पोखरा:  पोखरामा आफ्नै नवजात शिशुको हत्या आरोप बुवा पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्कीले नवजात शिशुको हत्या गरेको आरोपमा नुवाकोट बेलकोटगढी नगरपालिका–५ स्थायी घर भई पोखरा ना...

पोखरा:    बगर भाइ खलकको अध्यक्षमा इश्वरमान गुरुङ सर्वसम्मत चयन भएका छन् । बगर भाइ खलकको सातौं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले इश्वरमानको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।  शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा यामबहादुर गुरुङ, महासचिवमा मनकाजी गुरुङ, सचिवमा गणेश सेन्चुरी, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा ओमकार गिरी निर्विरोध निर्वाचित भएका हुन । यस्तै कार्य समिति सदस्यमा विजया गुरुङ, सन्तोष गुरुङ (धन), इश्वर गुरुङ (चन्द्र), क्याप्टेन जुमकाजी गुरुङ, राजकुमार गुरुङ, राजेश गुरुङ (राजु), अमित गुरुङ (जोन), भिष्म गुरुङ विशाल र देवी प्रसाद गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।  निर्वाचन अधिकृत नेपाल भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट तथा सदस्यद्धय महेश गुरुङ र दिनेश कुमार श्रेष्ठले शनिबारनै सपथ ग्रहण गराए ।  निर्वाचित हुँदै अध्यक्ष इश्वरमानले संस्थालाई एकृकित गरि आर्थिक रुपमा सबल बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थाको हितका लागि च्यारिटी डिनर, फुटबल प्रतियोगितालाई निरन्तरता दिदैँ पोखरामा विभिन्न संघ संस्था तथा क्लबहरुले गर्ने खेलकुद गतिविधिमा समेत सहयोग गर्ने सुनाए ।  त्यसअघि भएको उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिका १ का वडा अध्यक्ष साहारा प्रधानले बगर भाइखलक खेलकुदको पर्यावाची रहेको बताए ।  खेलकुदको क्षेत्रमा उल्लेखनीय योगदान दिदैँ आएको संस्थाको नयाँ कार्यसमितिलाई नयाँ कामहरु गर्न अनुरोध गरे  । कार्यक्रमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा संस्थाका सल्लाहकार तेज गुरुङले बगर भाइखलक विशुद्ध सामाजिक संस्था भएको बताए ।  उनले संस्थाको जन्म नै सामाजिक कार्य गर्नका लागि भएको र सबै एक भएर यसमा लाग्नुपर्नेमा जोड दिए । यस्तै खड्ग रानाभाटले बगर भाइखलकले टुडिखेलको खेल मैदान संरक्षणमा अघि बढिरहँदा त्यहाँ अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउनुपर्नेमा जोड दिए ।  भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङले संस्थाई अब नयाँ नेतृत्वको आवश्यक परेको र सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । सामान्य रुपमा स्थापित संस्था अहिले उत्कृष्ट हुँदै गएको र यसले आम खेलकुदसंग आबद्ध व्यक्तिहरुलाई बुढेसकालमा समेत स्वस्थ रहनका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।  संस्थाले हाल ग्रासरुट फुटबल एकेडेमी सञ्चालन गर्दै आइरहेको छ । त्यो बाहेक भेट्रान खेलाडीहरुलाई एकतृत गर्नका लागि भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।  

