भएको सुनाए ।    ‘प्रत्येक मान्छे प्रेममा आदर खोज्छ, सम्मान चाहन्छ’ उनले भने ‘प्रेमलाई जीवन्त बनाउन तपाइले अर्काे मुटु (प्रेम)लाई सम्मान गर्नैपर्छ नत्र तपाइ मान्छे त हो तर प्रेमी होइन ।’   त्यस्तै स्वामीका अनुसार स्वयंमा खुशी हुनसक्नु तेस्रो महत्वपुर्ण टिप्स हो । स्वामी भन्छन् ‘तपाइ अरुबाट खुशी हुन सक्नुहुन्न, कुनैपनि रिलेशन वा प्रेमले कसैलाई पनि खुशी दिन सक्दैन ।’   यसबारे थप व्याख्या गर्दै उनले स्वयंसँग खुशी हुन सक्ने, आफै प्रेमिल हुन सक्नेले मात्रै अरुलाई प्रेम गर्न सक्ने दर्शन सुनाए । ‘जो आफैसँग खुशी हुन सक्दैन उसले अरुलाई प्रेम गर्न कदापि सक्दैन’ दार्शनिक शैलीमा स्वामी भन्छन् ‘यहाँ सबै प्रेमको भिख मागिरहेका छन्, तर तपाइ स्वयं भिखारी हो भने कसरी भिख दिने ?’   ओशो भनाइ राख्दै स्वामीले सबैभन्दा पहिले आफै भरिनुपर्ने उल्लेख गरे । अन्यथा, आफै भिखारी भए अरुलाई दिन सकिँदैन । जसको अर्थ हो आफैसँग खुशी हुनसक्ने दक्षता ।    ‘तरैपनि किन वियोगका कथाहरु बढी पढिन्छन्, सुनिन्छन् ?’ स्वामीको जवाफ छ ‘अरुबाट खुशी पाउने चाहना, जो मान्छे खुशी खोज्न भौतारिन्छ त्यहाँबाट सुरु हुन्छ वियोगको यात्रा ।’ उनका अनुसार आत्मज्ञानको कमी मानव   जीवनको ठूलो समस्या हो । उनले भने ‘उज्यालो र खुशी आफैभित्र हुन्छ तर मान्छे अरुसँग तुलना गर्दै अँध्यारोमा फँस्छ ।’   केही हतारमा रहेका स्वामीले संवादको अन्त्य गर्दै भने, ‘फाइनल्ली, भेरी ह्याप्पी भ्यालेन्टाइन्स डे !’  

पोखरा:     इन्द्रेणी थिएटरको प्रस्तुति र केदार नाथ पौडेलद्धारा लिखित नाटक आतुरकालको फस्ट लुक्स सार्वजनिक भएको छ । नाटकको निर्देशन कपिल शर्माले गर्नुभएको छ । आतुरकालको पोष्टर सार्वजनिक गर्दै निर्देशक कपिल शर्माले फरक फरक अनुभूति गर्ने रहरले यो बनेको बताउदैं विशेषगरि नेपाली समाजको जरैसम्म पुगेर नाटक लेख्न सिपालु केदार नाथ पौडेलको यो अर्को उदाहरण भएको जनाउनुभयो । विशेषतस् गण्डक क्षेत्रलाई केन्द्र बनाएर लेखिएको नाटक हो ‘आतुरकाल’ र यसलाई निर्देशन गर्ने जिम्मा पनि मेरै हातमा परेको र यसलाई कति न्याय गर्न सकें त्यो दर्शकले मूल्याङ्कन गर्नुहुनेमा विश्वस्त रहेको बताउनुभयो । शर्माले केदार नाथ पौडेल पछिल्लो पुस्ताका चर्चित नाटककार हुन् । उनको पहिलो चर्चित नाटक घेरो र धनिरामको गोरु  मैले नै निर्देशन गर्ने मौका पाएका पनि जनाउदै पोखरेली दर्शकले माया गर्नेमा विश्वस्त रहेको बताउनुभयो । शर्माले नेपाल र नेपाली समाज भित्र भिन्नभिन्न रितिरिवाज, धर्म, संस्कार, संस्कृति, चालचलन र आ९आफ्नै सभ्यताहरू छन् । एउटा मान्छे जन्मेपछि उसले मृत्युवरण गर्ने बेलासम्म अनेकन अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्ने आफ्ना संस्कार, चालचलनले कसरी पिरोल्ने एउटा सन्तान, एउटा बाबु र एउटी आमाले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि कयौं त्याग गर्नुपर्ने समग्र रूपमा भन्नुपर्दा ‘आतुरकाल’ एउटा मान्छेको जीवन चक्र भएको बताउनुभयो । लेखक केदारनाथ पौडेलले नाटक