पोखरा:   नयाँ वर्षको मध्यरातमा पोखरा महानगरपालिका १२ स्थित शितलादेवी मन्दिरको दानपेटिकाबाट नगद चोरी भएको छ ।  नयाँ वर्ष (शुक्रबार)को मध्यरातमा मन्दिरमा राखिएको दानपेटिकामा भएको नगद चोरीे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुवनप्रकाश आचार्यले जानकारी दिए ।  उनका अनुसार १ गते राती तीनजना युवाले मन्दिर परिसरमा पुगेर दानपेटिकामा भएको करिब १५/२० हजार नगद चोरी गरेका हुन् । ‘नयाँ वर्षको मध्यरातमा तीनजना युवाहरुले मन्दिरमा राखिएको दानपेटिकाको ताला फुटाएर नगद चोरी गरेको सिसीटिभीमा देखिएको छ, अध्यक्ष आचार्यले भने, ‘दानपेटिकामा अनुमानित १५/२० हजार थियो । नगद चोरी भएपछि वडा कार्यालय रामबजारमा उजुरी दिएका छौं ।’ तीनजना युवाहरुले दानपेटिका फुटाएर नगद चोरी गरेपनि अन्यमा क्षति नभएको आचार्यले बताए । सो घटनाबारे उजुरी दर्ता गरि वडा प्रहरी कार्यालय रामबजारले अनुसन्धान कास्की प्रहरीले जनाएको छ ।   भिडियो:-      

पोखरा:   कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिका वडा नम्बर १६ याम्दी पुलसम्म पुष्ष्लाल मध्यपहाडी राजमार्गको टेण्डर आह्वान भएपछि स्थानीय आन्दोलित भएका छन् ।  स्थानीयको मर्मविपरित आयोजना अगाडि बढाइएकाले विरोध गर्दै  पोखरा १६ का बासिन्दाले पोखरा महानगरमा धर्ना दिएका हुन् ।   याम्दी पुलसम्म राजमार्गको रेखांकन बारेमा सूचना नै नदिएर राष्ट्रिय गौरवको आयोजनाको ३५.५ किलोमिटर कामको वातावरणीय प्रभाव मूल्याङ्कन र ( इआईए) अध्ययन पुरा नै नगरी टेण्डर आह््वान भएपछि आन्दोलित भएको आयोजना पीडित संघर्ष समितिका सचिव सन्दीप थापाले बताए ।    उनले माग सुनावाई नभए आगामी १३ गतेसम्म पोखरा महानगरपालिकाको कार्यालय अगाडि दैनिक बिहान ९ः३० देखि ११ः३० सम्म धर्ना दिने बताए ।  ‘राष्ट्रिय गौरवको आयोजना भनि पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना मादी गाउँपालिकाको भैसदेखि पोखरा महानगर १६ सम्म बन्ने भने टेण्डरको सूचना आयो, थापाले भने, ‘पोखरा महानगर १५ र १६ का स्थानीयसँग कुनै समन्वय नगरेर आयोजना अगाडी बढ्दै गर्दा जग्गाधनी, पर्यटकीय स्थल, विद्यालयलाई बेवास्ता गरि योजना अगाडी बढेको छ । यसको विरुद्ध हामी आजदेखि विरोध गर्दै धर्ना दिएका हौं । हामी हरेक दिन २ घण्टा आगामी १३ गतेसम्मै दिनेछौ ।’   आन्दोलित राजमार्ग आयोजना पिडित संघर्ष समितिले पोखरा महानगर १६ कार्यालयबाट सम्बन्धित सरोकारवालाहरुको भेला नै नबोलाई तत्कालिन वडाध्यक्ष जीवन आचार्यले आफु अनुकुलका स्थानीयको हस्ताक्षर संकलन गरि सिफारिस गरेको आरोप छ ।  