काठमाडौं:  जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । ...

पोखराः   गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रीबाट हटाइएका कुमार खड्काले पार्टीले टिकट नदिएपनि नेपाली कांग्रेस नछोड्ने बताएका छन् ।  आज (बिहिबार) पोखरामा पत्रकार सम्मेलन गर्दै उनले पार्टी नछोड्ने बताएका हुन् ।  ‘पार्टीको क्रियाशिल सदस्यता लिएर प्रवास गएका साथीहरुले वडा अध्यक्षको टिकट पाएका छैनन्, ‘नेपाली कांग्रेसले एउटा कार्यकर्तालाई ठुलो गुण लगाएको छ, उनले भने, ‘प्रदेशसभाको सदस्य बनायो । लेखासमितिको संयोजक बनायो । प्रदेशको मन्त्रीको बनायो टिकट नपाएपनि अरु पार्टी प्रवेश गर्दिन । र गठबन्धनका नेता जिताउन लागि पर्छु ।’   आयोगले जारी गरेका आचासंहिता विपरित चुनावी सभा उपस्थित हुन नसकेको पत्रकार सम्मेलनमा निवर्तमान मन्त्री खड्काले स्पष्ट पारे ।  ‘जनताको सेवामा खटिन्छु भनेर कसम खाएको छु । निर्वाचन आयोगले मंसिर ४ गतेसम्म आचारसंहिता विपरित पार्टीको कार्यक्रममा उपस्थित नहुन आचारसंहिता जारी गरेको छ, खड्काले भने, ‘ त्यसकारण आचारसंहिता विपरित गठबन्धनको कार्यक्रममा उपस्थित नभएको हो । उम्मेदवारलाई असहयोग गरेको आरोप निराधार हो ।’ उनले निर्वाचन आयोगमा गठबन्धनको कार्यक्रममा उपस्थित हुन पत्र लेखेका थिए । तर उक्त पत्रमा मिति, समय, स्थान तथा कार्यक्रमको विस्तृत जानकारी नखुलेको बताउदै आयोगले अनुमति दिएको थिएन ।  सोही कारण खड्का गठबन्धनको कुनै पनि कार्यक्रममा सहभागि हुन नसकको सुनाए । यद्यपी अब पदमुक्त भएपछि भने गठबन्धनको उम्मेदवारलाई सहयोग गर्ने जनाएका थिए ।

 पोखरा:  पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरा ६ बैदामलाई पर्यटनमैत्री बनाउछौ गठबन्धनका साझा उम्मेदवारहरु रामजी बराल र प्रकाश बरालले बैदामबासीलाई बचन दिएका छन । पर्यटकीय महत्व बोकेको क्षेत्र लेकसाइडमा वर्षेनी लाखौं रुपैयाँ वजेट विनियोजन गर्ने प्रतिवद्धता उनीहरुको छ ।  कास्की ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामजी बराल र ३ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार प्रकाश बरालले विहीबार पोखरा महानगर पालिका वडा नं–६ बैदाममा चुनाब प्रचारको अन्तिम दिन पाचँ दलिय गठबन्धन युवाँ समन्वय एवं परिचालन समितिले गरेको घरदैलो तथा कोणसभामा उनिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।  घर दैलो कार्यक्रममा स्थानियहरुले बैदाम क्षेत्र पर्यटकिय स्थल भएकाले सो क्षेत्रमा पर्यटनमैत्री कार्यक्रमहरु ल्याउन गठबन्धनका उम्मेदवारद्वयसँग माग राखेका थिए । उम्मेदवारहरु कास्की क्षेत्र नम्वर ३ का उम्मेदवारद्वय रामजी र प्रकाशले नहर मार्ग, खहरे, डिहिको पाटन , हलनचोक र बगंलादि लगायतका स्थानहरुमा पुगेर त्यहाँका जनताहरुको आर्शिवाद लिएका थिए । प्रदेश सभा उम्मेदवार बरालले विभिन्न