प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् ।   ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका ल...

काठमाडौं:    क्यानडा–११ लाई एकदिवसीय सिरिजको दोस्रो खेलमा २ विकेटले पराजित गर्दै नेपाल ‘ए’ ले सिरिज बराबर गरेको छ । मुलपानी क्रिकेट मैदानमा क्यानडा–११ ले प्रस्तुत गरेको २ सय ४१ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा बसिर अहमदले नटआउट अर्धशतक प्रहार गरे । तल्लोक्रममा राशीद खानसँग महत्त्वपूर्ण साझेदारी गरेका उनले विजयी रन प्रहार गरेका थिए । बसिरले ७३ बलमा ५२ रन जोड्ने क्रममा ४ चौका र १ छक्का प्रहार गरे । नेपालको जितसँगै ३ खेलको सिरिज १÷१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा क्यानडा–११ ले ४ विकेटको जित दर्ता गरेको थियो । अन्तिम तथा निर्णायक खेल विहीबार मुलपानी मैदानमै हुनेछ । नेपालले इनिङको पहिलो बलमा मयन यादवलाई गुमाएको थियो । नेपालमा पहिलो खेल खेलिरहेका अमर खालिदले उनलाई एलबीडब्लू धरापमा पारेका थिए । तेस्रो ओभरमा शेर मल्ल पनि आउट भए । उनी ११ बलमा १ चौकासहित ७ रन जोड्दै खालिदकै बलमा कट बिहाइन्ड भए । त्यसबेला नेपाल १३–२ को स्थितिमा थियो । त्यसपछि कप्तान सन्दीप जोरा र अर्जुन कुमालले तेस्रो विकेटका लागि १ सय ४ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काए । अर्जुन २५ औं ओभरको पाँचौ बलमा क्याच आउट भएपछि साझेदारी तोडियो । उनले ६४ बलमा ३ चौकासहित ४० रन जोडे । अर्जुन आउट भएको २ बलपछि नै सन्दीप पनि पेभेलियन फर्किए । साद बिन जफरको बलमा अम्पायर कट बिहाइन्ड आउट दिएपछि उनी असन्तुष्ट व्यक्त गर्दै बाहिरिएका थिए । ७४ बलको सामना गर्दै उनले ७ चौका र १ छक्का प्रहार गरे । उनि आउट हुँदा नेपाल ११७–४ को स्थितिमा पुग्यो । किरण ठगुन्ना १७ बलमा १३ रन जोड्दै हर्ष ठाकरको बलमा बोल्ड भए । त्यसपछि छैटौं विकेटका लागि राशीद खान र बसिर अहमदले ७७ रनको साझेदारी निर्माण गरे । राशीद ४६ औं ओभरमा आउट हुँदै लगातार दोस्रो खेलमा अर्धशतक बनाउनबाट चुके । साहिद अहमदजाईको बलमा क्याच आउट हुनुअघि उनले ५१ बलमा ३ चौका र २ छक्कासहित ४७ रनको योगदान दिए । यसअघि पहिलो खेलमा उनले ४० रन बनाएका थिए । अर्को ओभरमा चोट बोकेका विवेक यादव १ रनमै आउट भए । त्यसको २ बलपछि साहब आलम पनि गोल्डेन डक आउट हुँदा नेपाल संकटमा परेको थियो । त्यसअघि मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको क्यानडा–११ ले निर्धारित ४९.५ ओभरमा अलआउट हुँदै २ सय ४० रन बनायो । राम्रो सुरुवात गरेको क्यानडाले मध्यक्रममा स्पिनविरुद्ध रनको लागि संघर्ष गरेको थियो । श्रेयस मोभाले मध्यक्रममा उत्कृष्ट ब्याटिङ गर्दै ८२ बलमा ६८ रन जोडे । ५ चौका प्रहार गरेका उनी अन्तिम ओभरमा मिड अफमा क्याच आउट भएका थिए । मोभासँगै क्यानडाका लागि ओपनरद्वय आरोन जोन्सन र सृमन्थ विजयरत्नेसँगै नवनित धलिवलले राम्रो ब्याटिङ गरे । नेपालका लागि साहब आलमले ३ विकेट लिए । शेर मल्ल र राशीद खानले २÷२ तथा सागर ढकाल र बसिर अहमंदले १÷१ विकेट लिए । पहिलो विकेटको लागि ६४ रनको साझेदारी गरेपछि १२औं ओभरको तेस्रो बलमा आरोन जोन्सन आउट भए । उनी सागर ढकालको एलबीडब्लु धरापमा परे । जोन्सनले ३८ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । १५ औं ओभरको तेस्रो बलमा निकोलस किर्तन ७ रन जोड्दै साहब आलमको बलमा बोल्ड भए । विजयरत्नेले २१ रनमा रहँदा जीवनदान पाएका थिए । सागर ढकालले फालेको दशौं ओभरको पाँचौ बलमा कभरमा रहेका विवेक यादवले डाइभ दिँदै क्याच समाउन सकेनन् । उनी २० औं ओभरमा शेर मल्लको एलबीडब्लु धरापमा परे । उनले ५७ बलमा ६ चौकासहित ४६ रन बनाए । हर्ष ठाकर ८ रन जोड्दै बसिर अहमदको बलमा एलबीडब्लु आउट भए । त्यसबेला क्यानडा १०४(४ को स्थितिमा थियो । पाँचौ विकेटका लागि धलिवल र मोभाले ६६ रनको साझेदारी गरे । धलिवल ४६ रन जोड्दा साहबको बलमा बोल्ड हुँदा लगातार अर्धशतक बनाउनबाट चुके । कप्तान साद खाता नखोली शेर मल्लकै शिकार बने । निखिल दत्तले ८ र डिलोन हेलीगरले १६ रनको योगदान दिए । नेपाल ‘ए’ का कप्तान सन्दीप जोराले टस जितेर फिल्ड गर्ने निर्णय लिएका थिए । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गरे ।

काठमाडौं:     पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा सहभागिता जनाउन साउदी अरेबियामा रहेको नेपाली महिला टोलीले आज समूह चरणको पहिलो खेलमा सिरियाको सामना गर्दै छ । खेल नेपाली समय अनुसार ७:४५ बजे किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा सुरु हुने छ । नेपाल गुआम संगै प्रतियोगितामा आमन्त्रित टोली हो । नेपाली टोलीमा भारतीय लिग खेलिरहेका ६ जना सहित फ्रान्सको शीर्ष डिभिजन खेलिरहेकी सावित्रा भण्डारी समेत रहेकी छिन् । साम्बा हिजो साउदी अरेबिया पुगेकी हुन् । उमेर समुहमा खेलिसकेका फरवार्ड चन्द्रा भण्डारी र मिडफिल्डर सरस्वती हमाल पहिको पटक राष्ट्रिय महिला टोलीमा पर्न सफल भएका छन् । नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी , ग्वाम, लेबनान र जोर्डन छन् । हिजो भएका समूह ए का खेलमा लेबनानले गुआममाथि ४–३ को जित निकालेको थियो भने जोर्डनले घरेलु टोलीमा साउदी अरेबिया माथि ३–१ को जित निकालेको हो । दुवै समूहका शीर्ष दुई टोलीले सेमीफाइनलको यात्रा तय गर्ने छन् ।

काठमाडौं:     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ गरेका छन् । अर्धठोस बनाएर ल्याइएको आठ सय ५५ ग्राम सुनसहित ३५ वर्षीय भारतीय नागरिक शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थलबाट पक्राउ गरिएको हो । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार राति फ्लाई दुबई उडानद्वारा दुबईबाट काठमाडौं आएका गफुरलाई विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्दा सुन फेला परेको थियो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय पठाइएको  नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौं:    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक  सुरु हुने भएको छ । पार्टीको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको हो ।  केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।  यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका छन् । 

चितवन:     चितवनको खैरहनी नगरपालिकामा(२ चैनपुरमा एक जना युवको हत्या भएको छ । आज बिहान करिब ७ बजे हर्वल कम्पनीको पर्खालनजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा स्थानीय २४ वर्षीय कृष्णकान्त खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको घरबाट घटनास्थल ५०० मिटर पूर्व रहेको छ । जिल्ला प्रहरी चितवनको टोली घटनाको अनुसन्धानमा जुटिरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा फ्लोरेन्सिक जाँच गर्ने चिकित्सकसहित प्रहरीको टोली पुगेको छ ।

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा सोधिएको जिज्ञाशामा उहाँले भन्नुभयो, “त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन ।’’ पत्रकारिता जगत्ले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन आम नागरिकलाई आग्रह गर्नुभयो । आफू गोरखाबाट निर्वाचित भएको स्मरण गर्दै उहाँले गोरखाको समग्र विकासमा ध्यान दिइएको बताउनुभयो । “लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलगायत रुग्ण उद्योग सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ”, उहाँले भन्नुभयो । सरकार सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिको अभियानमा केन्द्रित भएको उल्लेख गर्दै प्रधानमनत्री प्रचण्डले सरकारले थालनी गरेको अभियानमा सञ्चार जगत्बाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । भेटमा गोरखा घर भई राजधानीमा क्रियाशील पत्रकारले जिल्लाको विकास निर्माणमा ध्यान दिन प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो ।

बाजुरा:    वर्षासँगै बाजुराको माथिल्लो भेगमा  हिमपात भएको छ ।  छ महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो । बेँसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । सोमबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर समेत बनाएको छ । बडीमालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकालगायतका उच्च हिमाली क्षेत्र यस वर्ष बल्ल सेताम्मे बनेका छन् । वर्षा र हिमपातपछि वस्तुभाउलाई घाँस तथा दाउराको समेत समस्या भएको स्थानीयले बताएका छन् ।  चिसोसँगै हिमपात भएपछि विद्यार्थीलाई आवतजावतमा समेत समस्या हुँदा विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने वर्षासँगै हिमपात भएपछि खुसी भएका छन् । सिँचाइको सुविधा नहुँदा गहुँबाली लगाए पनि सुक्न थालेका समयमा  वर्षा र हिमपात हुँदा  किसान खुसी भएका हुन् । हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइएका विभिन्न बालीलाई फाइदा पुगेको बडीमालिका नगरपालिका–३ रजालीका कमल रावलले बताउनुभयो । वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारीलगायत किसानलाई फाइदा पुग्ने जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैशीले बताए । हिमपातका कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टी सडकखण्डमा चल्ने जीप सेवा प्रभावित भएको छ ।

पोखरा:  पोखरा महानगरपालिका–१८ ग्यारजातीमा रहको बाल सुधार गृहमा झडप हुँदा तीन जना घाइते भएका छन् ।    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बाल सुधार गृहमा हिजो (सोमबार) खाना खान लाइन बस्ने क्रममा झडप भएको हो ।   नाइके र भाइटोलीबीच भडप हुँदा बागलुङ, स्याङ्जा र म्याग्दीका तीन युवक घाइते भएका थिए ।    अहिले मणिपाल शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भएको कास्की प्रहरीले बताएको छ ।   खाना खान लाइन बस्ने क्रममा बाल सुधार गृहमा नाइँके र भाईटोलीबीच झडप भएको थियो । *(घाइतेको नाम गोप्य राखिएको )  

पोखरा:   तामाङ बौद्ध सेवा समिति संगमटोल पोखराले मञ्जुश्री सम्वत् २८६० औं डुक/मु पुख्री ल्हो सोनाम ल्होछार मनाएको छ ।   विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान गर्दै सोनाम ल्होछार मनाएको हो ।   कार्यक्रमको उद्घाटन महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे । सो अवसरमा बोल्दै मेयर आचार्यले तामाङ जाति आदिवासी जनजाति मध्ये फरक इतिहास र अस्तित्व भएको जाति रहेको धारणा राखे ।   उनले आधुनिकताको नाममा संस्कार र संस्कृति लोप हुने क्रम देखिएको बताउदै संरक्षणको जरुरी देखिएको मेयर आचार्यले बताए ।    उनले भाषा, कला र संस्कृतिको विलयसँगै अस्तित्वनै समाप्त हुने जोखिम हुने बताउदै जातिय संघसस्थाको अगुवाहरुले भूमिका खेल्नुपर्ने सुझाव दिदै महानगरको तर्फबाट सहयोग गर्न तत्पर रहेको बताएका थिए ।  यस्तै कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय कार्यकारी समितिका उपाध्यक्ष दिपक वाईबा तामाङ, नेपाल तामाङ घेदुङ केन्द्रिय पुर्व अध्यक्ष तथा लोकोत्तर लोकवादी विचार अभियानका प्रवर्तक धन प्रसाद डुम्जन तामाङ, तमु धिं नेपालका अध्यक्ष हुम गुरुङ, नेपाल तामाङ युवा घेदुङ कास्कीका पूर्व अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत लोप्चन, नेपाल तामाङ घेदुङ केन्द्रीय पूर्व कार्यवहाक अध्यक्ष कुम बहादुर योञ्जन, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भक्त बहादुर डुम्जन तामाङ, नेपाल तामाङ घेदुङ कास्कीका पूर्व अध्यक्ष तथा ताम्बा ना.सु. राम प्रसाद सम्देन तामाङ, नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका अध्यक्ष शिवु ब्लोन तामाङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद कास्कीका उपाध्यक्ष मिन माया तामाङ, पोखरा महानगरपालिका वडा नं.१३ का महिला सदस्य सुचिता तामाङ, तामाङ बौद्ध आमा समूहका अध्यक्ष पुष्पा तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।   सो कार्यक्रममा संस्थाका १० जना लामा गुरु, ४ जनाको बोम्बो समूह, उत्कृष्ट म्हेन्दोमाया नाच प्रस्तुत गर्ने २० जना कलाकार साथै संस्थालाई आर्थिक, भौतिक र नैतिक रुपमा योगदान पु¥याउने दर्जनौं दाताहरुलाई सम्मान गरिएको थियो ।   कार्यक्रममा सन्ध्या न्हेगी, दिलासा वाईबा, प्रिया न्हेगीले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् भने शान्ति थिङ तामाङले स्वागत गीत प्रस्तुत गरेकी थिइन् ।   संस्थाका अध्यक्ष विष्णु योञ्जनको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष शेरजङ वाईबाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संचालन समितिका सचिव पवित्रा थोकर र आमा समुहकी सचिव शान्ति लोप्चनले गरेकी थिइन् ।