काठमाडौं:    सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपिएल० मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ ।  प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । यसअघि सुदूरपश्चिमले विराटनगर किङ्ग्स, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।      कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा चितवन राइनोजले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउदै एक सय ३१ रनमा समेटियो ।       सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जाडे । उनले १९ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै सेफ जेबले ११ बलमा १८ रन जोडे भने विनोद भण्डारीले १०, दिलप्रित बाज्वाले १२ तथा नरेन साउदले १० रन बनाए ।      चितवनका लागि कप्तान कुशल मल्ल, जान निकोल लफ्टी इटन र अमरसिंह राउटेलाले समान दुई विकेट लिए भने रिजन ढकाल र रञ्जित कुमालले समान एक विकेट लिए ।      त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रनको योगफल तयार गरेको थियो ।  चितवनका लागि ओपनर हसन इसाखिलले ५२ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै ६५ रन बनाए । त्यसैगरी रवि बोपारा १८ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३६ रन बनाए भने कप्तान कुशल मल्लले १६ बलमा १३ रन जोडे । विपीन रावलले १७ रन बनाए ।      सुदूरपश्चिमका लागि स्कट कुगेलेनले दुई विकेट लिए भने सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान एक विकेट लिए ।      यससँगै चितवनले आफ्नो चौथो खेलमा तेस्रो जित हात पारेको हो । सुरुवाती दुई खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो । काठमाडौँ र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग भने पराजित भएको थियो । 

पोखरा:  पोखरामा यही मंसिर २५ देखि २९ गतेसम्म गण्डकी प्रदेशस्तरीय अन्तरपालिकास्तरीय ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ ।   कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंगशाला रहेको बास्केटबल कोर्टमा  ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुन लागेको हो ।  अन्नपूर्ण गाउँपालिका बास्केटबल संघले आज पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।  अन्नपूर्ण गाउँपालिका बास्केटबल संघका अध्यक्ष कृपाश्वर गुरुङले मंगलबारदेखि हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाका पालिकाबाट सहभागिता हुन पाउने बताए ।  ‘कृषि, पर्यटन र पूर्वाधार अन्नपूर्ण समृद्धिको आधार भन्ने नारालाई आत्मसाथ गर्दै खेलकुदको माध्यमबाट समेत गाउँपालिकालाई अगाडि बढाएका छौं, अध्यक्ष गुरुङले ‘युवाहरुलाई एकजुट बनाएर अगाडि बढाउन मंसिर २५ देखि २९गतेसम्म गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप बास्केटबल प्रतियोगिता आयोजना गरेका छौं, प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै पालिकाबाट सहभागिता हुने विश्वास लिएका छौं ।’ लिक कम नकआउटको आधारमा सञ्चालन हुने  गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १लाख १५ हजार १ सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई १२ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।  यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रापत गर्नेछन् । महिलातर्फ एक टिमलाई २ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको छ ।   विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५र१५ सय पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ ।  गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष बास्केटबल प्रतियोगिता ५×५ हुनेछ भने महिलातर्फ ३×३ हुनेछ ।

झापा:     प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमूना भएको बताउनुभएको छ ।  भव्य जनसहभागितामा एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।       विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उहाँले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गर्नुभयो ।      उहाँले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरुलाई तथ्यहिन आरोप लगाए जस्तो नहुने उल्लेख गर्नुभयो ।

गण्डकी:    सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहनुुभएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । म्याद थपका लागि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएकोमा न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन म्याद थप्ने अनुमति दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुुभयो । गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याइनुभएका लामिछाने त्यस यता प्रहरी हिरासतमा हुनुहुन्छ ।  उहाँलाई त्यसपछि उहाँलाई अनुसन्धानकै क्रममा रुपन्देही, काठमाडौँ र चितवन समेत लगेर बयान लिइएको थियो । 

झापा:   प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यले आज मेचीनगर नगरपालिका–४ आमडाँगीमा निर्माण गरिएको मानवसेवा आश्रम शाखा कार्यालयको उद्घाटन तथा बृहत् गुरुयोजनाको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यले एक समारोहकाबीच दुई बिघा पाँच कट्ठा जमिनमा निर्माण गरिएको भवनको उद्घाटन र नयाँ बन्ने भवनको शिलान्यास गर्नुभएको हो । प्रथम महिला शाक्य सो आश्रमको संरक्षक हुनुहुन्छ । आश्रमको १९औँ जिल्ला शाखाका रुपमा उद्घाटन तथा शिलान्यास भएको आमडाँगीस्थित सो जग्गा मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका स्थानीय रामबहादुर प्रधानले निःशुल्क रुपमा प्रदान गर्नुभएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।  उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले मानव सेवा आश्रमबाट भएका गतिविधि र भावी कार्यक्रमको प्रशंसा गर्दै आफूले प्राप्त गर्ने एक महिनाको पारिश्रमिक आश्रमलाई दिने घोषणा गर्नुभयो । यसैगरी नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक समेत रहनुभएकी प्रथम महिला एवं आश्रमका संरक्षक शाक्यले निवृत्तीभरण (पेन्सन) बापत पाउने दुई महिनाको सुविधा आश्रम भवन निर्माणका लागि दिने बताउनुभयो ।         सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्रनिर्माण गर्ने परिकल्पनासहित सुरु भएको मानवसेवा आश्रममा हाल ४८ जना सहयोगापेक्षी सडक आश्रित मानव रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।     गत साउन महिनादेखि अनौपचारिक रुपमा सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरी संस्थाले आश्रय दिँदै आएको छ । मेचीनगर नगपालिकाको रु २५ लाख र संस्थाको करिब रु एक करोडको लगानीमा तीन वटा भवन र शौचालय निर्माण गरेर सञ्चालनमा ल्याइएको आश्रमले स्पष्ट गरेको छ । अध्यक्ष अधिकारीका अनुसार सो आश्रममा उद्धार गरी ल्याइएका ४८ मध्ये अहिले ३३ पुरुष र १० जना महिला रहेका छन् । आश्रममा उद्धार गरेर ल्याइएकामध्ये २ पुरुष र १ महिलाको परिवारमा पुनःमिलन गराइएको छ भने ३ पुरुष र १ महिलाको निधन भएको छ ।  आश्रमले १ सय ५० जना अट्ने भवन विस्तार र साधना हल बनाउने लक्ष्यसहित गुरुयोजना निर्माण गरेको अध्यक्ष अधिकारीले बताउनुभयो । विसं २०६९ मा हेटौँडामा औपचारिक रूपमा मानव सेवा आश्रमको कार्यालय स्थापना गरी आश्रमले मानवताको प्रवद्र्धनको अभियान निरन्तर चलाउँदै आइरहेको छ ।  अध्यक्ष अधिकारीले भन्नुभयो, “देशभर खुला आकाशमुनि रात बिताउन विवश बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मानवको मानवोचित व्यवस्थापन गर्दै २०८२ सालभित्र देशभर कोही पनि मानिस भोकै र नाङ्गै रहन नपर्ने अवस्था निर्माणका पक्षमा आश्रम जुटेको छ, सक्दो सहयोगका लागि सबैसँग अनुरोध गर्दछौँ ।” आश्रमले हालसम्म स्वयं आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिनेसमेत कोही नभएका सहयोगापेक्षी बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा अतिकमजोर र अनाथ मानिसको खोजविन तथा पहिचान गरी १० हजार आठ सय २७ जनाको उद्धार गरेको जनाएको छ ।  जसमध्ये ५ हजारभन्दा बढीको सामुदायिक तथा पारिवारिक पुनर्मिलन र पुनःस्थापना गराइसकेको आश्रमले स्पष्ट गरेको छ । सो आश्रमको मुलुकभर २५ वटा सेवाकेन्द्र रहेको बताइएको छ । 

बाजुरा:    जिल्ला सदरमुकाम मार्तडीमा आज दिउँसो स्कारपियो दुर्घटना हुँदा १ जनाको घटनास्थलमा र १ जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा मार्तडी कोल्टी सडक खण्डमा पर्ने अपी होटल नजिकै सुपप्र ०१ ००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।       घटनास्थलमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया गायत्री पन्तको र उपचारका क्रममा सोही जिल्ला भीमदत्त–१८ की  राधिका भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । दुर्घटनामा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका कार्यालय सहयोग गौमुल गाउँपालिका–४ बस्ने २५ वर्षीय रमेश धामी, कञ्चनपुरको कृष्णपुर–५ गुलरियाका मोहनदेव भट्ट र भीमदत्त–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त घाइते भएका उहाँले बताउनुभयो ।   उहाँले दिएको जानकारीअनुसार घटनामा परेर मृत्यु भएकाको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ ।  घटनामा परी घाइते भएका तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको भन्दै प्रनाउ गिरीले उहाँहरूको हेलिकप्टरमार्फत थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजाने पहल भइरहेको जानकारी दिनुभयो ।  जिप दुर्घटना हुँदा ७ जना घाइते  जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा आज जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । सोही गाउँपालिका–६ स्थित धिम गाउँमा जिप दुर्घटना भएको हो ।  धिममा एभरेष्ट इन्टरनेटको नेट जडानका लागि १३ जना सवार रहेको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा ७ जना घाइते भएक जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।     घाइते सबैको उद्धार गरी कोल्टी अस्पतालमा उपचारका लागि पठाइएको छ । गाडी अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

स्याङ्जा:    यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि रु ५ करोडसम्म सुन्तालको कारोबार गदै आउनुभएको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उहाँले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आउनुभएको हो । अर्यालले आफ्नै बगैँचामा उत्पादन गर्नुभएको सुन्तला र अन्य किसानबाट खरिद गरेर ल्याएको सुन्तला बिक्रीबाट यसवर्ष पनि रु पाँच करोडभन्दा बढी कारोबार हुने अनुमान गरिएको बताउनुभयो । उत्पादन बढी हुँदा र बजार मूल्य राम्रो भएको अवस्थामा वार्षिक रु ५ करोडसम्मको करोबार हुने उहाँले जानकारी दिनुभयो । “आफ्नै फार्ममा उत्पादन भएको सुन्तला र अरु किसानबाट खरिद गरी बिक्री गर्दै आइरहेको छु”, अर्यालले भन्नुभयो, “सुन्तला खरिद बिक्रीबाट यसवर्ष रु पाँच करोडको कारोबार हुने अनुमान छ ।”  गतवर्ष रु ४ करोड बराबारको कारोबार भएको भन्दै यसवर्ष उत्पादनमा वृद्धि हुनुका साथै बजार मूल्य राम्रो भएकाले कारोबार बढ्ने दाबी गर्नुभयो ।सुन्तला बिक्रीबाट जिल्लामा सबैभन्दा बढी आम्दानी गर्ने व्यवसायीका रूपमा अर्याल परिचित हुनुहुन्छ ।  उहाँले ८० रोपनी क्षेत्रफलमा २ हजार २ सय सुन्तलाका बिरुवा लगाउनुभएको छ ।व्यवसायी अर्यालले प्रचलित बजार मूल्यमा स्थानीय किसानसँग सुन्तला खरिद गरेर बजारीकरण गर्दै आउनुभएको छ ।  “प्रचलित बजार मूल्य अनुसार किसानसँग खरिद गर्दै आएको छु”, उहाँले भन्नुभयो, “आँफूले उत्पादन गरेको सुन्तला र अन्य किसानबाट खरिद गरेको सुन्तला काठमाडौँ, पोखरा, नारायणगढ, काँकडभित्ता, भारतको सिलगुडीलगायत बजारसम्म पुग्ने गर्दछ ।” सुन्तलाको याममा अर्यालले सञ्चालन गर्दै आउनुभएको फार्ममा ४० देखि ६० जनाले प्रत्यक्ष रोजगारी पाउने गरेका छन् । सुन्तला टिप्ने, ग्रेडिङ गर्ने, ढुवानी गर्ने, बजारीकरण गर्नेलगायत काममा स्थानीयले रोजगारी पाएका उहाँले बताउनुभयो ।  गत वर्ष कामदारलाई रु १७ लाख पारिश्रमिक भुक्तान गरेको उहाँले जानकारी दिनुभयो ।यहाँ उत्पादित सुन्तलाको बजारीकरणका लागि फार्ममार्फत अर्यालले गत वर्षदेखि भाटभटेनी सुपर मार्केटसँग सम्झौता गर्नुभएको छ ।  नेपालमा पहिलो पटक सुन्तलाको ‘ग्रेडिङ’ गर्न उपकरण जडान गरिएको उहाँको भनाइ छ । उक्त उपकरणबाट विभिन्न आठ आकारका सुन्तला ग्रेडिङ हुने बताउँदै ग्रेडिङका आधारमा सुन्तलाको मूल्य निर्धारण गरी बजार पठाउने उहाँले जानकारी दिनुभयो ।

