पाेखरा ।  पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।   प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मे...

पोखरा:   प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैटौँ अधिवेशन यही पुस २७ गते पोखरामा हुनु भएको छ ।   प्रेस सेन्टर कास्कीको आज बसेको कार्यसमिति बैठकले अधिवेशन मिति तोकेको हो ।   जिल्ला अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा बसेको बैठकले आसन्न अधिवेशन भव्य रुपमा सम्पन्न गर्ने गरी विभिन्न उपसमितिहरु समेत गठन गरी जिम्मेवारीसमेत तय गरेको छ ।   प्रेस सेन्टरको केन्द्रीय महाधिवेशन स्थापना दिवसका अवसरमा माघ १५ गते हुँदैछ ।   त्यसअघि शाखा, जिल्ला र प्रदेश अधिवेशनहरु सम्पन्न हुने बताइएको छ ।   कास्कीको अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष दवाडीको संयोजकत्वमा कार्यसमितिका पदाधिकारी र सदस्यहरु रहेको मूल व्यवस्थापन समिति गठन गरिएको छ ।     यसैगरी उपाध्यक्ष दीननाथ बरालको संयोजकत्वमा सदस्यता नविकरण तथा अभिलेखिकरण उप समिति गठन गरिएको छ ।   यस उपसमितिमा सहसचिव सुरेशराज अधिकारी र कविता घर्तिमगर सदस्य रहनुभएको छ । उपाध्यक्ष शोभा बरालको संयोजकत्वमा सदस्यहरु सबिना राना र  सन्तोष परियार रहेको अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।   सचिव पुष्प दाहालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । यस उपसमितिको सदस्यहरुमा बलराम तिमिल्सिना र अर्जुन हिताङ रहेका छन् ।   कोषाध्यक्ष श्रीभद्र पौडेलको संयोजकत्वमा आर्थिक ब्यवस्थापन उपसमिति, संगठन गरिएको सो समितिमा रहेका छन् ।   आर्थिक उपसमितिमा शिवराज बस्ताकोटी, सरोज अधिकारी, रवि दाहाल र खगेन्द्र अर्याल सदस्य रहेका छन् ।   यसैगरी केन्द्रीय सचिव माधव पनेरुको संयोेजकत्वमा अधिवेशन निर्देशक उपसमिति गठन गरिएको छ ।   निर्देशक उपसमितिमा राजेन्द्र अधिकारी, अमृतराज उपाध्याय र विभु भुसाल सदस्य रहेका छन् ।   केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज सन्देश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यहरु दीपक परियार, राधिका कँडेल, रामप्रसाद तिमिल्सिना र  सञ्जय मल्ल, प्रदेशका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे, सचिव विनुकुमारी थापा र कोषाध्यक्ष विश्वराज सुवेदी रहेको अनुगमन समिति गठन गरिएको छ ।   बैठकले अधिवेशन सम्पन्न गर्नका लागि अग्रज पत्रकार विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गोमा घिमिरे र अधिवक्ता गोविन्द पौडेल रहेको तीन सदस्सीय निर्वाचन समिति गठन गरिएको छ ।   बैठकका अवसरमा नेपाल पत्रकार महासंघको निर्वाचनमा कास्की जिल्ला कार्यसमितिमा निर्वाचिन पुष्प दाहाल र कविता घर्तिमगर, प्रदेश परिषद्मा निर्वाचित घनश्याम पाण्डे र शिवराज बस्ताकोटी तथा केन्द्रीय परिषद् सदस्यमा निर्वाचित दीननाथ बराललाई बधाई ज्ञापन गरिएको थियो ।   सो बैठकमा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज रामजी प्रसाद बरालले प्रेस सेन्टर नेपालले जनताका मुद्धा र जनताका समस्याहरु सञ्चार माध्यममा उठाउनुपर्नेमा जोड दिए ।   सो अवसरमा अग्रज पत्रकार कोमलनाथ बराल, विश्वप्रकाश शर्मा, प्रेस स्वतन्त्रता सेनानी पदम रेग्मी, माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा विक, प्रेस सेन्टरका केन्द्रीय सचिव माधव पनेरु, प्रदेशका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे लगायतले भनाई राखेका थिए ।

