पाेखरा ।    गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले बालेन्द्र शाहको नेतृत्वमा रहेको झण्डै दुई तिहाइ बहुमतको नयाँ सरकारलाई धेरै अवसर रहेको बताएका छन् ।   बुधबा...

काठमाडौं:    एसिया कपको सुपर फोरमा आज पाकिस्तानले श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा कोलोम्बोमा सुरु हुनेछ । यस खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । तर वर्षाको कारण खेल रद्द भएमा श्रीलंका नेटरनरेटको कारण फाइनलमा स्थान बनाउनेछ । सुपर फोर खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराउँदा भारतसँग २ सय २८ रनको लज्जास्पद हार व्यहोरेको थियो । उता श्रीलंकाले बंगलादेशलाई २१ रनले हराउँदा भारतसँग ४१ रनको हार व्यहोरेको थियो । भारत २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ । समान २ अंक भएपनि नेटरनरेटको कारण श्रीलंका दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन् । श्रीलंकाको नेटरनरेट माइनस ०.२०० र पाकिस्तानको माइनस १.८९२छ । पाकिस्तानले पछिल्लो भारतसँगको खेलबाट टोलीमा पाँच परिवर्तन गरेको छ । ओपनर फखार जमान, मध्यक्रमका ब्याटर अघा सलमान, तीव्र गतिका बलर हरिस रौफ, नसिम शाह र फहिम अशरफलाई बेन्चमा राखेको छ । युवा ओपनर मोहम्मद हरिस, मध्यक्रमका ब्याटर साउद सकिल, स्पिन अलराउन्डर मोहम्मद नवाज, तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र जमान खानलाई श्रीलंकाविरुद्ध खेलाउनेछ । रौफ र शाह चोटका कारण टोलीमा नभएका हुन् । अन्य तीन खेलाडी कमजोर प्रदर्शनका कारण टोलीमा नपरेका हुन् । कप्तान बाबर आजम र विकेटकिपर मोहम्मद रिजवानको प्रदर्शन टोलीका लागि निकै महत्वपूर्ण हुनेछ । यी दुई ब्याटरको उच्च प्रदर्शन बिना जित निकाल्न कठिन पर्नसक्छ । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी प्रमुख हतियार हुन् । रौफ र शाह नहुँदा बलिङ आक्रामण कमजोर बन्नसक्छ । उता भारतविरुद्ध ४२ रन बनाउनुको साथै पाँच विकेट लिएका स्पिनर दुनिथ वेलालागे पाकिस्तानलाई घातक बन्नसक्छन् । पाकिस्तानले भारतीय स्पिनर कुलदीप यादवविरुद्ध कमजोर प्रदर्शन गरेका थिए । श्रीलंकाका कप्तान दासुन शानका खराब लयबाट गुज्रिएका छन् । साविक वितेजा श्रींलका शानकाबाट सानदार प्रदर्शन चाहन्छ । ओपनर दिुमथ करुणारत्नेको स्थानमा कुशल परेरालाई मौका दिनसक्छ । कुशल मेन्डिस र सदिरा समाराविक्रमा प्रमुख ब्याटर हुन् । मथिसा पाथिराना र कसुन रजिथा तीव्र गतिका बतियार हुन् । दुवै टोलीलाई चोटले सताएको छ । आफ्ना प्रमुख बलर दुबै टोलीमा छैनन् । श्रीलंकाका दुश्मन्था चामिरा र वानिन्दु हसरंगा चोटका कारण यस प्रतियोगितामै छैनन् ।

