पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

काठमाडौं:    आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ। होटल याक एन्ड यतीमा माघ १२ गते भएको उक्त समारोहमा ३१९ जना विद्यार्थीहरू दीक्षित भएका छन्। नेपालका लागि बेलायती राजदूत रोब फेनको प्रमुख आतिथ्यतामा सन्डरल्यान्ड विश्वविद्यालयको उच्च तहका प्रतिनिधिहरू र अविभावकको उपस्थितिमा सम्पन्न उक्त दीक्षान्त समारोहमा बिबिए, बिएचएम, बिएससी, आइटी ९सिएसइ० मा उत्तीर्ण गरेका विद्यार्थीहरू दीक्षित भएका हुन्। आइएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धन कलेज सञ्चालन गर्दै आइरहेको छ।

काठमाडौं:    माओत्से गुरुङ लिखित तथा निर्देशित फिल्म ‘दयारानी’ को ट्रेलर सार्वजनिक भएको छ। सोमबार हाइलाइटस नेपाल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा दयाहाङले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएपछि उत्पन्न हुने परिस्थितिलाई देखाइएको छ।  बाँसुरी फिल्म्स र माओत्से फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, दीया पुन, विजय बराल, नयन गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, क्रिष्टी गुरुङलगायत कलाकारको अभिनय छ।  मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन्। फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्म्स र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ। फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्। यो फिल्म माघ २६ गतेदेखि प्रदर्शन हुँदैछ।  

काठमाडौं:     नेपाल पुलिस क्लब जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनल पुग्ने पहिलो टोली बनेको छ । सोमबार मुलपानीमा भएको खेलमा गण्डकी प्रदेश विरुद्ध ६ विकेटको जित दर्ता गरेको पुलिसले लगातार सातौँ जित सहित दुई खेल खेल्नु अगावै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । यसपटक शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्ने समीकरण रहेको छ । हाल पहिलो स्थानमा रहेको पुलिसले अहिलेसम्म खेलेका सबै खेलमा जित हासिल गर्दै १४ अंक जोडेको छ । अब त्रिभुवन आर्मी क्लब बाहेक अरु कुनै टोलीले १४ अंक पुर्याउन सक्ने छैनन् । १२ अंक जोडेका बागमती र मधेशले सबै खेल खेलिसकेका छन् । ७ खेलमा ८ अंक सहेको एपिएफ पनि फाइनल पुग्ने होडबाजीमा छ ।  पुलिसले आज गण्डकी प्रदेशले लिएको १७१ रनको लक्ष्य २४.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । पुलिसका लागि ओपनर दिलिप नाथले ३९ बलमा ६ चौका र ४ छक्का सहित ५७ रनको विष्फोटक इनिङ खेले । यस्तै अर्जुन साउद ४९ बलमा ५ चौका र १ छक्का सहित ४४ रनमा अविजित रहे । अर्कातिर आरिफ शेखले २२ बलमा २७ रन बनाएर नटआउट रहे । ओपनर कुशल भुर्तेल ६ बलमा ४ चौका र १ छक्का सहित २२ रन बनाएर आउट भएका थिए । गण्डकीका लागि सन्दिप पराजुलीले २ विकेट लिए भने कमल परियार र बिपिन खत्रीले समान १÷१ विकेट लिए ।  त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश ३८.३ ओभरमा १७० रनमा समेटियो। गण्डकीका लागि अमृत गुरुङले ३९ बलमा ८ चौका र २ छक्कासहित ५० रनको आक्रामक अर्धशतकिय इनिङ खेले । यस्तै करन पंगेनी र कमल परियारले समान ३०÷३० रन बनाउँदा समिर कंडेलले २९ रन बनाए ।    पुलिसका लागि राशिद खान एक्लैले ६ ओभरमा २५ रन दिँदै ५ विकेट लिए । यस्तै करन केसी र ललित राजबंशीले समान २÷२ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए ।   

पोखरा:   पोखरामा शनिबार राति दम्पत्ती सवार मोटरसाइकल दुर्घटना हुँदा श्रीमतिको मृत्यु भएको छ ।    लेखनाथबाट रुपा गाउँपालिका जाँदै गरेको ग १४ प १५८५ नम्बरको मोटरसाइकल रुपा ६ स्थित घिमिरेथरमा दुर्घटना हुँदा ३० वर्षीय कृष्णमाया न्यौपाने गम्भीर घाइते भएकी थिईन् ।    गम्भीर घाइते भएकी न्यौपानेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।    कास्की प्रहरीका अनुसार मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक (श्रीमान) ३५ वर्षीय बरुण न्यौपाने भने सकुुशल छन् । 

