काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन गर्न सामान्य प्रशासनिक समिति बनाएर आफूहरुको माग बेवास्ता गरेको जनाउँदै प्रतिनिस...

काठमाडौं:  संविधान सभाका अध्यक्ष एवम् नेकपा ९एमाले० का उपाध्यक्ष सुवास नेम्वाङको निधनसँगै संसद् र संसदीय मामिलासम्बन्धी विधामा काम गर्ने सञ्चारकर्मीको सूचनाको प्रमुख स्रोत गुमेको छ । लामो समयसम्म सभामुखको भूमिकामा रहेका कारण संसदीय सूचना प्राप्त गर्ने सन्दर्भमा सबै सञ्चारगृहका लागि उहाँ समाचार स्रोतका रूपमा हुनुहुन्थ्यो ।   पत्रकारलाई सधैँ ‘स्थायी समिति सदस्य’ भनेर सम्बोधन गर्ने संविधान सभाका अध्यक्ष नेम्वाङ संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलबिच भइरहेका कुराकानी, उठेका प्रश्न, समस्या समाधानका लागि चालिएका कदम र सम्भावित चुनौतीबारे सूचना उपलब्ध गराउँदै पुस्ट्याइँका लागि सहयोगसमेत गर्नुहुन्थ्यो । राष्ट्र, राष्ट्रियता र समाजका विभिन्न विधाका विषयमा पनि उत्तिकै चासो र चिन्ता राख्नुहुने नेम्वाङको कार्यकक्ष सबैखाले सञ्चारकर्मीका लागि हरदम खुला रहन्थ्यो ।   संविधानसभाका अध्यक्ष नेम्वाङसित भेट्न र सम्पर्क गर्न बेग्लै पहुँच स्थापित गर्न आवश्यक थिएन । उहाँको कार्यकक्षमा सधैँजसो पत्रकारको जमघट भइरहन्थ्यो । सधैँ सूचना प्राप्त भइरहन्थ्यो । आफ्ना केही भनाइ वा दृष्टिकोण सञ्चारमाध्यममा ल्याउनुप¥र्यो भने हार्दिकताका साथ यस्तो विषयले तपाईँहरूको सञ्चारमाध्यममा स्थान पाउँदैन रु भनी उहाँ जिज्ञासा राख्नुहुन्थ्यो ।   पुस्ट्याइँबिना आएका कतिपय समाचारप्रति टिप्पणी गर्दै नेम्वाङले ‘व्यङ्ग्यात्मक’ शैलीमा भन्नुहुन्थ्यो, “समाचारको स्रोत चाहिँ को हो रु त्यहाँ त केही देखिँदैन, मैले भनेको छैन ।”    संसदीय मामिला पत्रकार समाजका पूर्वअध्यक्ष नारायण काफले भन्नुहुन्छ, “संसदीय खुलापन, संसदीय अभ्यास र सञ्चार जगतको पहुँच स्थापित गराउने हिसाबले उहाँ हाम्रो अभिभाव नै हुनुहुन्थ्यो, संसदीय पत्रकारले एक मार्गदर्शक गुमाएको छ ।” रासस  

काठमाडौं:    नेकपा एमालेले पार्टी उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्दै तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको बैठकपछि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार देशका सबै पार्टी कार्यालयहरुमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय समेत भएको छ । केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र इलामको पार्टी कार्यालयमा शोक पुस्तिकासमेत राखिने उनले जानकारी दिए । एमाले उपाध्यक्ष नेम्वाङको आज निधन भएको थियो । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

काठमाडौं:   नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ । आइतबारदेखि केन्द्रीय कार्यालय सानेपामा भइरहेको बिपी साहित्य महोत्सव स्थगित भएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिपी साहित्य महोत्सवका आज (मङ्गलबार)का सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । संविधानसभाका तत्कालीन अध्यक्षसमेत रहनुभएको नेकपा (एमाले)का नेता, प्रतिनिधिसभा सांसद सुवास नेम्वाङको सोमबार राति निधन भएको थियो । नेम्वाङको निधनको शोकमा बिपी साहित्य महोत्सवका आजका कार्यक्रम स्थगित गरिएको हो । बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो ।  