लेख्दा थुप्रै पटक म भावविह्वल भएको र देशमा परिवर्तनका नारा थुप्रै पटक घन्किए पनि थुप्रै व्यवस्था बदलिए तर आत्मा र शरिरले सुखको अनुभुती गर्न नपाएको बताउदै जीवन ठक्करै ठक्करको मरुभूमि बन्न पुगेकोहरुका पिडा, दुख र सङ्घर्षको पहाड ‘आतुरकाल’ जनाउनुभयो । कलाकार राजेन्द्र अधिकारीले नाटक धनिरामको गोरुको रिहर्शल गर्दै गर्दा एकदिन केदार भाइ नयाँ नाटक लिएर आउनुभयो र नाटक सर्सर्ति अध्ययन गर्दै आँखा रसाएको बताउनुभयो ।    उहाँले धनिरामको गोरुको अन्तिम चरणमा पुग्दै गर्दा त्यसलाई बीचैमा थाँति राखेर नाटक ‘आतुरकाल’ गर्ने निर्णय गरेको जानकारी दिदै आँफु एक रुखो मान्छे भएको तर आतुरकालको रिहर्शलमा म आफै धेरैपटक भावविहल भएको बताउनुभयो  । अधिकारीले कलाकारको हैसियतले यो नाटक प्रति कत्तिको न्याय गर्न सके त्यो पछि दर्शकको हातमा छोडेको बताउदै नाटक चुनौतिपुर्ण  रहेको कन्टेन्टको हिसाबले यो नाटकले पक्कै पनि दर्शकहरुको मन छुने विश्वास व्यक्त गर्नुभयो । नाटक फागुन ५ देखि ११ गतेसम्म पोखरा थिएटरमा प्रस्तुत हुने इन्द्रेणी थिएटरका व्यवस्थापक दिपेन्द्र पौडेलले जानकारी दिनुभयो । नाटकको सह निर्देशक लक्ष्मण डुम्रे हुनुहुन्छ भने कलाकारमा राजेन्द्र अधिकारी, प्राञ्जल, ज्योती हमाल, रिमा शाही ठकुरी, उत्तमजङ्ग राणा, शिवहरी अर्याल र बिनोद पौडेल रहेका छन् ।

काठमाडौं:  भोइस अफ नेपाल सिजन ४ प्रतियोगी गायक मिङसोहाङ लिम्बुले आफ्नो पहिलो डेब्यु म्यूजिक भिडियो ‘तिम्रै हुनेछु’ सार्वजनिक गरेका छन् । प्रेमिल शैलीको यस गीतमा गायक लिम्बुलाई गायिका ममता गुरुङले स्वरमा साथ दिनुभएको छ ।   यस गीतलाई चर्चित गीतकार डि.पी खनालले लेख्नुभएको हो भने लोकप्रिय संगीतकार शंकर थापा ‘स्माइल’ले संगीतवद्द गर्नुभएको हो । विश्व अधिकारीको गीतमा संगीत संयोजन रहेको छ ।  म्यूजिक भिडियोमा अभिषेक श्रेष्ठ र बिमला लिम्बु बीचको प्रेम कथालाई प्रस्तुत गरिएको छ ।    बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गर्नुभएको छ । दीपक तुम्बापो निर्माता रहेको यस भिडियोलाई केशव राज भाटको निर्देशनमा तयार पारिएको हो ।  भिडियो ‘डी मिङसो म्यूजिक’ नामक युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । 

काठमाडौं:  पहिलोपटक मिस नेपाल प्रतियोगिता काठमाडौंबाहिर हुने भएको छ । द हिडन ट्रेजरले यस वर्षको संस्करणका सबटाइटल प्रतिस्पर्धा पर्यटकीय नगरी पोखरामा गर्दैछ । संस्थाका निर्देशक प्रमोद कंसाकारले सब-टाइटल इभेन्ट पोखरामा गर्दा निकट भविष्यमा ग्राण्ड फिनाले समेत गर्न सजिलो हुने बताए ।   तीन दिनसम्म हुने सबटाइटल प्रतिस्पर्धामा २४ जना फाइनलिस्टले सहभागिता जनाउनेछन् । पोखरामा यस्तो कार्यक्रम गर्न हिडन ट्रेजरले आफ्ना प्रायोजक र विभिन्न निकायसँग छलफल चलाइरहेको छ । मिस नेपाल २०२३ को आवेदन खुला गर्नेबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा द हिडन ट्रेजरले पोखरामा कार्यक्रम गर्नेबारे संकेत दिएको थियो ।   