राजमार्गको योजना अगाडी बढ्दा स्थानीयसँग समन्वय नै नगरी बन्द कोठामा बसेर नक्साङ्कन गरिएको छ । मध्यपहाडी राजमार्ग घना बस्तीमा किन ? व्यक्तिको घर नै नरहने र सुकुम्बासी बनाउन महानगर भित्र–भित्र राजमार्ग घुमाइएको हो?’  थापाको प्रश्न छ ।   राष्ट्रिय गौरवको आयोजना अन्तरगत पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना नामाकरण भई मादी गाउँपालिका भैंसे–ज्याम्दु–मेलबोट, पानीघाट, आटीघर, अर्मलाकोट, कार्लाखोलापुल, महेन्द्र गुफा –चमेरे गुफा, बिसौनी–लामाचौर, जौबारी–याम्दी पुल सम्म २०७९/०९/१४ गते आयोजनाको टेण्डर प्रकाशित भएको छ ।  भिडियो:-     पोखरा १६ स्थित राजमार्गको सम्पूर्ण भागको लागि आवश्यक पर्ने जग्गामा विरोध नभएको, कुनै मुआब्जा दिन नपर्ने , क्षतिपूर्ति समेत न्यून हुने भन्दै वडा कार्यालयले पुष्पलाल मध्यपहाडी राजमार्ग सडक योजना कार्यालय पर्वतलाई झुटा एवं गैर कानुनी व्यहोरा सिफारिस गरेको सँघर्ष समितिको आरोप छ ।    पोखरा महानगरपालिकाका तत्कालिन मेयर मानबहादुर जिसी, पोखरा १६का तत्कालीन वडाध्यक्ष जिवनप्रसाद आचार्य, पुष्पलाल मध्यपहाडी राजमार्ग सडक योजना कार्यालय, पर्वत शाखाका प्रमुख नारायण दत्त भण्डारी एवं आयोजना निर्देशनालय बुद्धनगर काठमाडौैका प्रमुख हरिकुमार पोखरेलबाछ गैर कानुनी र गैर जिम्मेवारी पूर्ण रुपमा नागरिकहरुले पाउनुपर्ने सूचनाको हकलाई कुण्ठित गरेको राजमार्ग पिडित संघर्ष समितिका अध्यक्ष गोविन्द बहादुर बस्नेतले बताए ।    उनका अनुसार सँघर्ष समितिले काठमाडौंबाट प्रकाशित मिति २०७९÷०९÷१४ गते आइबी, नम्बर ०१–०७९÷०८० को टेण्डर विषय र सार्वजनिक सुनुवाई सम्बन्धमा मिति ०७९/०५२७ गते प्रकाशित राजमार्गको टेण्डरलाई तत्काल रोकी सहरी क्षेत्रमा नभई मध्यपहाडी राजमार्गको मर्म अनसार पोखरा महानगरपालिकाको ग्रामीण क्षेत्रलाई नयाँ विकल्प खोज्न सम्बन्धित निकायलाई खबरदारी समेत गरेको छ ।    भिडियो तथा तस्बिरहरु: अर्जुन गाहा मगर (सुशान्त) ​                  

बागलुङः  ‘चौध लाग्दा शरीरबाट निस्क्यो थोरै रगत त्यही रगतले पराइजस्तो भयो मेरो जगत् सँगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु’भो जन्मदिने बाआमाले पानी बार्दिनु’भो आफ्नै घर छु, तर परपर छु‘’ एकातिर महिनावारीको असह्य पीडा, अर्कातिर सामाजिक, सांस्कृतिक विभेद । दुःख मिश्रित स्वरमा एक किशोरी विद्यालयको शुक्रबारे कार्यक्रममा गीत गाइरहेकी छिन् । महिनावारीमा महिलालाई अपवित्र ठानिने रुढी मान्यताको सिकार बन्न विवश उनी गीतमा भन्छिन्– ‘प्रकृतिको नियम होला तन दुःखेको थियो समाजको नियमले झन् मन दुःखेको थियो प्रकृति र समाजको नियम मानिरहेँ केटाकेटीजस्तै थिएँ, केटी मात्रै भएँ आफ्नै घर