काठमाडौं:   सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।   सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना निकालेर सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको बुधबारको निर्णयअनुसार जारी ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ ।   सूचनामा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ (१) अनुसार १२ कम्पनीहरूलाई कालोसूचीमा राखिएको उल्लेख गरिएको छ।   सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताले एकदेखि तीन वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने सूचनामा उल्लेख गरेको छ ।   कार्यालयले केही कम्पनी तथा आपूर्तिकर्तालाई तीन वर्ष, केहीलाई एक वर्ष तथा केहीलाई छ महिनाका निम्ति कालोसूचीमा राखेको जनाइएको छ ।   पाँचथरको फिदिमस्थित यातायात पूर्वाधार निर्देशनालय, नेपाल टेलिकम केन्द्रीय कार्यालय, रुकुम पश्चिमको चौरजहारीस्थित सडक विभाग, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, नेपाल वन निगम लिमिटेडलगायत १२ सार्वजनिक निकायले उक्त कार्यालयलाई कालोसूचीमा राख्न पत्राचार गरेका सूचनामा जनाइएको छ ।

म्याग्दी:  अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ बेँसीमा रु. १ करोडभन्दा बढीको लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको छ।   ब्रिटिस गोर्खा वेयलफेयर आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा रु १  करोड ८ लाख ३१ हजार सात सय ५६ को लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको हो।   आयोजनाबाट नारच्याङ बेँसी गाउँका एक सय ९० परिवार लाभान्वित हुने अन्नपूर्ण गाउँपालिका-४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताए।   विद्यालय, स्वास्थ्य चौकी, युवा क्लब, आमा समूह, मन्दिर र छात्रावासमा पनि धारा जडान गरिने जनाइएको छ। गोर्खा वेयलफेयरको रु. ८७ लाख ६५ हजार छ सय ७२ अनुदान रहने आयोजना निर्माणमा उपभोक्ताले रु. २० लाख ६६ हजार ८३ बराबरको श्रमदान गर्नुपर्नेछ।    आगामी चैत महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित मुहान, ट्यांकी, धारा र पाइपलाइनको काम तीव्र गतिमा भइरहेको छ। 

पाेखरा:  आजदेखि ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ २० औं संस्करणको लेखनाथ महोत्सव सुरु हुँदैंछ । उक्त महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका मुल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।   श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात÷जाति भाषा÷भाषीलाई एकै थलोमा उपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको बताए ।    उनले महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रर्दशनी एवं विक्रिवितरण गरिने बताए ।   पुष १८ गते देखि माघ १ गते सम्म चल्ने महोत्सवको माध्यमबाट स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जर्गेना, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याईने महोत्सवका प्रचार प्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली अधिकारीले बताइन ।   महोत्सवको थप आकर्षणको रुपमा महोत्सवस्थलमा शान्तिका दुत भगवान गौतम बुद्धको प्रतिमा निर्माण, अक्वारीयम मार्फत एक सय भन्दा बढि माछाका प्रजातीहरुको अवलोकन, महिलाहरुो क्षमता अभिवृद्धिका लागी पहिलोपटक आयोजना गरिएको हाजिरि जवाफ प्रतियोगिता, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित प्रस्तुती, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित, लाईभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको रुपमा प्रस्तुती रहने छन् ।   महोत्सवको विद्यालय स्तरीय कार्यक्रम अन्र्तगत पुस ११ गते बिहिबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ । उक्त प्रतियोगितामा विद्यार्थीहरुबाट कोरिएका चित्रहरु महोत्सवस्थलबाट विक्रि वितरण गर्ने व्यवस्था समेत मिलाईएको छ ।   महोत्सवमा पोखरा विश्वविद्यालय इन्जिनियरिङ फेकेल्टी, रोबोटिक क्लब, गण्डकी विश्वविद्यालय आविष्कार केन्द्र तथा विभिन्न विद्यालयहरुबाट शैक्षिक प्रदर्शनी हुनेछ भने विभिन्न जातजातिहरुको मौलिक सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु रहनेछन । महोत्सवको बचतवाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकास तर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रवद्र्धनका लागि उत्कृष्ट स्तरको कोसेली घर निर्माण, संघद्धारा बेगनासतालमा निमार्ण गरिएको लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।   ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको लेखनाथ महोत्सव २०८१ का कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि ९ सदस्यीय निर्देशक समिति, ४० सदस्यीय महोत्सव सल्लाहकार समिति र ४८ उपसमिति, आवश्यकता अनुसार थप गर्न सकिने गरि १५३ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ ।   ३३६ स्टल रहने यस महोत्सवमा २ लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९० लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८० लाख खर्च भई रु १० लाख बचत हुने अनुमान गरिएको छ ।   लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन् ।  

तनहुँ:   १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ युवक पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा भानु नगरपालिका–१३ चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डे रहेका छन् ।   उनलाई मंगलबार बिहान इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।   उनिविरुद्द ति बालिकालाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको परेको थियो ।   पक्राउ परेका पाण्डेविरुद्ध प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