हेटौंडामा दुई जना चिकित्सकहरु कुटिएका छन् । हेटौंडा उपमहानगरपालिका-१ स्थित सञ्चो हस्पिटलका चिकित्सकमाथि कुटपिट भएको हो ।   बुधबार हस्पिटलका चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि एचडीयु वार्डमा कुटपिट भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेढाइले जानकारी दिए । एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गु परीक्षण गर्दा पुष्टि भएका हेटौंडा-१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै पदमपोखरीको एक समूहले कुटपिट गरेको हो । सोही विषयलाई लिएर आफन्तहरुले डाक्टरमाथि आमक्रण गरेको प्रजिअ सेढाइले बताए ।   अस्पतालका अनुसार डेङ्गु पुष्टि भएका प्रधान आराम गर्ने भनेर घर गएका थिए भने केही दिनमै फेरि अस्पतालमा भर्ना भएका थिए । दोस्रो पटक डेङ्गु देखिएका प्रधानलाई भरतपुरमा उपचारका लागि लगेकोमा एक दिनपछि मृत्यु भएको थियो ।   कुटपिट हुँदा डाक्टर थापाको नाकमा गम्भीर चोट लागेको सञ्चो अस्पतालले जनाएको छ । डाक्टरहरुलाई हस्पिटलभित्र कुटपिट गरेपछि अन्य डाक्टरहरुलाई ओपीडी सेवा पनि बन्द गरेर आन्दोलन गरेका थिए ।   डाक्टरमाथि कुटपिट हुँदा अन्य बिरामीका कुरुवामाथि समेत हातपात भएको अस्पताल प्रशासनले जनाएको छ ।   कुटपिट गर्नेलाई प्रहरीले अझै पक्राउ गरेको छैन । प्रमुख जिल्ला अधिकारी सेढाइले कुटाइमा परेका डाक्टरहरुलाई प्रहरीमा जाहेरी दिन भने पनि जाहेरी नपरेको कारण पक्राउ नगरिएको बताए ।

धादिङ: राजमार्ग क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङले ट्राफिक सचेतना अभियान थालेको छ । राजमार्ग क्षेत्रमा हुने दुर्घटना कम गर्न विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउन थालिएको हो ।    साना विद्यार्थीले अकालमै ज्यान गुमाउन नपरोस्, कुनै पनि दुर्घटनामा नपरुन् भन्ने उद्देश्यले सैद्धान्तिक र व्यावहारिक ज्ञान सिकाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका गजुरीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले बताउनुभयो । विशेष गरी विद्यार्थीलाई दैनिक जीवनमा काम लाग्ने कुराहरु सिकाइएको उहाँ बताउनुहुन्छ ।   राजमार्ग क्षेत्रमा हुने दुर्घटना जोखिमको समूहभित्र विद्यार्थी पनि पर्छन् । विगतको तथ्याङ्क हेर्दा पनि सडक पार गर्नेबेला ध्यान नपुगेकै कारण पनि सानासाना विद्यार्थीले ज्यान गुमाउनु परेको देखिन्छु, प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो, सडक कसरी पार गर्ने, कुन साइडबाट हिँड्ने, राजमार्गको सडक पार गर्दा के(के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा सडकमै उभिएर सैद्धान्तिक र व्यावहारिक रुपमा ज्ञान दिइएको हो ।   विद्यालय जाने र विद्यालयबाट फर्किने समयमा जेब्राक्रसिङमै केहीबेर विद्यार्थी रोकेर ट्राफिक नियम पालनासँगै सडक पार गर्दा ध्यान दिनुपर्ने कुरा सिकाउने गरिएको छ । अभियानकै रुपमा थालिएको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत अहिले गजुरी बजार आसपासका विद्यार्थीलाई सिकाइएको छ । अघिल्लो वर्ष पनि गजुरी बजारमै एक जना विद्यार्थीले सडक पार गर्ने क्रममा ज्यान गुमाउनु परेको कुरालाई समेत ध्यानमा राखेर कार्यक्रम शुरु गरिएको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।   ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा हरेक वर्ष गजुरी, गल्छी, मलेखुलगायतका क्षेत्रमा मानवीय क्षति हुने गरेको छ । ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, गाडीको प्रयोग गर्ने तरिका र सडक पार गर्दा दायाँबायाँ ध्यान दिनुपर्ने कुराको विषयमा विद्यार्थीलाई जानकारी तथा सचेत गराइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।   बजार क्षेत्रमा मनलाग्दी ढङ्गबाट सडक पार गर्दा दुर्घटनाको जोखिम बढेको छ । यातायात व्यवस्था ऐन, २०४९ का बारेमा जानकारी गराउनुका साथै सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी विद्यार्थीलाई गराइएको छ ।   चाडपर्व नजिकिएसँगै राजमार्गमा गाडीको चाप अत्यधिक बढ्ने र दुर्घटनाको जोखिम कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले धादिङमा हरेक दिन ठाउँठाउँमा भिन्नाभिन्नै कार्यक्रम गर्दै आएको छ ।