पोखरामा कार्यक्रम गर्दा रिफ्रेस पनि हुने र त्यहाँको जैविक विविधताबारे पनि अध्ययन गर्न सकिने निर्देशक कंसाकारले बताए । यस वर्षको मिस नेपाल प्रतियोगिता जेठ १३ गते ललितपुर गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुँदैछ । यसका लागि चैत १ गतेसम्म आवेदन खुला गरिएको छ ।   आवेदनको समय सकिएपछि सातै प्रदेशमा अडिसन आयोजना गरिएको छ । काठमाडौंको अडिसन मार्च १८ मा हुनेछ । इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रीय अडिसनहरु मार्च १५ सम्म सम्पन्न हुने भएका छन् । जसको स्थान र मिति पछि सार्वजनिक गर्ने जनाइएको छ ।

काठमाडौंँ:  अभिनेत्री प्रियंका कार्की ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को जुरीमा छनौट भएकी छन् । आयोजक नेपाल फिल्म एण्ड कल्चर एकडेमीले फिचर चलचित्र तर्फको जुरी सदस्यमा उनलाई छनोट गरेको हो ।  प्रियंकासँगै माया एकेडेमीका इन्द्रलाल बलामी पनि जुरीमै मनोनित भएका छन् । बलामी छोटा चलचित्र र बृत्तचित्र जुरी कमिटीमा मनोनित भएका हुन् ।   प्रियंका दर्जनौं फिल्म अभिनय गरेकी चर्चित अभिनेत्री हुन् भने इन्द्रलाल माया एनिमेसन एकेडेमी र माया स्टुडियोका संस्थापक हुन् । उनले फिल्मको प्राविधिक पक्षलाई स्तरीय बनाउन तारिफ योग्य भूमिका निर्वाह गर्दै आएका छन् ।   आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) यस वर्ष ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्म मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । ‘निफ’मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना हुने नेपाल फिल्म एण्ड कल्चर एकडेमीले अध्यक्ष केपी पाठकले बताए ।  

काठमाडौँ:   बालबालिकामा निहित अभिनयलगायत विविध क्षमता प्रस्फुटनका लागि मञ्च प्रदान गर्ने लक्ष्यले फागुन १ देखि ७ सम्म राष्ट्रिय बालनाटक मेला आयोजना गरिने भएको छ।  नाट्यकर्मी महासङ्घद्वारा आयोजना गरिने यस मेलामा सहभागी भएर उत्कृष्ट अभिनयलगायत विविध विधामा एक लाख रुपियाँ र अन्य २० विधामा पुरस्कार प्रदान गरिने महासङ्घले जनाएको छ।  नाटक मेलामा सहभागिताका लागि देशभरबाट नाटक आह्वान गरिएको छ। मेलामा सहभागिताका लागि प्राप्त नाटकबाट अन्तिम प्रतिस्पर्धाका लागि २० वटा नाटक छनोट गरी मञ्चन गरिनेछ।  

पोखराः     पहिलो संस्करणमा नाटक समूह खोज्नु परेको नाटक महोत्सवमा तेस्रो नाटक महोत्सवमा भने अपेक्षा भन्दा नाटक समूहले सहभागिता जनाएको आयोजकले जनाएको छ ।   पोखरा थिएटरमा जारी तेस्रो नाटक महोत्सवमा गण्डकी प्रदेशका २९ विद्यालयम मध्ये १९ छनोट हुँदै नाटक महोत्सवमा नाटक मञ्चन गरिरहेका छन् । ‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बालसहभागिताको आधार’ भन्ने नारासहित माघ १४ देखि पोखरामा गण्डकी प्रदेश, विद्यालय स्तरीय तेस्रो नाटक महोत्सव पोखरा थिएटरमा सञ्चालन भईरहेको छ ।  नाटक महोत्सवमा छनोट भएका १९ विद्यालयले प्रत्येक दिन तीन विद्यालयले पोखरा थिएटरमा नाटक मञ्चन गरेका छन् । महोत्सवका पहिलो दिन प्रगति माध्यमिक विद्यालयले ‘करेसा कन्सर्ट’, व्यास दिव्यज्योति बोर्डिङ स्कुलले ‘गुलेली मास्टर’ नाटक मञ्चन गरेका थिए ।  यस्तै माघ १५ गते विन्ध्यवासिनी माविले ‘तुलसी’, बेनी सामुदायिक माविले ‘जल्न नसकेको लास’, नवदिप इ.बोर्डिङ स्कुलले ‘दूर देशको भिर गाथा’ नाटक मञ्चन गरे भने माघ १६ गते आज बाल मन्दिर माविले ‘आमाको माया’, विद्याज्योति माविले ‘मुक्ति’ र छोरेपाटन माविले ‘कन्यादान नाटक’ मञ्चन गरेको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिए ।  भोलि माघ १७ गते १० बजे नेपाल नमुना माविले विदेश मोह, १ बजे रुद्रेपिपल माविले ‘जिम्मेवार’ र ३ः३० बजे हिल पोइन्ट स्कुलले ‘छुने नजर’ नाटक मञ्चन गर्ने निर्देशक परिवर्तनले बताए । नाटक महोत्सव माघ २१ गते सञ्चालन हुने भएपनि २३ गतेसम्म नाटक मञ्चन हुनेछ ।  नाटक महोत्सवका निर्देशक परिवर्तनले विद्यालय भनेको रङ्गमञ्चको मुख्य आधार भएको बताए । ‘अबको १० वर्षपछिको रङ्गमञ्च भनेको अहिलेको पुस्ता हुन जो अहिले विद्यालयमा अध्ययनरत छन्, परिवर्तनले भने, ‘रङ्गमञ्च धान्ने जनशक्ति उत्पादन गर्न सकेनौं भने यो उर्जाले काम गर्न सकिदैन, त्यसैले विद्यालय स्तरीय नाटक महोत्सव आयोजना गरेका छौं ।’ पाठ्यक्रममा समावेश नाटक विद्यार्थीले पठनीय विषयको रुपमा लिइरहेको उनले  बताए ।‘पाठ्यक्रममा समावेश गरिएको विषय विद्यार्थीले पठनीयको रुपमा लिएका छन्, उनले भने, ‘विद्यालयमा नाटक मञ्चन अध्ययन भइरहेको छ, उनीहरुलाई अध्ययनसँगै नाटक अभिनय गर्ने वातावरण प्रदान गर्ने उद्धेश्यले महोत्सव आयोजना गरेका हौं ।’ महोत्सवका निर्देशक परिवर्तनका अनुसार पहिलो संस्करणमा महानगरस्तरीय १० वटा नाटक मञ्चन गर्ने उद्धेश्य भएपनि ८ विद्यालयले मात्र सहभागिता रहेको जानकारी दिए ।  ‘पहिलो संस्करणको महानगरस्तरीय नाटक महोत्सवमा १० विद्यालयलाई छनोट गर्ने निर्णयका साथ अगाडी बढ्यौ तर ८ विद्यालयले मात्र सहभागिता जनायो, केही विद्यालयमा कक्षा नै सञ्चालन गरेर सहभागिता गराइयो भने, एक विद्यालयले स्वतः सहभागिता जनाएको थियो ।’ उनले भने । दोस्रो संस्करणमा भने महोत्सव गर्न विश्वभर फैलिएको कोरोना भाइरसका कारण थिएटरमा कार्यक्रम गर्न नमिले पनि भर्चुवल नाटकमा ४० विद्यालयले सहभागिता जनाएका थिए । तेस्रो संस्करणमा १२ वटा नाटक मञ्चन गर्ने उद्धेश्य लिएपनि २४ विद्यालयको सहभागिता भएपछि १२ विद्यालय छनोट गरेर नाटक मञ्चन गरेको उनले बताए ।  तेस्रो संस्करणमा गण्डकी प्रदेश, विद्यालय स्तरीय नाटक महोत्सवमा २९ नाटकबाट छनोट चरण पार्दै १९ विद्यालयको नाटक मञ्चन भइरहेको निर्देशक परिवर्तनले बताए । एक नाटक प्रोत्साहन स्वरुप र एक नाटक अतिथि नाटकको रुपमा महोत्सवमा मञ्चन हुनेछ ।  वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा बनेको छनोट समितिले २९ बाट १९ नाटक छनोट गरेको हो । छनोट समितिको सदस्यमा कलाकार तथा निर्देशक माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहेका थिए । नाटक महोत्सवमा छनोट भएका १९ विद्यालयले १० हजार पुरस्कारसहित नाटक मञ्चनको प्रमाणपत्र प्राप्त गर्नेछन् ।