छु, तर परपर छु‘’ महिनावारी भएकै कारण उनी विद्यालय जान पाउँदिनन्, सरस्वती पूजाबाट वञ्चित हुन्छिन् । उनलाई आफैँले बनाएको माटाको मूर्ति पुज्न दिइन्नँ । परिवारमा मात्र होइन, सार्वजनिक ठाउँमा पनि विभेदमा पर्छिन् । गाउँदागाउँदै उनी भक्कानिन्छिन् । ‘नछुने यो कुचलनले कति रोएकी छु श्वास नफेर्नुस् आज मैले हावा छोएकी छु रगत पोतेकी छु, गीतमा आँशु भेरकी छु किनकी म आज पनि पर सरेकी छु‘’ किशोरीको गायन प्रस्तुतिले जसरी विद्यालय परिसरमा सन्नाटा ल्याउँछ उसैगरी युट्युबमा उक्त गीतको शब्द दृश्य हेर्नेरसुन्ने जो–कोहीलाई पनि भावुक बनाउँछ र महिनावारी विभेदबारे सोच्न बाध्य पार्छ । लोकप्रिय गायकरसर्जक प्रकाश सपुतको शब्द तथा सङ्गीतमा गायिका तुलसी बोहोराले स्वर दिएको गीत हो– ‘परपर छु‘।’ आरान प्रोडक्शनले निर्माण गरेको गीतको म्युजिक भिडियोमा केकी अधिकारी, प्रकाश सुपत र सेविता अधिकारीको अभियन छ । कथा लेखन र निर्देशन पनि सपुतकै रहेको छ । गीतलाई कथा र संवादले जीवन्त बनाएको छ । सरल र मौलिक लोकलयमा गीत आधारित छ । विद्यालय उमेरकी किशोरीको भूमिकामा सेविता जमेकी छिन् । समाजमा अझै पनि महिनावारीलाई अन्धविश्वाससँग जोड्ने र विभेदलाई मलजल गर्ने प्रवृत्तिविरुद्धको सचेतनाका रूपमा यो गीतलाई लिइएको छ । महिनावारी सचेतनाका लागि ‘सबैले सोचौँ र मिलेर केही गरौँ’ भन्ने सन्देश गीतले दिएको छ । बिहीबार अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसर पारेर ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको थियो । राष्ट्रिय महिनावारी सञ्जालको सहकार्यमा तयार पारिएको उक्त गीतले दुई दिनमै युट्युबमा तीन लाख बढी भ्यूज पाएको छ । २४ हजार लाइक  र झन्डै दुई हजार प्रतिक्रिया आएका छन् । महिनावारीजस्तो स्वाभाविक शारीरिक प्रक्रियालाई लिएर महिलामाथि हुने विभेद हटाउन र महिनावारी सचेतना जगाउन गीतले सिर्जनात्मक बल दिने विश्वास लिइएको छ ।    

पोखरा:  गायक नविन गुरुङको म्युजिक भिडियो ‘नुबई दरबार’ सार्वजनिक भएको छ । गुरुङ भाषामा रचना गरिएको नुबई दरबार मंगलवार साँझ ‘गुरुङ स्टुडियो’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।   नविन गुरुङ कै शब्द रचना रहेको गीतमा गायिका उषा गुरुङले साथ दिएकी छिन् भने धन बहादुर गुरुङले संगीतबद्ध गरेका छन् ।   म्युजिक भिडियो गुरुङ समुदायमा प्रचलित रोधीं संस्कृतिको दृस्टीगत गर्दै निर्माण भएको गुरुङले बताए । ‘लोप हुदैँ गएको गुरुङ भाषा, संस्कार, संस्कृति बचाउने अनि रोधींमा नाचिने थियटर गीतलाई पुनर्जीवित तुल्याउने हेतुले भिडियो निर्माण गरेका हौँ’ उनले भने, ‘यस अभियानमा हामीलाई देश विदेशमा रहेका गुरुङ समुदाय विभिन्न व्यक्तित्वहरुले साथ दिनु भएको छ । उहाँहरुप्रति आभारी छु।’      