काठमाडौं:   विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भ...

काठमाडौं:   नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कार्यभार सम्हालेका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उनले पदबहाली गरेका हुन् । उनीनेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी प्रमुख हुन् ।  राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनी आइतबार साँझ मन्त्री बनेका हुन् । उनले ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।  

काठमाडौं:  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले पार्टी छोडेको घोषणा गर्दै नयाँ पार्टीको घोषणा समेत गरेका छन् । उनले नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति नेपाल पार्टी रहनेसमेत जनाएका छन् । उनले अब रेमश चौधरीको संगठन निर्माण अभियानमार्फत अघि बढ्ने समेत बताए । उनले जेन–जी पुस्ताको माग र भावनालाई समेट्दै अघि बढ्ने प्रण गर्दै नयाँ पार्टीमा जोडिन सबैमा आग्रह गरेका छन् । पछिल्लो समय संरक्षक चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच पार्टीको आधिकारिकतालाई लिएर विवाद हुँदै आएको थियो ।

काठमाडौं:  ६ महिना भित्र प्रतिनिधिसभाको अर्का निर्वाचन गराउनु नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको प्रमुख कार्यभार हो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदमा शुक्रबार राति नियुक्त गरे।  नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। जेनजी युवाको आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारको नेतृत्व  निर्भिक महिलालाई प्राप्त भएको छ। कार्कीले पहिलो महिला प्रधानमन्त्रीको इतिहास कायम समेत गरेकी छन्। उनले विकसित संक्रमणकाललाई निर्वाचनमार्फत पार लगाउने गहन दायित्व प्राप्त गरेकी छन्। यही भदौ २३ र २४ गते जेनजी युवाले गरेको आन्दोलनको बलमा एकाध दिनभित्रै सरकारमा आएको परिवर्तनपछि प्रधानमन्त्रीका रुपमा कार्कीले जिम्मेवारी सम्हालेकी हुन्। शुक्रबारको सपथ ग्रहण समारोहमा ठूलो उपस्थिती थिएन। परिस्थितिलाई ध्यानमा राखेर केही उच्चपदस्थ मात्रै सहभागी थिए। राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश  प्रकाशमानसिंह राउतको उपस्थिती थियो। पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठ पनि सहभागी थिइन्। समारोहमा अमेरिका, चीन, भारतलगातयका देशका राजदूतको सहभागिता थियो भने आन्दोलनरत पक्षका रुपमा जेनजी युवाहरुको सहभागिता थियो। नवनियुक्त प्रधानमन्त्री कार्कीका श्रीमान दुर्गा सुवेदी पनि उपस्थित थिए। सपथ ग्रहणपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीलाई शुभकामना दिए। शुभकामना दिँदै उनले देश सफल होस् भन्ने कामना पनि गरे।   ुतपाईंलाई धेरै धेरै बधाइ। तपाईं सफल हुनुस्। देश सफल होस्। जनता बचून्,ु शुभकामना दिँदै उनले भने।

काठमाडौं:  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनले कविताको अन्तिममा लेखेका छन्, ‘धैर्य गरौ, संयमित बनौ, हामी फेरि उठ्ने छौं।’ जेनजीको आन्दोलनको दोस्रो दिनमा राज्यका प्रमुख निकायका भौतिक संरचना ध्वस्त भएर एमाले नेतृत्वको सरकार ढलेपछि महासचिव पोखरेलले धैर्य बन्न सबैलाई अनुरोध गरेका हुन्।

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रतिवेदनमाथि समूहगत रूपमा आएका सुझावको प्रस्तुतीकरण सकिएको छ ।  ललितपुरको गोदावरीमा जारी महाधिवेशन केन्द्रमा आइतबार तेस्रो दिन १० समूहमा विभाजन गरिएका महाधिवेशन प्रतिनिधिको समूहद्वारा प्रतिवेदनमाथिको प्रस्तुतीकरण सम्पन्न भएको हो । आज १० विभिन्न समूहगत नेताहरूको प्रस्तुति सकिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए । समूहगत नेताले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनसहित आयोगका प्रतिवेदनहरूमाथि केही सुझावसहित मूल अवधारणामा सहमत जनाएको उनले जानकारी दिए ।  छलफल प्रतिवेदन पेस गर्दै समूहगत नेताहरूले भावी पार्टी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका प्रचार विभाग प्रमुख गौतमले उल्लेख गरे ।  उनका अनुसार सुदूरपश्चिम प्रदेशबाट कृष्णप्रसाद जैसीले महाधिवेशनमा प्रस्तुत गरिएको प्रतिवेदनपूर्ण सहमति जनाएका छन् । ‘अहिले पार्टी नेतृत्वका लागि अध्यक्ष ओलीको विकल्प नरहेको निष्कर्ष हाम्रो समूहको ठहर छ’, जैसीले भने । कर्णाली प्रदेशका अध्यक्ष एवं समूहगतका नेता गुलाबजङ्ग शाहले वर्तमान अवस्थामा नेतृत्वलाई थप स्थापित र सशक्त बनाउनुपर्ने समय आएकाले पार्टीको भावी नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नरहेको बताए । लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरिनुपर्ने भएकाले पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए । गण्डकी प्रदेशका उपाध्यक्ष एवं समूहगत नेता मीनप्रसाद गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्यमा पुर्‍याउन प्रतिवेदनहरूले प्रष्ट मार्ग निर्देश गरेको बताए । बागमती प्रदेशका अध्यक्ष एवं समूहगत नेता कैलाश ढुङ्गेलले आफ्नो समूहमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनुपर्छ भन्ने विधान संशोधनलाई अधिकांशले समर्थन गरेको बताउँदै केही मत भने उक्त व्यवस्था हटाउनु हुँदैन भन्ने सुझाव आएको जानकारी दिए ।  मधेस प्रदेशका अध्यक्ष एवं समूहगत नेता चन्द्रेश्वर मण्डलले आगामी महाधिवेशनबाट पार्टी अध्यक्ष ओलीलाई नेतृत्व दिनुपर्नेमा जोड दिए । ‘पार्टीमाथि देशीरविदेशी शक्तिबाट चौतर्फी आक्रमण भइरहेको बेला नेतृत्व स्थापित गर्नका लागि आगामी महाधिवेशनबाट अध्यक्ष ओलीलाई नै पुनः नेतृत्व दिनुपर्छ’, उनले भने । कोशी प्रदेशका अध्यक्ष एवं समूहगत नेता घनश्याम खतिवडाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेस गर्नुभएको विधान संशोधनमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गरे । उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक आयोगमा निर्वाचित र नियुक्ति भएकाहरूलाई राजनीतिमा नफर्किने भन्ने विषय पार्टीको विधान र संविधानमा लेखिनुपर्दछ ।’ साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेताले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्ने छन् । यस्तै उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवासबाट भक्त गुरुङ तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालयबाट शिव अधिकारी , विभागीय संरचना र केन्द्रीय निकाय आयोजकका तर्फबाट चुडामणि जङ्गलीले प्रस्तुति गरेका थिए ।  समूहगत नेताको सुझावसहितको प्रस्तुतीकरणपछि प्रतिवेदनमाथि आएका सुझावमा सम्बन्धित नेताहरूले जवाफ दिनेछन्  । त्यसपछि सुझावसहित पार्टीको विधान पारित गरिने एमाले प्रचार विभागका प्रमुख गौतमले जानकारी दिए ।  उनका अनुसार आजै समसामयिक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको छ । महाधिवेशनमा आज केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यतालिका रहेको गौतमले जानकारी दिए  । ‘निर्णायक राष्ट्रियशक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जनाको सहभागिता छ । महाधिवेशन आज सकिने कार्यतालिका रहेको एमाले प्रचार विभागले जनाएको छ ।

ललितपुर:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विधान महाविधेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र सकिएको छ। ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हिजोदेखि जारी दोस्रो महाधिवेशनमा आज प्रस्तुत गरिएका सात वटा प्रतिवेदनमाथि समूहगत छलफल सम्पन्न भएसँगै आजको बन्दसत्र सकिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। महाधिवेशनमा सहभागी प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजन गरी छलफल गरिएको थियो। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै छलफल गरेका थिए। यस्तै, उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना तथा केन्द्रीय निकायले प्रतिवेदनमाथि छलफल गरेका थिए। प्रचार विभाग प्रमुख गौतमले आइतबार बिहान ८ बजेबाट सुरु हुने महाधिवेशनमा आज प्रतिवेदनमाथि छलफल गरेका समूहका टोली नेताले आआफ्नो समूहका तर्फबाट प्रतिवेदनमाथि सुझाव दिने कार्यक्रम रहेको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, “त्यसरी आएका सुझावका आधारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ। भोलि नै समसामयिक प्रस्ताव पारित गर्दै महाधिवेशन सम्पन्न हुनेछ। ” महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।  यस्तै, केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा आआफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतसम्बन्धी प्रस्तावमा पनि समूहगत छलफल गरिएको थियो। महाधिवेशनमा भोलि केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूची रहेको एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प ‘समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित हिजोदेखि सुरु भएको महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना थप गरी दुई हजार ३४१ जनाको सहभागिता रहेको छ।  

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, गोदावरीस्थित सनराइज हलमा जारी दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथिको छलफल जारी छ ।    प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजन गरी छलफल सुरु गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशले समूहगत छलफल सकाएर प्रतिवेदन लेखन थालनी गरिसकेको छ ।           प्रतिवेदनमाथि मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै समूहगत छलफल गरिरहेका छन् । त्यसैगरी उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास, केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना, केन्द्रीय निकाय आयोजकले पनि छलफल गरिरहेको उनले जानकारी दिए।   प्रचार विभाग प्रमुख गौतमले आज छलफल सकेर भोलि प्रतिवेदन समूहगत नेताले प्रस्तुत गर्ने बताए। उनले समूहगत रूपमा आएका प्रतिवेदनमाथि आएका सुझावलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने र कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाई एकीकृत रूपमा पार्टी विधान तयार पारिने जानकारी दिए । उनले समसामयिक प्रस्ताव पारित गरेर भोलि महाधिवेशन सम्पन्न हुने बताए।