काठमाण्डौ:  उदयपुरको चौदण्डीगढी नगरपालिका–९ मा पर्ने मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको ज्यान गएको छ ।    हिजो दिउँसो  ना ४ ख ६१८३ नम्बरको ट्रकले ठक्कर दिँदा बेलका नगरपालिका–२ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको ज्यान गएको हो ।    प्रहरी कार्यालयको प्रत्येक महिनामा हुने नियमित छलफलमा भाग लिइ प्रहरीचौकी भागलपुरतर्फ फर्कँदै गर्दा उहाँलाई ट्रकले ठक्कर दिएको हो ।    ट्रकको ठक्करबाट गम्भीर घाइते बस्नेतलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगे पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।    ट्रक चालक विशाल परियार र ट्रकलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरेको छ । 

 डडेल्धुरा:   डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।   भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो ।    दुर्घटनामा मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको प्रहरी निरीक्षक नायकले जानकारी दिए।   जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवम प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार रहेकामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।   अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन।  

काठमाडौं:  सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ ।   एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिनेछ ।   नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ ।   उनको अन्त्येष्टिअघि शवयात्रा हुनेछ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।   नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको  थियो ।

काठमाडौं:    प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।     पितृसम्मान दिवस यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्छ । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि मेला लाग्छ ।   ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बुबा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजीकाय नामक धर्मग्रन्थमा उल्लेख छ । आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।    प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत हजारौँ भक्तजन पितृतृप्तीको कामनाले आउने गरेको पुजारी जगदीशचन्द्र भट्टले बताउनुभयो ।