समुह, संघसंस्था लगातयसँग सहकार्य गर्दै फेवातालको संरक्षणमा आफु लागि पर्ने बताउदै, फेवाताल सगं आश्रित जनसमुदायहरुको लागि विषेश योजना रहेको सुनाए । पर्यटकीय महत्व भएको यस क्षेत्रका सडकहरुको स्तोरन्नति गर्ने नेतृत्वदायी भुमिका खेल्ने बाचा गर्दै आफूलाई मत दिन आग्रह गरे । प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजी बरालले बैदाम क्षेत्रका प्राकृतिक सम्पदा तथा वातावरणको संरक्षण गर्दै कृषि , पर्यटनको र पुर्वाधारलाई ब्यवस्थीत गरी समानान्तर विकासबाट नै सो क्षेत्रको मुहार फेर्ने योजना सुनाए । कथाको रुपमा रहेको फेवातालको संरक्षण र विकासको लागि दिर्घकालिन योजना ल्याउने प्रतिवद्धता जनाए । पाचँ दलिय गठबन्धन युवाँ समन्वय एवं परिचालन समितिका संयोजक अनिल पहारीको सभा अध्यक्षतामा भएको कार्यक्रममा महाधिबेशन प्रतिनिधि हिरा भट्टराई,प्रदेश सदस्य तथा पर्यटन ब्यवसायी गणेश बहादुर भट्टराई, इकाई सभापति सन्तोष पौडेल र नेपाली काग्रेस, माओबादी केन्द्र र एकीकृत समाजबादी लगाएतका बक्ताहरुले आफ्ना भनाई राखेका थिए ।  

काठमाडौं:  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट भाग्नुभएको छ ।  “म तपाईं र तपाईंको सन्तानको सुखका लागि राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट माग्दैछु”, निर्वाचनको पूर्वसन्ध्यामा मतदाताको नाममा एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “यो त्यतिखेर मात्र सम्भव हुनेछ, जब तपाईंले सूर्य चिन्हमा मतदान गर्नुहुनेछ, त्यसैले सूर्य चिन्हमा मतदान गरौंँ”, प्रमुख प्रतिपक्षी दल नेता अध्यक्ष ओलीले आफ्नो र आफ्नो सन्तानका लागि मत हाल्न आग्रह गर्नुभएको छ ।  अध्यक्ष ओलीको सन्देशमा भनिएको छ, “प्रिय मतदाता १ अब स्पष्ट निर्णय लिने समय आएको छ, किनकि मङ्सिर ४ गते तपाईंले हाल्ने भोटले अबको पाँच वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निक्र्यौल गर्नेछ । शेरबहादुर देउवाको हातमा कि ? म केपी शर्मा ओलीको हातमा, त्यसैले भोट हाल्नुअघि दुई भविष्यलाई सम्झनुहोला, पहिलो तपाईंको आफ्नै भविष्य र दोस्रो तपाईंका आफ्ना छोराछोरीको भविष्यका भोट हाल्नुस”, भिडियो सन्देशमा भनिएको छ ।  अध्यक्ष ओलीले आफू मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति भएको मतदातामार्फत् सन्देशमा भन्नुभएको छ । “प्रिय मतदाता  म झुटो बोल्दिन सत्य छोड्दिन, तपाईंलाई थाहा छ म पटक–पटक मृत्युको मुखमा पुगेर व्यक्ति हुँ, अहिले देश केही व्यक्ति र समूहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको छ”, सन्देशमा भनिएको छ, “जसको कुनै राष्ट्रिय उद्देश्य छैन यही गठबन्धन रहिरहेमुलुक बर्बाद हुन्छ, तपाईं र तपाईंका छोराछोरीको भविष्यसमेत बर्बाद हुन्छ, त्यसैले आज म यस सन्देशमार्फत् तपाईंसँग भोट माग्दैछु ।”