काठमाडौं:   नेकपा एमालेले ७० वर्षे उमेर हद र दुई बर्षे कार्यकाल हटाउने प्रस्ताव अघि सारेको छ । शुक्रबारबाट लालितपुरको गोदावरी जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रस्तावित संशोधन विधानमा यस्तो प्रस्ताव गरिएको हो । ”हरेक व्यक्तिको जीवनको उमेर हद र सक्रियताको उमेर हद फरक–फरक हुन्छ । उमेर हदको नाममा योग्य नेताहरुको पंक्तिबाट योग्यतम् नेताको छनोट गर्ने अवसर गुमाउन हुँदैन । योग्यहरु मध्येको योग्यतम् र सक्रिय नेतालाई नेतृत्वदायी भूमिकाबाट हटाउन वा त्यस्तो भूमिकामा पुग्न नदिन ७० बर्षे उमेर हदको प्रवन्ध गर्नु कुनै पनि दृष्टिले उचित हुँदैन । यही मान्यताका आधारमा २०८० बैशाख २८-३० मा सम्पन्न केन्द्रीय कमिटीको पाचौँ बैठकको “पार्टी विधानमा रहेको ७० बर्षको उमेर हद हाललाई निलम्बन गर्ने” भन्ने निर्णय अनुमोदन गर्न ७० बर्षे उमेर हदसम्बन्धी धारा-६४ को ब्यवस्था खारेज गर्न प्रस्ताव गरिएको छ ।  प्रस्तावित विधानमा भनिएको छ । प्रस्तावित विधान संशोन प्रस्तावमा यसअघिको ३ सय १ सदस्यीय केन्द्रीय  कमिटीलाई घटाएर २ सय ५१ कायम गरिएको छ।  अधिवेशनमा उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको संशोधन प्रस्तावका १५ जना पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या २ सय ५१ को हुने व्यवस्थालाई अघि सारिएको छ। प्रस्तावित संशोधन विधानलाई यसअघि केन्द्रीय कमिटीले पारित गरिसकेको छ। प्रस्तावमा वरिष्ठ उपाध्यक्षको व्यवस्थालाई हटाइएको छ, भने ६ उपाध्यक्षको संख्यालाई घटाएर ३ मा झारिएको छ । प्रस्ताव अनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७ सतिह १५ जना पदाधिकारी रहने गरी प्रस्ताव गरिएको छ । पदाधिकारीमा महिला एक जना अनिवार्य गरिएको छ। ”केन्द्रीय कमिटीको निवर्तमान अध्यक्ष स्वत: बरिष्ठ नेता हुने अर्थात् अनिर्वाचित व्यक्ति कार्यकारी कमिटीको दोस्रो बरियताको पदाधिकारी हुने ब्यवस्था लोकतान्त्रिक प्रणालीको मर्मविपरीत छ । यस्तो ब्यवस्थाले ब्यक्तिको महत्वाकांक्षालाई सम्बोधन गर्ने बाहेक अरुकुनै सकारात्मक योगदान गर्दैन । यसले पार्टीमा वहुकेन्द्रको अवस्था सिर्जना हुने र पार्टीको आन्तरिक जीवन अन्तर्विरोधग्रस्त हुने जोखिम रहन्छ । तसर्थ, केन्द्रीय कमिटीको निवर्तमान अध्यक्ष स्वतः बरिष्ठ नेता हुने हालको ब्यवस्था हटाउने प्रस्ताव गरिएको छ” । प्रस्तावमा विधानमा उल्लेख छ । स्थायी कमिटी र पोलिटव्यूरो सदस्यको संख्या पनि घटाइएको छ । धारा १७ (२) को ४५ सदस्यीय स्थायी कमिटीलाई घटाएर पार्टीका १५ जना पदाधिकारीलाई मात्र स्थायी कमिटीका रुपमा राख्ने प्रस्ताव गरिएको छ । 

काठमाडौं:  सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्विरोध चयन भएका छन् । समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । नवनिर्वाचित खतिवडा नेपाली कांग्रेसका सांसद हुन् । समितिका यसअघिका सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको मात्र उम्मेदवारी परेको थियो । बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद खतिवडालाई सभापति निर्वाचित गरियोस् भनी राखेको प्रस्तावलाई नेकपा ९एमाले०का संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए । नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका सांसद खतिवडा हाल कांग्रेसको केन्द्रीय सदस्य छन् । यसअघि पनि उनी ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्य थिए । केही समयअघिसम्म उनी राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिकै जिम्मेवारीमा थिए । संवैधानिक व्यवस्थाअनुसार सभापतिको पदवहाली गर्नुअघि उनले आगामी सोमबार सभामुखसँग पद तथा गोपनीयताको शपथ लिनेछन्  ।