भिडियोमा गुरुङ सिनेमाका नायक ओम प्रकाश गुरुङ, दल बहादुर गुरुङ, विपना गुरुङ र मोनिका गुरुङको  अभिनय रहेको छ भने विपना गुरुङले नृत्य निर्देशन गरेकी छिन् ।   तमु धिं नेपालको प्राङ्गणमा छायांकन गरिएको म्युजिक भिडियो सन्दिप तिवारीले निर्देशन गरेका छन् ।  त्यस्तै छायांकन र सम्पादन पनि तिवारी कै रहेको छ भने अर्जुन बास्तोलाले क्यामरामा सघाएका छन् ।     VIDEO LINK: https://www.youtube.com/watch?v=7AvjF67cQxw&t;=118s  

पोखरा:   परापूर्व कालदेखि गुरुङ समुदायहरुले मनाउँदै आएको ट्होटें पर्व पोखराका मंगलबार भव्यताका साथ मनाएका छन् ।    ट्होटें पर्वमा गुरुङ जातिले विभिन्न हातहतियार, बाजाहरु, झ्याली, चोपडी , सुलाची , चिम्टा लगाएतका सामाग्रीहरू प्रदर्शनसहित पर्व मनाएका हुन्  । यो पर्व वर्षको २ पटक मनाइने गरिन्छ ।    चैत्र महिनाको अन्तिम मंगलबार र साउन महिनाको अन्तिम मंगलबार  गरि दुईपटक उधौली र उभौलीको रूपमा यो पर्वलाई  मनाउने प्रचलन रहेको छ ।   परापूर्व कालमा गाउँघरमामा खेतीपाती राम्रो होस, शत्रु नाश होस भन्ने कामनासहित गाउँमा ट्होटे मनाउने गरिएतापनि हाल आफ्नो मौलिक भेषभुषा, भाषा संस्कृतिको संरक्षणका लागी ट्होटे पर्व मनाउदै आएको पाइन्छ । तर अहिले शहरी क्षेत्रमा मनाइने पर्वमा भने सामाजिक कुसंस्कार, भ्रष्टाचार, बेथितीलाई नाश गर्ने उद्देश्यसहित ट्होटें पर्व मनाइएको बताइन्छ ।    हेरौं पोखरामा गुरुङ समुदायले मनाएको टहो्टें पर्वको रौनकः–                                                      

कास्की:  अन्नपूर्ण व्याण्ड नेपालले अफिसियल म्युजिक भिडियो ‘भो’ सार्वजनिक गरेको छ ।  व्याण्डको आधिकारिक युट्युब च्यानलमार्फत ‘भो नगर भो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको ।      आशिम गुरुङ र अप्सरा गुरुङको मुख्य अभिनय (फिचरिङ) रहेको उक्त गीतमा कलाकार छुतमान गुरुङले स्वर भरेका छन् ।     निर्माण पक्षका अनुसार  अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ धान्द्रुक तथा आसपासका कलाकारलाई पर्दामा देखिने सो म्यूजिक भिडियोको कथा नितेश विक्रम भट्टले बुनेका हुन् भने उक्त भिडियोलाई निर्देशन र सम्पादन नविन थापाले गरेका छन् ।    यसैगरि भिडियोमा दिपेश गुरुङले कलर सम्पादन गरेका छन् । संगीत मास्टरिङ र एरेन्जिङ द एज व्याण्डका विष्णु गुरुङले गरेका छन् भने सो भिडियोको छायांकन सुमन पराजुलीका गरेका हुन् । गीत रेकर्डिङ साउण्ड इन स्टुडियो पोखरामा गरिएको निर्माण पक्षले जनाएको छ ।   भिडियो: