जबरजस्ती करणी आरोपमा शुक्लागण्डकीका प्रकाश पक्राउ
तनहुँ | माघ १५, २०८०
तनहुँ प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विक रहेका छन् ।
प्रकाशविरुद्ध ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भिमाद र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
सो विषयमा थप अनुसन्धान गरिरहेको तनहुँ प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