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी ९एमाले० स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले मर्यादित महिनावारीको विषयलाई तीनै तहका सरकारले अभियानका रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।  छैटौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा राधा पौडेल फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक समानताका लागि यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र मर्यादित महिनावारी नीति संवादमा पूर्वमन्त्री गुरुङले महिलामाथि हुने सबै प्रकारको विभेदको अन्त्य गर्नुपर्ने र महिनावारीलाई मर्यादित बनाउनुपर्नेमा जोड दिनुभएको हो ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुँदा उहाँले मर्यादित महिनावारी निर्देशिका बनाउनका लागि मस्यौदा तयार गर्नुका साथै मर्यादित महिनावारीको देश बनाउन अभियान नै सञ्चालन गर्नुभएको थियो । “महिलामाथि कुनै पनि प्रकारको विभेद हुुनु हँुदैन, बालविवाह रोकिनुपर्छ, महिनावारीका नाममा हुने हिंसा रोकिनुपर्छ”, उहाँले भन्नुभयो, “तीनै तहका सरकारले महिनावारीका नाममा कुनै पनि प्रकारणको विभेद हुन हुँदैन भनेर अभियान नै सञ्चालन गर्नुपर्छ ।” पूर्वमन्त्री गुरुङ विभेदरहित मुलुक बनाउनका लागि सरकार, राजनीतिक र सामाजिक सङ्घसंस्था सबैले ध्यान दिनुपर्ने र मानिसको चेतनस्तरमा परिवर्तन ल्याउन सबैल पहल गर्नुपर्नेमा जोड दिनुभयो । २१औँ शताब्दीमा आएर यस्ता खालका विभेदलाई जरैदेखि उखेलेर निर्मूल गर्नुपर्ने उहाँको भनाइ थियो । राष्ट्रियसभाअन्तर्गत विधायन समितिका सभापति तुलसाकुमारी दाहालले मर्यादित महिनावारीको विषयलाई कानुन बनाएर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।  सभापति दाहालले २०७४ सालमा बनेको मर्यादित महिनावारी निर्देशिकाको मस्यौदाबारेमा आफूले थप जानकारी लिने र कानुन बनाउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  उहाँले प्राकृतिक रुपमा हुने महिनावारीलाई कुनै पाप, धर्म, जात वा भूगोल कुनैमा पनि हिसाबले विभेद गर्न नहुनेमा जोड दिनुभयो । राधा पौडेल फाउन्डेसनका संस्थापक अध्यक्ष डा राधा पौडेलले विश्वभरि नै महिनावारीका नाममा महिलाले कुनै न कुनै प्रकारको विभेद सहनुपरेको उल्लेख गर्दै विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । महिनावारीका नाममा कुनै पनि प्रकारण विभेद गर्न नहुने उहाँको भनाइ थियो । कार्यक्रममा डा राधा पौडेलको शब्द र समीक्षा अधिकारीको स्वरमा ‘मेरो शरीर मेरो अधिकार हुन्छ, अनुमतिबिना छुन खबरदारी छ’ बोलको गीतको सार्वजनिक गरिएको थियो । त्यस्तै, ‘सृष्टिको रगतको गाथा–२’ को सार्वजनिक गरिएको थियो । आज डिसेम्बर ८ विश्वभरि नै अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदैछ ।