जेन-जी आन्दोलन: कास्कीमा ९२ जना घाइते, घाइतेलाई परिचयपत्र र भैपरी खर्च वितरण गरिने
पाेखरा | असोज २४, २०८२
तस्बिर फाइल
पोखरा: जेन–जी आन्दोलनका क्रममा कास्कीमा ९२ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचनामार्फत जनाएको छ । कार्यालयले घाइते लाई परिचयपत्र र भैपरी खर्च वितरण गरिने पनि बताएको छ ।
घाइतेहरूलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्न कार्यालयले आग्रह गरेको छ। २०८२ साल भदौ २३ र २४ गते देशभर भएका जेन–जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई नेपाल सरकारको असोज १२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार परिचयपत्र वितरण गर्ने निर्णय गरेको हो।
गृह मन्त्रालयबाट प्राप्त सूचनाअनुसार ‘जेन–जी आन्दोलन घाइते परिचयपत्र’ तयार भइसकेको र असोज २६ गते आइतबारदेखि देखि वितरण सुरु गरिने सूचनामा जनाइएको छ।
कास्की जिल्लामा स्थायी ठेगाना भएका घाइतेहरूले आफ्नो नाम सूचीकृत रहेको भए कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनुपर्ने भनिएको हो ।
आवश्यक कागजातमा अस्पतालको उपचार पूर्जी वा डिस्चार्ज कागजात, नेपाली नागरिकताको प्रमाणपत्र (सक्कल_, दुई थान फोटो र घाइतेको नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपि समावेश छन्।
साथै, आन्दोलनका क्रममा घाइते भई उपचार गराएका व्यक्तिहरूलाई तत्कालका लागि भैपरी खर्च वापत प्रति व्यक्ति २० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ। सो रकम उपलब्ध गराउन आवश्यक बजेट प्राप्त भइसकेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जारी गरेको सूचनामा भनिएको छ, ‘परिचयपत्र र त्यसको अभिलेखमा घाइतेको औंठाछाप अनिवार्य रूपमा आवश्यक पर्ने भएकाले घाइते व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ।’ स्वयं उपस्थित हुन नसक्ने घाइतेको हकमा, परिवारका सदस्यहरूले कार्यालयमा जानकारी गराउन सक्ने प्रावधान गरिएको छ। उक्त कार्यको समन्वयका लागि प्रशासकीय अधिकृत झविश्वर रेग्मीलाई सम्पर्क व्यक्ति तोकिएको छ।

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