पोखरा:   नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री एवम् पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले सबै जातिको पहिचानलाई सम्मान गर्ने बताएका छन् ।  नेपाली कांग्रेस पोखरा महानगरपालिकाको दोस्रो महानगर सम्मेलनको उद्घाटनपछि बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।  ‘नेपाली समाज बहुजातिय, बहुभाषिक, धार्मिक र सांस्कृतिक रुपमा विविधता छ, यसभित्र सबैको आ–आफ्नो पहिचान छ, सबैलाई कांग्रेसले सम्मान गर्दै आएको छ’, महामन्त्री थापाले भने, ‘नेपाली समाजमा रहेका सबै जातजातिको संस्कृति र पहिचान छ,सबैको पहिचानलाई सम्मान गर्नुपर्छ ।’ महामन्त्री थापाले महिलालाई सम्मान नगर्ने र छुवाछुत गर्ने धार्मिक हुन नसक्ने बताए ।‘मैले मान्ने भगवानले विभेद र छुवाछुत गर्दैन, त्यो सबै मानवनिर्मित हुन्’, उनले भने, ‘धर्मको सबैभन्दा ठुलो पक्ष दया,माया, करुणा र सत्भाव हो, कोही मान्छै धार्मिक हुन्छ भने त्यसमा दया, माया, करुणा र सत्भाव हुन पर्छ ।’ उनले पोखरा महानगरपालिकामा मेयर गठबन्धनबाट विजयी भएकाले राम्रो काम गरे साथ दिने नभए साथ छोड्न समेत सक्ने बताए ।  ‘२०७९ को स्थानीय निर्वाचनमा पोखरा महानगरको मेयरमा गठबन्धनका मेयर निर्वाचित हुनभयो, पोखरामा बढी वडाध्यक्ष कांग्रेसले जित्यो’, उनले भने, ‘पोखराका मेयरले राम्रो काम गर्छन् साथ दिने हो, नभए गठबन्धनको भारी बोक्न आवश्यकता छैन ।’ उनले फरक प्रसङ्गमा नेपाली कांग्रेसले २०८२ सालभित्र नै महाधिवेशन गर्ने प्रतिवद्धता समेत जनाए ।‘नेपाली कांग्रेसमा अहिले क्रियाशिल सदस्यता करिव ८ लाख, अधिवेशन पूर्व थप क्रियाशिलताको आवेदन खुलाउछौं’, उनले भने, ‘२०८१ सालभर क्रियाशिल सदस्यता थप नविकरण हुन्छ, ०८३ सालमा क्रियाशिल सदस्यता नविकरण र सदस्यता थप गर्दनौ ।’ २०८४ को निर्वाचनका लागि उम्मेदवार बन्न काठमाडौंको ढोका नभएर जनताको सेवामा अहिले नै लाग्न समेत महामन्त्री थापाले उद्घोष गरे । ‘०८२ सालमा नै महाधिवेशन गछौ, ०८३ मा वडा तहबाट नै सम्मेलन गछौं, सम्मेलनबाट जो–जसको नाम आउँछ त्यही नै उम्मेदवार बन्न पाउँछ’, उनले भने, ‘जनताको सेवा गर्नेलाई उम्मेदवार बनाउने हो, नेताको ढोका चाहार्नेलाई होइन ।’ उनले प्रजातन्त्र नै धरापमा परेकाले अब गठबन्धनको माध्यमबाट चुनावी प्रक्रियामा नजाने समेत दाबी गरे । ‘गठबन्धनले प्रजातन्त्र धरापमा परेको छ, प्रदेशदेखि केन्द्रमा भागबन्दाको समस्या देखियो’, थापाले भने, ‘प्रजातन्त्रमा कसैले प्रश्न उठाइरहेकाले अब गठबन्धनबाट चुनाव लड्दैनौ ।’  

६० किलो सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६ जना प्रतिवादीलाई मुद्दा नचलाउन राय दिएको छ।   बुधबार सिआइबीले काठमाडौं सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो। जसमा ६ जनालाई मुद्दा नचलाउन सिफारिस भएको सिआइबी स्रोतले जानकारी दियो। भन्सार एजेन्ट रूक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, कार्गोका राजन श्रेष्ठ, गोदाम खोजिदिएको आरोप लागेका नरेश भन्ने सुरेन्द्र तामाङ, भन्सार कार्यालयका कर्मचारी श्रीधर टण्डन र कमल परियारमाथि मुद्दा नचलाउन सिआइबीले राय दिएको हो।    रूक्मिना सुब्बालाई राजश्व अनुसन्धान विभागले नै हाजिर जमानीमा छाडेको थियो। यस प्रकरणमा उनीहरूको प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै सिआइबीले मुद्दा नचलाउने सिफारिस गरेको हो। केही दिनमा सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।   सिआइबीले यस प्रकरणमा ३२ जनालाई पक्राउ गरेको छ। जसमा १८ जना फरार प्रतिवादी कायम गरी अनुसन्धान प्रतिवेदन बुझाएको हो। फरार रहेका उनीहरूविरूद्ध इन्टरपोलको ुपर्पल नोटिसु समेत जारी भएको एसपी सञ्जयसिंह थापाले जानकारी दिए। विदेशमा भएकाहरूको विरूद्ध पर्पल नोटिसु जारी भएको हो। यो नोटिस जारी भएपछि उनीहरूबारे केही जानकारी दिन प्रहरीले भनेको छ।   फरार रहेका १८ मध्ये १४ जना विदेशी नागरिक छन्। उनीहरूको परिचय भने खुलाएको छैन। पक्राउ पर्नेहरूमा ८ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरू छन्। चार जना भन्सार एजेन्ट, तीन कार्गो एजेन्ट, एक ट्याक्सी चालक, एक भाषा अनुवादक, दुई कम्पनी खोल्ने, दुई कम्पनी खडा गर्ने र सुनको कारोबारमा प्रत्यक्ष रूपमा संलग्न ११ जना गरी ३२ जना छन्।  उनीहरूमध्ये पाँच जना विदेशी नागरिकले झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय काठमाडौं र काभ्रेबाट नेपाली नागरिकता र राहदानी लिएको समेत पुष्टि भएको छ। यस प्रकरणमा सात वटा कसुरको मुद्दा चल्ने सिआइबीको राय छ।    प्रहरीले भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ र मुलुकी अपराध संहिता २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा चलाउन सिफारिस गरेको हो।    नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६ र अध्यागमन ऐन २०४९ अनुसार भने अनुसन्धान गर्न सम्बन्धित निकायलाई सिफारिस गरिने सिआइबीले जनाएको छ। साउन २ गते साँझ हङकङबाट क्याथेप्यासिफिक एयरलाइन्सबाट ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।   दिलिप भुजेलको नाममा रहेको रेडी ट्रेड प्रालिले उक्त ब्रेक शु मगाएको थियो। ब्रेक शुभित्र सुन राखिएको भन्ने सूराक पाएपछि खटिएको राजश्वको टोलीले सुन बरामद गरेको थियो। ब्रेक शुबाट सुन निकालेर जोख्दा ६० किलो ७१६ ग्राम थियो। त्यसैगरी यही प्रालिले बरामद नगरिएका ३०२ किलो सुन पनि तस्करी गरेको सिआइबीको अनुमान छ।    त्यसकै आधारमा सिआइबीले कुल ३६२।७७८ किलोग्राम सुनको ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो मागदाबी गरेको हो। ‘यो कम्पनीले यसरी नै ब्रेक शुमा राखेर पहिले पनि थुप्रै ल्याएको देखिन्छ। एउटा ब्रेकशुमा ठ्याक्कै एउटै मात्राको सुन अट्छ। त्यसैले हामीले ३०२ किलो सुन पहिले ल्याइसकेको अनुमान गर्न सकेका हौं,’ अनुसन्धानमा खटिएका एक अधिकृतले भने।     यसरी नै अनुसन्धान गर्न उनीहरूले रेडी ट्रेडसहित सात वटा कम्पनी खोलेको देखिन्छ। ती कम्पनीबाट कति मात्राको सुन ल्याएको हो भन्ने अनुसन्धान जारी नै रहेको एसपी सञ्जयसिंह थापाले बताए। सुरूमा राजश्वले अनुसन्धान गरे पनि पछि अन्तरदेशीय अपराध भएको कारणले यसमा विशेषज्ञ टोलीको आवश्यक देखिएपछि सिआइबीलाई जिम्मा लगाइएको थियो।    सिआइबीले साउन २२ गतेयता ३५ दिनसम्म अनुसन्धान गरेको हो। सुरूमा सिआइबीले एसपी सञ्जयसिंह थापा नेतृत्वको टोलीले अनुसन्धान अघि बढाएको थियो। पछि एआइजी किरण बज्राचार्यकै नेतृत्वमा ४२ जनाको टोलीले अनुसन्धान गरेको हो।​सिआइबीले विशेषगरी प्राविधिक टोली, अनुसन्धान टोली, अपरेसनल टोली, अभिलेखीकरण गर्ने टोली र इन्टरपोलका एसपी नेतृत्वको छुट्टाछुट्टै टोली बनाएर अनुसन्धान गरेको हो।    अनुसन्धानको लागि सिआइबीले एसएसपी दिनेश आचार्यलाई हङकङ र डिएसपी धर्मराज भण्डारीको टोलीलाई भारतमा पठाएको थियो।