काठमाडौं:    नेकपा (एमाले) को सचिवालय बैठक बसेको छ ।  अघिल्ला दिनहरुमा जस्तो आजको बैठकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ छैनन् । उनको आजै निधन भएको छ । त्यसैले उनी बस्ने गरेको कुर्सीमा एमालेले फूलमाला लगाइदिएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा संविधान सभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान आकस्मिक निधन भएपश्चात् सचिवालय बैठक बसेको हो।  नेम्वाङको हृदयघातका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको थियो । 

जनकपुरधाम: मधेश प्रदेश सभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।   क्यान्सर रोगबाट पीडित सांसद यादवको आज (मंगलबार) बिहान निधन भएको हो ।   महोत्तरी निवासी उहाँलाई जसपाले समानुपातिक सांसद बनाएको थियो । 

काठमाडौं: नेकपा (एमाले) ले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ।   पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बोलाएको हो।   सो बैठक अहिले बिहान ११ः०० बजे पार्टी मुख्यालय, च्यासलमा बस्ने छ।   एमाले सचिव योगेश भट्टराईका अनुसार पार्टी उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष नेम्वाङको अन्तिम बिदाइका बारेमा निर्णय लिनका लागि सो बैठक बोलाइएको हो।

काठमाडौं: काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ ।   महागरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कामको सूची सार्वजनिक गर्दै कुनै कारणले पनि निर्धारित कार्यक्रममा ढिलाइ नगर्न सबै विभागीय प्रमुखलाई निर्देशनसमेत दिनुभएको छ । तत्काल गर्नुपर्ने कामको सूचीमा हाइमास्ट लाइट जडान, विद्युतीय सेवा सञ्चालन, कार्यालय परिसर र सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन, स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनलगायतका छन् ।   साथै सामुदायिक कुकुरको बन्ध्याकरण, अनुगमन सूचक ९पूर्वाधार, वडास्तर, विभाग, आयोजना तथा कार्यक्रम स्तर, सार्वजनिक खरिद मूल्याङ्कन प्रक्रिया निर्माण, कार्यपालिका बैठकबाट भएका निर्णयको कार्यान्वयन, ऐन कार्यान्वयनको अवस्था, आवश्यकपर्ने कार्यविधि निर्माण, महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयनलगायत रहेको महानगरको भनाइ छ ।   आकाशे पुलमा सिसाका बार बनाउने, सडक पेटीलगायत संरचनाको नियमित मर्मत सम्भार, यातायात व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण पनि सूचीमा समावेश गरिएको छ । महानगरको कार्यालय काठमाडौँ प्लाजामा स्तनपान कक्ष निर्माण गराउने विषय पनि सूचीमा राखिएको छ ।   महानगरले गत साता पनि सबै वडालाई सार्वजनिक शौचालयको नमूना प्रदान गरी आवश्यक स्थानमा  सार्वजनिक शौचालय निर्माण गर्न निर्देशन दिएको थियो । विगत केही वर्षदेखि नै महानगरले सार्वजनिक स्थानमा शौचालय निर्माण गर्ने भने पनि अहिलेसम्म निर्माण अघि बढाउन सकेको छैन । महानगरले चालु आवमा भौतिक पूर्वाधार निर्माणका लागि रु सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार रकम विनियोजन गरेको छ । रासस

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आत्महत्या रोकथामको मुख्य उपाए सचेतना भएको बताएका छन् ।   ‘एउटै, यही कारणले मानिसले आत्महत्या गरिरहेका छन् भन्ने यकिन छैन, त्यसभित्र बिभिन्न कारणहरु छन्’ आत्महत्या रोकथामका लागि नीति निर्माताहरु तथा सरोकारवालाहरु वीच सोमवार भएको छलफल कार्यक्रममा मुख्यमन्त्री पाण्डेले भने ‘आत्महत्या न्यूनिकरण र निरुत्साहित गर्ने मुख्य काम सचेतनले गर्छ ।’ गण्डकी प्रदेश भित्र दैनिक २ देखि ३ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्क छ । आत्महत्या एउटा मानसिक रोग भएको बताउँदै मुख्यमन्त्री पाण्डेले भने ‘आत्महत्या कम गर्न, मानिसलाई यसतर्फ निरुत्साहित गर्न उपचार गराउने भने सचेतना जगाउने हो ।’ आत्महत्या न्यूनिकरणको क्षेत्रमा काम गर्ने संघ संस्थासँगको सहकार्यमा यसको रोकथाम र निरुत्साहित गर्न प्रदेश सरकारलेपनि कार्यक्रम संचालन गर्ने उनले बताए । ‘मानसिक रोगको उपचार गर्ने छुट्टै अस्पताल तत्काल प्रदेशको साधन स्रोतबाट बनाउन नसकिएला’ मुख्यमन्त्री पाण्डेले भने ‘तर अस्पतालहरुमा मानसिक रोगको उपचार गर्ने युनिट राखेर सेवा दिनुपर्छ ।’ प्रदेश सरकारले आफ्नो साधन, स्रोत र क्षमताले भ्याएसम्म आत्महत्या निरुत्साहित गर्ने, मानसिक रोगको सहज उपचारको ब्यवस्था गर्ने उनले बताए । विकसित देशहरुमापनि आत्महत्याको घटना धेरै हुने गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले आत्महत्या गरिबीको कारण मात्र नभएको बताए । आत्महत्याका घटना, यसका कारण पहिचान गरेर सरोकारावाला सबैको सहकार्यमा गण्डकी प्रदेश भित्र आत्महत्या न्यूनिकरणको कार्यक्रम संचालन गरिनेमा उनले जोड दिए । सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक संघ संस्था, नागरिक समाज लगायत सरोकारावाहरुको उपस्थिती थियो । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने नारा सहित विश्व आत्महत्या रोकथाम दिवस २०२३ आईतवार र सोमवार बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

पोखरा: नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सत्ताधारी दलका नीतिका कारण देशको हालत बर्बादी उन्मुख भएको बताएका छन् । पार्टीको धादिङ–पोखरा सम्पर्क मञ्चको शनिबार पोखरामा सम्पन्न १२ औं साधारणसभा तथा छैटौं अधिवेशनमा प्रमुख अतिथि गुरुङले गत निर्वाचनमा एमालेलाई बहुमत नदिँदा यो परिणाम भोग्नुपरेको उल्लेख गरे । ‘कर्मचारी तलब खान पाएका छैनन् । सरकारी विकास निर्माण आयोजनाका ठेकेदारहरुलाई दिने पैसा छैन । अर्थतन्त्र डामाडोल छ । जनता मारमा छन् ।’ उपमहासचिव गुरुङले भने– ‘गएको चुनावमा एमालेलाई जनताले नचिनेर, अझै चिन्न नसकेर पो परिणाम भोग्नुपरेको छ । ०८४ मा एमालेलाई बहुमत दिएर एकल सरकार सञ्चालनको जिम्मा लगाए देश बन्छ ।’ माओवादी, माधव नेपाल, काँग्रेसको भ्रममा जनता परेकाले पनि यस्तो परिणाम आएको भन्दै उनले यिनीहरुबाट जनता मुक्त हुनुपर्ने उल्लेख गरे । ‘विदेशीले जे जे भन्छ, त्यही नीति ल्याएर दलाल पूँजीवादीको सरकार चलिरहेको छ । दलाल नोकरशाही पूँजीवाद र दक्षिणपन्थी विस्तारवाद विरुद्ध एमाले मात्रै लडिरहेको छ ।’ उनले भने । ०८४ कोे चुनावमा नेकपा एमालेले बहुमत ल्याउने र त्यसपछि स्थायी सरकार गठन भई देशले गति लिने, विकास र समृद्धिको ढोका खुल्ने उनको भनाई छ । नेकपा एमाले जनताको अथक मेहनत, संघर्ष र समर्पणले बनेको पार्टी भएकाले पञ्चायत फाल्ने, निरंकुशतन्त्र ढाल्ने अगुवा पार्टी बनेको गुरुङको भनाई छ ।  ‘अरुले बनाएको, विदेशीले बनाएको पार्टी देशको हितमा, जनताको हितमा हुँदैन । मदन भण्डारी किन ठीक थिए ? एमाले किन यति सर्वप्रिय बन्यो ? भन्दा जनताको संघर्ष, त्याग र समर्पणकै कारण हो । नेकपा एमाले गौरवशाली पार्टी किन बन्यो ? भन्दा उग्रवादी माओवादी र दक्षिणपन्थी काँग्रेसलाई सही बाटोमा ल्याउने पार्टी भएकाले नै हो ।’ गुरुङको ठोकुवा थियो ।  आगामी चुनावमा बहुमत प्राप्त गर्न भातृ संगठनहरु, यस्ता मञ्चहरु, शुभेच्छुक संगठनहरु क्रियाशील हुनुपर्ने र अहिलेदेखि नै जागृत हुन पनि निर्देश गरे । तीज विशेष कार्यक्रममा महिलाहरुलाई सम्बोधन गर्दै उनले बच्चाहरुलाई मेहनत, संघर्ष गर्न सिकाउनुपर्ने नत्र, उनीहरुले दुःख पाउने बताए । ‘बच्चालाई दुःख बुझाउनुहोस् । नत्र, समस्यासँग जुध्न सक्दैनन् । बाँच्न सक्दैनन् ।’ गुरुङले भने । कामको सिलसिलामा जहाँ रहेपनि आफ्नो पार्टीप्रतिको निष्ठा र समर्पण नछाडेको भन्दै पछिल्लो क्रममा सक्रिय गतिविधिका साथ मुलुकका सम्पर्क मञ्च मध्ये धादिङ–पोखरा सम्पर्क मञ्च अग्रपंक्तिमा रहेको गुरुङले बताए । विशेष अतिथि एमाले बागमती प्रदेश सचिवालय सदस्य एवं पूर्व प्रदेश राज्यमन्त्री डा. रामकुमार अधिकारीले राजनीतिक प्रतिद्वन्द्वी काँग्रेस रहेकाले काँग्रेसको पछि हिँड्ने अन्यबाट कुनै खतरा नरहेको बताए । उनले भने– ‘अरू दलसँग वैचारिक मतभिन्नता होइन । काँग्रेसले सबै भन्दा बढी सरकार चलायो, के ग¥यो ? भन्न सक्दैनन् । सिद्धान्त विचार एकातिर छ, काम, व्यवहार अर्कोतिर छ । तर, नेकपा एमाले जति सरकारमा रह्यो । देश बनायो । आफ्नो गाउँ, आफैं बनाऔं नाराका साथ नेतृत्व सुरु गरेको एमालेले सधैं राम्रो नै गरेको छ ।’ उनले धादिङमा पार्टी मजबुत बन्नुुमा पोखरा स्थित धादिङेली जनताको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । एमाले धादिङका उपाध्यक्ष एवं संविधानसभा सदस्य धन बहादुर घलेले धादिङबाट कामको सिलसिलामा पोखरा आएर वा यहीँ नै स्थायी बसोबास गरेर पनि पार्टीको हितमा लागिरहँदा असाध्यै खुशी लागेको बताए । उनले धादिङमा साढे ९ हजार संगठित सदस्य रहेकोमा बढाउने अभियानमा रहेको जनाउँदै २०८४ मा बहुमत प्राप्त गर्नको लागि पोखराका साथीहरू सबै लाग्नुपर्ने बताए ।  नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले पार्टी विस्तार र विकासका लागि धादिङबासीको योगदान महत्वपूर्ण रहेको बताए । अधिकारीले सम्पर्क मञ्चले पार्टी जोड्ने पुलको काम गरेको बताए ।  जिल्ला कमिटि धादिङ सदस्य चन्द्रकुमारी अधिकारी, मञ्चका संस्थापक अध्यक्ष कृष्णबहादुर लम्साल,  जिल्ला कमिटि धादिङका सदस्य बेनी पाठक लगायतले बोलेका थिए ।  मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीको अध्यक्षतामा भएको साधारणसभामा सचिव सरोज कुँवरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष योगप्रसाद सापकोटा (नवराज)ले स्वागत गरेका थिए । उक्त अवसरमा मञ्चद्वारा आयोजित विभिन्न कार्यक्रमका संयोजकहरुलाई सम्मान पनि गरिएको थियो । निवर्तमान अध्यक्ष वीरबहादुर थापा, रक्तदान कार्यक्रम संयोजक यार्मिला तामाङ, क्यालेण्डर प्रकाशन संयोजक हरिकृष्ण श्रेष्ठ, न्यानो कपडा वितरण अभियान संयोजक मिलन सुनारलाई सम्मान गरिएको थियो । यस्तै, नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा धादिङ घर भई पोखरामा स्थायी वा अस्थायी बसोबास गर्दै आएका चेलीबेटीबीच भेटघाट कार्यक्रम पनि सम्पन्न भयो ।