रुकुमपश्चिम:    रुकुमपश्चिममा ड्युटिमा रहेका प्रहरीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बाँफिकोट गाउँपालिका –४ का २८ वर्षीय लक्ष्मण बिक, सोही वडाका २२ वर्षीय जनक खनाल, वडा ५ का २२ वर्षीय कैलाश पुरी र वडा ६ का एक जना १५ वर्षीय बालक रहेका छन् ।  उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट सोमबार बिहान प्रहरी निरीक्षक खड्काको नेतृत्वमा खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । आइतबार बेलुका रुकुमपश्चिमकोे बाँफिकोट –३ स्यार्पुमा प्रहरीमाथि आक्रमण भएको प्रहरीको भनाइ छ । आक्रमणमा परेर ईलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवानद्वय महेन्द्रबहादुर शाही र हिमराज खड्का घाइते भएका छन् ।  आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ । उनीहरुलाई उपचारका लागि आइतबार राति जिल्ला अस्पताल सल्ले ल्याइएको थियो । घाइतेहरुलाई थप उपचारका लागि लुम्बिनी प्रदेश अस्पताल नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । प्रहरीका अनुसार स्थानीय युवाविचमा विवाद भएको थियो । विवादपछि होहल्ला गर्दै हिडेका युवालाई सम्झाइ बुझाइ गर्न खोज्दा केही युवाहरुले उल्टै प्रहरीमाथि आक्रमण गरेका थिए । युवाहरुले प्रहरीमाथि हातपात गर्दै ढुङगा प्रहार गरेर घाइते बनाएको प्रहरीको भनाइ छ ।  प्रहरीमाथि हातपात तथा कुटपिट गर्ने अन्य व्यक्तिहरु फरार रहेको र उनीहरुको पनि खोज तलास भइरहेको प्रहरीको भनाइ छ । 

वीरगञ्ज:   प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसको तयारीका लागि केन्द्रीय समितिको बैठक मधेश प्रदेशको वीरगञ्जमा आइतबारबाट सुरु भएको छ ।    प्रेस सेन्टर नेपालको पर्साको वीरगञ्जमा जारी राष्ट्रिय परिषद् बैठक  वीरगञ्जको नगर सभा गृहमा केन्द्रीय समितिको बैठक सुरु भएको हो ।    आज १४ गते बिहान ९ बजे बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले केन्द्रीय समितिको बैठकमा राख्ने एजेण्डा तय गरी सकेको प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश ईन्चार्ज गोबिन्द देवकोटाले जानकारी दिए ।   आज माघ १४ गते आइतबार दिउँसो २ बजे राष्ट्रिय परिषद बैठक बस्ने कार्यक्रम रहेको  प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति पर्साका अध्यक्ष दिपक गौतमले जानकारी दिए ।   कार्यक्रममा देशभरिबाट ५ सय जना प्रेस सेन्टरका प्रतिनिधिहरुको सहभागिता रहने र कार्यक्रमको अन्तिम दिन माघ १५ गते सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यक्रममा सम्बोधन गर्नु हुने कार्यक्रम छ । 

काठमाडौं: बंगलादेशमा हुने यू–१९ साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमलाई बिदाइ गरिएको छ ।   अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकगविक्रम नेम्बाङसहितले एन्फा कम्लेक्समा भएको कार्यक्रममा खेलाडीको बिदाइ गरेका हुन् ।   उमेर समूह खेलेका खेलाडीको बाहुल्यता रहेको टोलीले उपाधि जित्ते लक्ष्य राखेको छ ।    २ फेब्रुअरीदेखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् ।   राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । नेपालले २ फेब्रुअरीमा घरेलु टोली बंगलादेशसँगको खेलबाट प्रतियोगिता सुरु गर्ने छ ।   ४ फेब्रुअरीमा भुटानसँग खेल्ने नेपालले ६ फेब्रुअरीमा भारतसित खेल्ने छ ।

तनहुँ प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विक रहेका छन् ।   प्रकाशविरुद्ध ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।   सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भिमाद र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।   सो विषयमा थप अनुसन्धान गरिरहेको तनहुँ प्रहरीले जनाएको छ ।  

पोखरा:  नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अधिवेशन सकिएपछि म्याग्दीबाट जिल्ला अधिवेशन थालेको छ ।   म्याग्दीको १० औं जिल्ला अधिवेशनबाट बालकृष्ण सुवेदीको नेतृत्वमा ७५ सदस्यीय कमिटी गठन भएको छ ।    गण्डकीका अध्यक्ष नवराज शर्माका अनुसार आगामी फागुन २५ र २६ गते गोरखामा अधिवेशनको मिति तय भएको छ ।    यस्तै आगामी चैतको २ र ३ गते नवलपुरमा हुनेछ भने ११ र १२ गते कास्कीका गरिने तयारी छ ।    यसैगरी १६ र १७ गते लमजुङ, २२ र ३३ गते स्याङ्जा, २५ र २६ गते पर्वत, २९ र ३० गते बागलुङमा अधिवेशन हुने तालिका छ ।  बाँकी तीन जिल्ला (तनहुँ, मनाङ र मुस्ताङ) को भने मिति तय भएको छैन ।