काठमाडौं:  राप्रपा नेपालले काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । यो क्षेत्रमा प्रतिनिधि सभातर्फ नेकपा एमालेका किरण पौडेल उम्मेदवार छन् । काठमाडौं १ मा प्रतिनिधि सभा र प्रदेश सभातर्फका दुवै क्षेत्रमा एमालेले उम्मेदवारलार्ई सघाउने सहमति भएको राप्रपा नेपालका काठमाडौं जिल्ला अध्यक्ष श्याम घिमिरेले बताए । घिमिरेका अनुसार राप्रपा नेपालकी प्रतिनिधि सभा उम्मेदवार शान्ति केसीको तथा प्रदेशसभा तर्फ १ का द्वारिकानाथ ढुंगाना र २ का उम्मेदवार सबिना श्रेष्ठको पनि उम्मेदवारी निस्क्रिय पारिएको छ । उनीहरुको उम्मेदवारी निस्क्रिय पारेर राप्रपा नेपालले प्रदेश सभातर्फ १ का एमाले उम्मेदवार रामप्रसाद अमगाई र २ का उम्मेदवार गणेशप्रसाद दुलाललाई समर्थन गरेको छ । राप्रपा नेपालको सहयोग पाएपछि आफूहरु अझै बलियो बनेको एमाले उम्मेदवार पौडेलले बताए । उनले  भने, ‘आज बिहान हामी यसबारेमा टुंगोमा पुगेका हौं, राप्रपा नेपालले सहयोगबाट काठमाडौं १ मा हामी अझै बलियो भएका छौं ।’

  रुपन्देही:   गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलमै ल्याउने प्रतिबद्धता आफ्ना मतदातासमक्ष गरिरहनुभएको छ । रुपन्देहीमा लगभग चुनावी मुद्दाजस्तै बनेको प्रदेश राजधानीको विषयमा जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवार रहनुभएका उहाँहरूको स्पष्ट धारणा छ– “हामीले जिल्लाका सबै नागरिकका आवाज र धरणा बुझेका छौँ, हिजो के भयो र किन भयो भन्ने विषयतिर अहिले जान चाहँदैनौँ, तर प्रदेशको राजधानी बुटवलमा फिर्ता गर्छौँ ।” लुम्बिनी प्रदेशसभाले प्रदेशको राजधानी दाङको देउखुरी लाने निर्णय गरेको थियो । तर देउखुरीमा प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार नभएको र प्रदेशको पायक पनि नपर्ने भन्दै बुटवलका नागरिकले यसको विरोध गर्दै आएका छन् । यतिखेर प्रदेश राजधानीको विषय रुपन्देहीका नागरिकको चुनावी एजेण्डाजस्तै बनेको छ । जिल्लावासीका तर्क छन्, “प्रदेशको राजधानी लुम्बिनीबाट अन्यत्रै सारियो, जबकि भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी विश्वका कम्तीमा पनि एकतिहाइ मानिसको आस्थाको केन्द्र हो, आर्थिक र औद्योगिक क्रियाकलाप  प्रदेशका अन्य भू–भागका तुलनामा यहीँ बढी छ, यहाँ अन्तर्राष्ट्रिय विमानस्थलसमेत छ, अनि प्रदेशको राजधानी बुटवल नभएर अन्त कहाँ हुन्छ ?” स्थानीयका यी तर्कसँग जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधिसभाका उम्मेदवार खाण र पौडेल पूर्ण सहमत हुनुहुन्छ । उहाँहरू दुवैले जनताका यी तर्कसँग सहमति जनाउँदै जनताका जिज्ञासा मेटाउँदै भन्ने गर्नुभएको छ, “लुम्बिनी प्रदेशको राजधानी बुटवलबाहेक अन्यत्र हुँदैन, हामी बुटवलमै ल्याउने प्रयत्नमा छौँ ।” गृहमन्त्री खाण भन्नुहुन्छ, “तत्कालीन सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा सबै प्रदेशका अस्थायी