काठमाडौं:   दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता भोलि शुक्रबारदेखि यहाँ आयोजना हुने भएको छ ।   जिल्ला समन्वय समिति काठमाडौँको संयोजन र बागमती प्रदेश तेक्वान्दो सङ्घको प्राविधिक सहयोग तथा टोखा नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा पुरुषमा र महिला गरी दश तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।   प्रतियोगिता अन्तर्गत पुरुषमा ४६–५०, ५०– ५४, ५४–५८, ५८–६३ र ६३–६८ तथा महिलातर्फ ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजी तौल समूहमा प्रतिस्पर्धा हुने काठमाडौँ जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले बताए ।

बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब रु ११ करोड बढीको धान बिक्री गरेका छन् ।   गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयले पुस १६ गतेसम्म यहाँका किसानलाई रु ११ करोड ८२ लाख भुक्तानी गरी ३१ हजार ६ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरिसकेको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।   “धान बिक्री गर्न ६ सय ७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकामा अहिलेसम्म पाँच सय ६७ किसानसँग धान खरिद गरिसकेका छौँ”, कार्यालय प्रमुख लामिछानेले भने, “स्थानीय तहको सिफारिसका आधारमा एक किसानसँग ८० क्विन्टलसम्म धान खरिद गर्ने गरेका छौँ ।”   धान खरिद गर्नुअघि किसानले स्थानीय तहको सिफारिस दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको कार्यालय प्रमुख लामिछाने बताए ।   “पहिला किसानहरु १५ दिनसम्म यहाँ आएर लाइन लागेर बस्नुपर्ने बाध्यता थियो, अहिले धान ल्याउनुपूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र हामीले दिएको समयमा उहाँहरु आएर धान बिक्री गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने ।   मध्यम धान खरिदको कोटा पूरा गरिसकेको कार्यालयले मोटा धान भने लक्ष्यभन्दा निकै कम खरिद गरेको छ । धान बिक्री गर्ने धेरै किसानहरु आइसकेको हुँदा अब केही मात्रामा धान बिक्री गर्न किसान आउन सक्ने कार्यालयले जनाएको छ । गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगञ्ज कार्यालयले जम्मा आठ हजार क्विन्टल धान खरिद गरेको थियो ।   गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले यस वर्ष ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जका प्रमुख लामिछानेले बताए ।   “गत वर्षभन्दा यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्यमा पनि वृद्धि गरेको छ, गत वर्षभन्दा यस वर्ष धान खरिद पनि १५ दिनअघि सुरु गरेकाले लक्ष्यमा पुग्न सकिन्छ भन्ने अपेक्षा गरेका थियौँ”, लामिछानेले भने, “गत वर्ष मङ्सिर ६ गतेदेखि धान खरिद सुरु गरेका थियौँ, यस वर्ष भने १५ दिन अगावै कात्तिक २० गतेदेखि नै सुरु गरेका छौँ, यस वर्ष बजारको मूल्यभन्दा सरकारले खरिद मूल्य बढी दिएको हुँदा धेरै मात्रामा धान खरिद गर्न सकेका छौँ ।”   पुस १६ गतेसम्म मोटा धान सात हजार चार सय ४९ दशमलव ०४ क्विन्टल र मध्यम धान २४ हजार दुई सय ४१ दशमलव ९४ गरी ३१ हजार छ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताए ।   उनका अनुसार, यो वर्ष मोटा धानको तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले किसानसँग धान खरिद गरिरहेको छ ।

पोखरा:    कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको बुधबार सित्तैमा जाँचसहित औषधी वितरण गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निशुल्क शिविर भएको हो ।  गएको शनिबार कैदी, बन्दीहरुको सुगर, युरिक, एसिड थाइराइड जाँचका लागि नमुना संकलन गरिएकोमा बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्शसहित आवश्यक औषधी वितरण गरिएको हो ।  शिविरमा २ सय ६० जनाको सित्तैमा जाँच गरिएको छ । कास्की कारागारमा कैदी, बन्दी, सुरक्षाकर्मीसहित करिब ९ सयको बसोबास छ । शिविरमा सहभागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारी कारागारमा रहेका कैदीबन्दीका विभिन्न खाले समस्या देखिएको बताउँछन् । ‘सबैजसोमा कोलेस्ट्रोल निकै उच्च देखियो,’ डा अधिकारी भन्छन्, ‘धेरैले मानसिक समस्या जस्तोः निद्रा नलाग्ने, छटपटी हुने गरेको सुनाए । कहिल्यै जाँच गर्न नपाएका मधुमेह, प्रेसर निकै उच्च भएकाहरु पनि भेटियो ।’ चिल्लो खाना, व्यायामको कमी, आवश्यक परामर्शको अभाव, कसरत नहुनुका साथै बेलैमा उपचारको व्यवस्था नहुँदा यस्तो अवस्था देखिएको डा अधिकारीले औंल्याए ।  युआरएल फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थ स्वास्थ्य उपचारको निकै आवश्यक रहेका कैदीबन्दीहरुको परीक्षणसहित औषधीसमेत वितरण गरिएको बताउँछन् । ‘हामीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मिलेर शिविर आयोजना गरेका हौं,’ अध्यक्ष पन्तले भने, ‘सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यहाँ आइपुगेका हौँ । करिब ३ लाखको औषधीसमेत वितरण गरिएको छ ।’   युआरएल फाउन्डेसनका सचिव गणेशप्रसाद कोइरालाले पहिलो पटक यसरी शिविर गरिएको जनाउँदै कारागारमा दन्तसहित विभिन्न रोगका शिविर जरुरी रहेको औंल्याए ।  कैदी बन्दीहरुको स्वास्थ्य सेवालाई बनाउन यस्ता शिविरले सघाउने कारागार प्रमुख राजेन्द्र शर्माको भनाइ छ । उनले सीमित स्रोतका बाबजुद पनि आफूहरु कारागारमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन लागिपरेको उल्लेख गरे ।

पोखरा:    नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको प्रथम जिल्ला अधिवेशनले देविप्रसाद कुइकेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्वराज बराल, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा युवराज गुरुङ, सहसचिवमा वीरेन्द्रराज काफ्ले चयन भएका छन् । त्यसैगरी समितको सदस्यहरुमा जाल कुमारी कार्की, तोयनाथ गौतम, सुरथ पौडेल, विराट पौडेल, डम्बर ढकाल, वुद्धिप्रसाद सुवेदी र टुकनारयण पौडेल रहेका छन् । निर्वाचन समितका संयोजक प्रेमप्रसाद पौडेल तथा सदस्यद्धय जयप्रसाद शर्मा र अरुण गिरीले समिति सर्वसम्मत चयन गर्न भूमिका खेलेका थिए । नेपाल लोकतान्त्रिक यातायात व्यवासयी संघ गण्डकी प्रदेशको हालै सम्पन अधिवेशनले नयाँ कार्यसमिति चयन गरेसँगै जिल्ला समिति विस्तार शुरु गरेको हो । संघले गण्डकी प्रदेशका सवै जिल्लाामा माघ महिन सम्ममा समिति विस्तार गर्ने योजना रहेको नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष महेश बहादुर थापा गणेशले जानकारी  दिए । यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले यातायात व्यवसायीका हक हितमा पार्टीले केन्द्र प्रदेश जिल्ला तहमा आवाज उठाउने बताए । ‘तपाईहरुका समस्या नजाने, नवुझेर वा नदेखेका कारण पार्टीले केहि गरेन भन्ने लाग्न सक्छ’ साभापति बरालले भन्नुभयो, ‘ तपाईहरुले पार्टीलाई जिम्मेवार बनाउने काम गर्नुहोस् तपाईका समस्यामा पार्टी सधै साथमा रहने छ ।’ यातायात व्यवसायी मर्यादित र अनुशाशित हुदाँ पार्टीलाई नै फाइदा पुग्ने बताउँदै उहाँले व्यवसायलाई मर्यादित र अनुशाशित बनाउन लाग्न आग्रह गरे । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यातायात व्यवसायीको समस्या नजिकबाट वुझेको बताउँदै उद्योग वाणिज्य संघमा रहदा पनि व्यवसायीका हक हितको पक्षमा आवज वुलद्ध पार्ने स्पष्ट पारे । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रीय आमन्त्रीत सदस्य तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सचिव भानुभक्त बरालले नेपाली काँग्रेसको नेतृत्वमा सरकार हुदा मात्रै व्यवसायीका समस्य समाधान हुने गरेको उल्लेख गरे । पोखरा महानगर पालिका वडा नं. १६ का वडाअध्यक्ष अमृत तिमिल्सिनाले व्यवसायीको समस्या संवोधन गर्न यातायात व्यवसायी एक हुनु पर्ने बताए । नेपाली काँग्रेस कास्कीका सहचिव तथा प्रवत्ता नविन सिग्देलले यातायात व्ययवसायलाई मजवुद र शसक्त बनाउन पार्टी सँगसगै रहेको बताए । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष जितबहादुर गुरुङ व्यवसायीले वुलद्ध रुपमा आवज उठाउन नसकेसम्म समस्या समाधान हुन नसक्ने बताए । नेपाली काँग्रेसका स्या·जाका महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेल नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेशका अध्यक्ष किरणबावु पन्तले बोलेका थिए । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष महेश बहादुर थापा गणेशको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष वावुराम घिमिरेले स्वागत र सचिव मेघराज त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।