राजधानी तोक्ने काम गर्यो । अरु प्रदेशमा तिनै राजधानी कायम भए, तर यहाँ किन हुन सकेन? हुन त यो प्रदेशसभाको अधिकार हो नै, तर पनि त्यस समयमा बुटवलको पूर्वाधार र महत्वमाथि किन विवेक पुर्याउन सकिएन ? प्रदेश राजधानी राख्नका लागि बुटवलमा के कुराको कमी छ र यहाँबाट सारेर अन्यत्र लगियो ?” कोरोना महामारीमा मुलुक ठप्प भएका बेला हचुवाका भरमा यसअघि नै तोकिएको प्रदेश राजधानी यहाँबाट सार्ने काम भएको गृहमन्त्री खाणको भनाइ छ । रुपन्देहीको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार गृहमन्त्री खाणसँग यहाँका नागरिकले प्रदेश राजधानीका साथै कृषि मल, बीउको उपलब्धता, सुकुम्बासी समस्याको समाधान, श्रमिकका समस्या समाधान, कोरोनाकालमा भएको आर्थिक क्षतिको पूर्ति, पर्यटनका लागि लुम्बिनी क्षेत्रको विशेष विकासजस्ता माग राखेका छन् र उहाँले आफू नागरिकका सबै समस्यासँग परिचित रहेकाले आगामी दिनमा ती सबै समस्या समाधानमा पहल गर्ने प्रण आफ्ना मतदातासँग गर्नुहुन्छ । त्यसैगरी एमालेका नेता विष्णु पौडेलले पनि प्रदेश राजधानीको मुद्दा बनाएका स्थानीयका जिज्ञासाहरूको सुनुवाइ हुने विश्वास दिँदै प्रदेश राजधानी सधैँका लागि बुटवलबाट सरेको होइन भन्नुहुन्छ । प्रदेश राजधानी बुटवलमै राख्नुपर्ने रुपन्देहीका नागरिकको भावनासँगै आफू पनि रहेको स्पष्ट गर्दै उहाँले लुम्बिनीजस्तो सांस्कृतिक एवं ऐतिहासिक प्रदेशको राजधानी बुटवलबाहेक अन्यत्र हुन नसक्ने तर्क राख्नुहुन्छ ।     उहाँ भन्नुहुन्छ, “हुन त यो प्रदेशसभाको अधिकार हो र त्यतिबेला निर्णय पनि भयो । तर यो कुनै ढुङ्गाले लेखिएको निर्णय होइन, चकले लेखिएको हो र त्यसलाई डस्टरले मेटेर अर्को निर्णय लेख्न सकिन्छ । हामी सबै त्यसका लागि लाग्ने हो ।” रुपन्देही जिल्लालाई आर्थिक विकासको केन्द्रका रूपमा अघि बढाइएको र लगानी र विकासको मोडेलको मुख्य गन्तव्य लुम्बिनी भइसकेकाले लुम्बिनी प्रदेशको राजधानी बुटबलबाहेक अन्यत्र हुन नसक्ने तर्क पौडेलको छ । “हामी सबैको प्रयासबाट लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आइसकेको छ, विश्वमा लुम्बिनीको आफ्नै गरिमा र आस्था रहेकाले अब विश्वको धार्मिक एवं सांस्कृतिक पर्यटनको एक प्रमुख गन्तव्य नै हामी लुम्बिनीलाई बनाउँदैछौँ भने प्रदेशको राजधानीको विकल्प पनि बुटवलबाहेक अन्यत्र कहाँ हुनसक्छ ?”, पौडलेको प्रश्न छ । उहाँ रुपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि नेकपा (एमाले)को उम्मेदवार हुनुहुन्छ । प्रदेश राजधानीबाहेकका उहाँसँग भौतिक पूर्वाधार विकास, सुकुम्बासी समस्याको समाधान, नागरिकका शिक्षा र स्वास्थ्यका समस्याको समाधानका साथै जनजीविकाको सुधारका माग छन् । आफ्ना मतदातासँग उहाँले आफू सदैव जिल्लाको विकासमा लागिनै परेको र आगामी दिनमा पनि यी सबै समस्याको समाधानका लागि आफूले जनताको साथमै रहेर पहल गर्ने प्रतिबद्धता व्यक्त गरिरहनुभएको छ ।  उहाँले आफूले जिल्लामा पूर्वाधार निर्माणका क्षेत्रमा धेरै काम गरेको र ती सबै जनताका अगाडि छर्लङ्ग नै रहेको भन्दै आगामी दिनमा जनताको जीवनस्तर उकास्ने र कृषि र किसानलाई प्रत्यक्ष लाभ पुर्याउने योजना आफूसँग रहेकाले आफूलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।

पोखरा: ​मंसिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले यतिखेर सम्पूर्ण नेपालीको ध्यान खिचिरहेको छ । मतदाताहरूबीच प्रतिस्पर्धी दलहरूले खडा गरेका उम्मेदवारहरूको योग्यता, क्षमता, इमान्दारिता, सम्बद्ध दलहरूको घोषणापत्र र अहिलेसम्म देखिएका कमीकमजोरी केलाउने काम भैरहेको छ । उम्मेदवारहरुको गुण चर्का नारा, चर्को आलोचना र चर्का अनि पूरा हुन नसक्ने आश्वासन हुन् कि शालिनता, भद्रता अनि विधायकी भूमिकालाई राम्रोसंग बुझेर जनतामा जानुलाई मान्ने यो पक्षलाई अहिलेको पुस्ताले निकै गहिरिएर, निकै मनन गरेर अनि उम्मेदवारहरुको विगत, योग्यता, क्षमता समेत हेर्ने गरेको पाइन्छ । यस्तै मतदाताहरुले पारख गरिरहेकामध्ये एक हुनुहुन्छ कास्की निर्वाचन क्षेत्र नं. २ की उम्मेदवार तथा पूर्व सांसद विद्या भट्टराई । भट्टराईले उपनिर्वाचानबाट आफूलाई जनप्रतिनिधिका रुपमा स्थापित गरी जनताको मन जितेकोमा विमति छैन । यससंगै उहाँको व्यक्तित्वको चर्चा पनि उत्तिकै अपरिहार्य छ । नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएर निर्वाचन होमिनुभएकी पूर्व सांसद भट्टराईको राजनीतिक पृष्ठभूमि, योग्यता, क्षमता, लगनशीलता र इमान्दारितालाई केन्द्रबिन्दुमा राखेर उहाँको व्यक्तित्वको सानो चर्चा गर्नैपर्छ । यस पटकको महासङ्ग्राममा निश्चित चुनाव जित्ने उम्मेदवारको रूपमा विपक्षीहरूबीच पनि चर्चित हुन पुग्नुभएकी विद्या भट्टराईले संसदमा पुनः प्रवेश गरेर खेल्नसक्ने रचनात्मक भूमिका अहिले उत्सुकता र प्रतिक्षाको विषय बनेको छ । विद्या भट्टराई उदियमान महिला नेतृत्वको नाम हो । विद्यार्थीकालदेखि नै वाम राजनीतिमा सक्रिय हुँदै आउनुभएकी भट्टराई पद्मकन्या क्याम्पसमा अध्ययनरत रहँदा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सम्हाल्नु भएको थियो । मीठो बोली, सबैसंग घुलमिल हुने बानी र कसैसंग पनि वैरभाव नगर्ने चरित्रले विद्यार्थी समुदायमा उहाँ लोकप्रिय हुनुहुन्थ्यो । शालिन व्यवहार, मेहनती स्वभाव, अध्ययनप्रति गम्भीर रूची र अनुशसित छात्राका रूपमा गुरुवर्गका बीचमा पनि प्रिय छात्राका रूपमा सुपरिचित रहेको उहाँलाई पढाउने शिक्षकहरूको मूल्याङ्कन छ । हुने बिरूवाको चिल्लो पात भनेझैं उहाँको वक्तृत्व कला र नेतृत्व क्षमताको विकास विद्यार्थीकालमा नै भएको मान्न सकिन्छ । आफ्ना विचार र धारणाहरू शालिनतापूर्वक राख्ने, अरूका कुराहरू धैर्यताकासाथ ध्यान दिएर सुन्ने र सामुहिक छलफलबाट मात्र निष्कर्ष निकाल्ने उहाँको आनीबानीले उतिबेला उहाँलाई चर्चित विद्यार्थी नेतृको रूपमा स्थापित गरेको थियो । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रिय नेतृत्वपङ्क्तिमा पुग्न उहाँलाई यिनै अन्तर्निहित गुणले सघाएका हुन् भन्नै पर्छ । स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि उहाँको भूमिका रुपान्तरित भयो । विद्यार्थी नेताका रुपमा सक्रिय रहेको समयमाा त्यो बेलाका अर्का बहुचर्चित विद्यार्थी नेता रवीन्द्र अधिकारीसंग उहाँको दाम्पत्य जीवन गाँसियो । विवाह पश्चात् उहाँले एकातिर सफल गृहिणीको रुपमा रवीन्द्रजीको पूर्णकालीन राजनीतिलाई वैचारिक परामर्शका आधारमा समेत समर्पित भएर सघाउनुभएको देखिन्छ भने अर्कातिर मेधावि छात्राको हैसियतमा उहाँले प्राप्त गरेको उच्च शिक्षाको सदुपयोग गर्दै त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा प्रवेश गरी रत्नराज्य क्याम्पसमा अध्यापन कार्यमा समर्पित रुपमा लाग्नु भयो । अध्ययन, अध्यापन र अनुसन्धानात्मक कार्यलाई अगाडि बढाउँदै गैरहेकाले उहाँ प्राज्ञिक क्षमतायुक्त बौद्धिक व्यक्तित्वका रुपमा सुपरिचित हुन थालिसक्नु भएको देखिन्छ । नियति, समय र परिस्थितिले अहिले उहाँको भूमिका बदलिन पुगेको छ । सहधर्मिणीको रुपमा उहाँले रवीन्द्रजीलाई उच्च राजनीतिक जिम्मेवारीमा पुग्न सघाउँदै आउनुभएको थियो तापनि दैवको लीला पर्यटन मन्त्रीको हैसियतले रचनात्मक र लोकप्रिय कार्य गर्दागर्दै हवाई दुर्घटनामा परी रवीन्द्रजीको इहलीला समाप्त भयो । एकल पाारिवारिक दायित्व र निर्वाहको कर्तव्य निर्वाहका साथसाथै रवीन्द्रजीको राजनीतिक उत्तराधिकार पनि उहाँमाथि सर्यो । नेकपा एमालेले रवीन्द्रजीको अप्रत्यासित र असामयिक अवशानले सिर्जना गरेको रिक्तताका बीचमा उहाँलाई नै निर्वाचनमा उतार्ने निर्णय गरिदियो । उहाँ उच्चअध्ययन, अनुसन्धानात्मक कार्य र प्राध्यापनलाई नै निरन्तरता दिने मानसिकतामा रहेको भए पनि पार्टीले गरेको विश्वास र दिएको अवसरले गर्दा शोकलाई शक्तिमा बदलेर उहाँ कास्की २ बाट निर्वाचन जितेर पहिलो पटक संसदमा प्रवेशगर्नु भयो । उहाँ संसद प्रवेशको अल्पकालमा नै संसदभित्र आफ्नो बौद्धिक राजनीतिक छवि निर्माण गर्न सफल देखिनुभएको निर्विवाद छ । स्व. रवीन्द्रको विराशत धान्नमात्र होइन आफ्नो बौद्धिक र रचनात्मक क्षमता प्रदर्शन गर्न पनि काविल देखिनुभएको उहाँको निर्वाचन क्षेत्रका मतदाताहरूको टिप्पणी छ । यस पटक पनि उहाँले स्वर्गीय पति तथा नेकपा एमालेका दिवंगत नेता रवीन्द्र अधिकारीको विराशत धान्ने स्वतन्त्र पर्यवेक्षकहरूको निर्क्यौल छ ।

कास्की:  गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्रीबाट हटाइएका कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले आफुलाई बर्खास्त गरिनुको कारण स्पष्ट नपारे प्रदेश सरकारको आन्तरिक अडियो भिडियो सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।   पोखरामा आज (बिहिबार) पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । ‘निर्वाचन सकिएपछि सनसनी समाचार अडियो भिडियो प्रमाणसहित आउने स्थिति बन्छ, उनले भने, ‘दुइवटा केसमा यदि मुख्यमन्त्री जीले चित्त बुझ्दो उत्तर दिनुभएन भने त्याे कुरा मेरो मृत्युभन्दा अगाडि बाहिर ल्याउछु ।’   खड्कालाई कास्की निर्वाचन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका उम्मेदवार विन्दु थापालाई सहयोग नगरेको भन्दै गत मंगलबार मन्त्रीपदबाट बर्खास्त गरिएको थियो ।    राजिनामा माग नगरि पदमुक्त गरिनुको कारण मुख्यमन्त्रीले स्पष्ट पार्नुपर्ने खड्काको माग छ । ‘मलाई राजिनामा नमागिकन जसरी निकालियो । मलाई निकाल्नको लागि उहाँको आवश्यकता के हो ? दबाब के हो ? त्यसको लक्ष्य के हो ? भन्ने कुराको जवाफ त चाहियो नि, उनले भने, ‘कमसेकम मेरो अपमानजनक बहिर्गमनमा उहाँको नियत खराब होइन भन्ने कुरा प्रमाणित गर्ने भएपछि सँगै सुतेको साथीले लात्ती  लगाको कुरालाई बाहिर ल्याउन नैतिक रुपमा पनि ठिक हुदैन ।’   खड्काकाे उक्त अभिव्यक्तिपछि यसमा तपाइको स्वार्थ जोडिएको देखियो नि ? भन्ने पत्रकार प्रश्नमा खड्काले भने, ‘होइन यसमा मेरो स्वार्थ जोडिएको छैन । बाहिर ल्याउछु भनेको छु समयको कुरा हो । मैले ल्याउदै ल्याउदिन त भनेको छैन नि ।’     उनले यसअघि मुख्यमन्त्री लगायतका मन्त्रीहरुसँगको मिटिङमा सरकारबाट बाहिरिएपछि सवारी साधनसहितको सेवा सुविधा पाउनुपर्नै व्यवस्था ल्याउने विषयलाई संकेत गरे । खड्काले उक्त प्रस्तावलाई अस्वीकार गर्नु पनि आफु बर्खास्तमा पर्नुको एक कारण हुन सक्ने भन्दै आशंका व्यक्त गरेका थिए ।    आफु पदमा रहदा आचारसंहिताले कुनैपनि उम्मेदवारको पक्षमा मत माग्न नहुने भएकै कारण कसैको पक्ष विपक्षमा नउभिएको स्पष्ट पारे । यद्यपी अब भने उनी सक्रिय भएर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने धारणा राखेका थिए ।

पोखराः बलिउडमा छाएकी अभिनेतृ मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी र राजेन्द्र लिङ्देनलाई भोट दिन अपील गर्दै भारतीय सिने नगरी मुम्बई उडेकी छिन् ।    आज बिहान विमानस्थल जानुपूर्व कोइरालाले लिङ्देनको पक्षमा भोट अपील गरेकी हुन् । यसअघि चुनावी प्रचारमा सक्रिय रहेकी मनिषाले राप्रपा अध्यक्ष लिङ्देन र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको चुनावी सभामा सम्बोधनसमेत गरेकी थिइन् ।    झापामा सम्बोधन गर्दै कोइरालाले आफु लिङ्देनको धारणाबाट प्रभावित भएको भन्दै राप्रपाले मुलुकलाई भ्रष्टाचारको क्यान्सरबाट बचाउने बताएकी थिइन् ।    एकाबिहान भोट माग्दै उनले पृथ्वीनारायण शाहले परिकल्पना गरेको साझा फुलबारीको अवधारणालाई सफल पार्न राप्रपाबाटमात्र सम्भव भएको उल्लेख गरिन् । 

पोखराः बुधबार साँझ पोखरा १६ मा कास्की–२ (ख) मा गठबन्धका उम्मेदवार विन्दुकुमार थापा स्थानीयको नियन्त्रणमा रहे । एक घण्टा बढी नियन्त्रणमा रहेका थापामाथि स्थानीयको आरोप थियो, ‘थापा भोट किन्न, पैसा बाँड्न हिँडेका हुन् ।’   स्थलगत रिपोर्टिङकाक्रममा हामीले पाएको जानकारी अनुसार घेराबन्दी गर्नेहरु स्थानीय भनिएपनि उनीहरु एमाले कार्यकर्ता हुन् । जसको नेतृत्व सोही वडाका पूर्वअध्यक्ष जीवन आचार्यले गरेका थिए ।    स्मरणीय छ, स्थानीय निर्वाचनमा उनै आचार्यलाई ‘पैसा बाँडेको’ आरोपमा यसैगरी स्थानीयले नियन्त्रणमा लिएका थिए । आचार्यलाई घट्टेकुनामा घेराउ गरी निर्वाचन आयोगका कर्मचारी बोलाइएको थियो ।    कर्मचारीले आचार्यको खानतलासी गर्दा केही थान हजारका नोट र चुनावमा प्रयोग हुने स्वस्तिक छाप भेटियो । त्यसबेला आचार्यले पकेट खर्चस्वरुप केही पैसा बोकेको र मतदातालाई कसरी मतदान गर्ने भन्ने सिकाउन स्वस्तिक छाप बोकेको बताएका थिए ।    आचार्यलाई घेराबन्दी गरी आयोगका कर्मचारी बोलाउनेहरु स्थानीयको नाममा गठबन्धनका कार्यकर्ता थिए ।    यता, थापालाई गन्धर्व बस्तीमा नियन्त्रणमा लिइएको थियो । आचार्यको समूहले पैसा बाँड्न हिँडेको वा बाँडेर आएको शंका गरे । त्यस समय साँझको साढे ७ बजिसकेको थियो । सुरुमा यस्तो आरोप लगाएपनि पछि आचार्यले बोली फेरेका छन् ।    उनले भने, ‘हारजीत आफ्नो ठाउँमा छ तर राजनीतिक संस्कार हुनुपर्छ, ७ बजेपछि झण्डा लिएर चुनाव प्रचारमा हिँड्न पाइँदैन ।’ थापाले आचार संहिता विपरित कार्य गरेको भन्दै आज उनी विरुद्ध निर्वाचन आयोग क्षेत्र नम्बर २ मा उजुरी दिइने आचार्यले जनाएका छन् ।    यसरी स्थानीय निर्वाचनमा गठबन्धनले एमालेलाई गरेजस्तै घटना बाटुलेचौरमा थापामाथि एमालेले गरेको छ । थापलाई नियन्त्रणमा लिएर रातको चिसो तताउन एमालेकोमात्रै हात छ वा सोही क्षेत्रमा रहेका थापाको प्रतिष्पर्धी कुमार खड्का पनि संलग्न छन् भन्ने विषयमा अहिले थापाको टिम घोत्लिरहेको छ ।    थापाको सचिवालयमा रहेका एक सहयोगी भन्छन्, ‘राती जे भयो त्यो एमालेलेमात्रै गरेको हो भन्ने लाग्दैन, केही ‘कालो’ पक्कै छ ।’ खड्का हालै थापालगायतको विरोधमा लागेको भन्दै प्रदेशमन्त्रीबाट बर्खास्त भएका छन् ।    करिब १ घण्टा बढी नियन्त्रणमा परेका थापालाई जिल्ला प्रहरी कार्यालका डिएसपी सुन्दर तिवारीको नेतृत्वमा मुक्त गरी घर पु¥याइएको छ । नियन्त्रणका दौरान आयोगका निर्वाचन अधिकृत दयाशंकर अधिकारीले थापाको साथबाट निर्वाचनलाई प्रभाव पार्ने कुनै वस्तु वा सामग्री फेला नपरेको जानकारी दिएका छन् ।    थापा नियन्त्रणबाट मुक्त भए लगत्तै उनको सचिवालयले ‘विपक्षीहरुले हार निश्चित भएपछि सुनियोजितरुपमा दूव्र्यवहार गरेको’ नोट जारी गरेको छ । चुनाव प्रचारपश्चात् फर्कदै गर्दा बाटुलेचौरमा थापाभन्दा अघि रहेका गाडीलाई निस्कन दिएर उनको गाडी रोकिएको थियो ।