पोखरा ।    जिल्ला प्रहरी कार्यालयले ठुलो मात्रामा लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन् ।  ...

काठमाडौं:     पशुपतिनाथको स्वामित्वमा रहेको गौशालास्थित धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ ।  काठमाडौँ जिल्ला अदालतले विसं २०६० मा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको हो ।       पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको हो । समितिले ‘करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्वहाली गरिपाऊँ’ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।       अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले समितिले दायर गरेको मुद्दामा दाबी नपुग्ने फैसला भएको बताउनुभयो । यससँगै कोष र समितिबीच भएको नौबुँदे सम्झौता रद्द गर्ने निर्णय सदर भएको छ ।  अब मारवाडी सेवा समितिले २१ वर्षदेखि कब्जा गरेको काठमाडौँको गौशालास्थित कित्ता नं। ८३ को चार रोपनी १५ आना दुई पैसा क्षेत्रफल र सोही स्थानको कित्ता नं। ८५ को चार रोपनी दश आना क्षेत्रफल गरी जम्मा  नौ रोपनी नौ आना जग्गा कोषमै फिर्ता भएको सदस्य सचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।      “वर्षको ५१ हजार तिरेर व्यापारिक लाभका लागि पशुपतिनाथको स्वामित्को धर्मशाला प्रयोग भएको थियो । लामो प्रयासपछि कौडीको भाउमा कब्जामा रहेको सम्पत्ति फिर्ता भएको छ । अब धर्मशालालाई धार्मिक प्रयोजनकै लागि प्रयोग गरिनेछ,” उहाँले भन्नुभयो ।       पशुपतिनाथ अमालकोट कचहरीले मारवाडी सेवा समितिलाई धार्मिक प्रयोजनका लागि उपलब्ध गराउने सम्झौता गरेको थियो । सम्झौता–पत्रमा सेवा समितिले वार्षिक रु ५१ हजार तिर्ने, रकम दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने र पशुपतिनाथमा छाडिएका साँढेलाई परम्पराअनुसार संरक्षण गर्न सेवा समितिले सहयोग गर्ने उल्लेख थियो ।       मारवाडी सेवा समितिले होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर सञ्चालन गरिरहेको थियो । समितिले व्यावसायिक प्रयोजनकै लागि जर्सी गाई पालेर दुध बेच्दै आएको थियो । गौशाला धर्मशालामा तला थपेर लज विस्तार गरेको सेवा समितिले १९ वटा सटर मासिक रु ३५ हजारसम्ममा भाडामा लगाएको थियो ।       सम्झौतापत्रमा तत्कालीन अमालकोट कचहरीका तर्फबाट द्वारे कृष्णलाल वैद्य र सेवा समितिका तर्फबाट महासचिव शिव भगवान् अग्रवालले हस्ताक्षर गर्नुभएको कोषले जनाएको छ ।  कोषका सदस्य सचिव वसन्त चौधरीको पालामा यो सम्झौता भएको थियो । स्वार्थ बाझिने गरी सम्झौता गराएका चौधरीले आफूनिकट मारवाडी सेवा समितिलाई पशुपतिनाथको सम्पत्ति कौडीको भाउमै सुम्पिएकामा स्थानीयवासीले विरोध गर्दै आएका थिए ।       सम्झौता अनुसार समितिले अहिले पनि वार्षिक रु ५१ हजार कोषलाई बुझाउँदै आएको थियो । ‘सहयोग’ शीर्षकमा उक्त रकम बुझाउने र समयानुकूल सम्झौता नवीकरण गर्ने भनिएको थियो ।  तर सेवा समितिले पशुपतिनाथ मन्दिरको जग्गामा मोहियानी हक दाबी गर्दै सम्झौता नवीकरण गर्न वा धर्मशाला छोड्न अस्वीकार गरेपछि सञ्चालक परिषद्ले सम्झौता खारेज गर्ने निर्णय गरेको थियो ।       सदस्य सचिव थापाले अदालतको फैसलापछि धर्मशाला व्यवस्थितरूपमा सञ्चालन गरिने जानकारी दिनुभयो ।

काठमाडौं:     मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको सक्रियतामा आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका बाढीपहिरोपीडित तीन सयभन्दा बढी परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ ।  रोशी गाउँपालिकाको वडा नं २ को नारायणटारका एक सय ८६ परिवार र वडा नं ५ महादेवस्थानका करिब डेढ सय घरपरिवारलाई ती सामग्री हस्तान्तरण गरिएको हो ।  हालैको बाढीपहिरोबाट प्रभावित परिवारलाई रु ३० लाख बराबरको खाद्यान्न, लत्ताकपडा, कम्बल, मोबाइल चार्जरसहितको सोलार बत्ती सामग्री हस्तान्तरण गरिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।  विपद्बाट देश नै दुःखमा परेको बेला सरकारलाई गाली गरेर बस्नु र नकारात्मकतालाई प्रशय दिनु भन्दा पनि आ–आफ्नो ठाउँबाट सकेको योगदान गर्नु बुद्धिमानी हुने भएकाले यस कठिन परिस्थितिलाई पार लगाउन सबै एकजुट भइदिन उहाँले आग्रह गर्नुभयो ।  सरकारले नेपाली सेनाको हेलिकप्टर उपलब्ध गराएका कारण पीडितपरिवारलाई प्रत्यक्ष सहयोग गर्न सकिएको उहाँले बताउनुभयो । फाउण्डेशनकी अध्यक्ष एवं समाजसेवी आनी छोइङ डोल्माले विपद्बाट आपत्मा परेका मानिसलाई सहयोग गर्नु हरेक नागरिकको कर्तव्यअनुसार नै केही राहत गरिएको उल्लेख गर्दै यस्तो बेला अर्काले टिप्प्णी गर्नुभन्दा आफूले सकेको सहयोग गर्नु नै धर्म हुने बताउनुभयो ।  विपद्को घडीमा दुःखमा रहेका आफन्तलाई आफ्नोपनको अनुभूति गराउन पाउँदा हर्ष लागेको बताउँदै उहाँले प्रभावित क्षेत्रमा दिगो व्यवस्थापनका लागि ठोस् कदम चाल्न सरकार र सम्बन्धित निकायहरुसमक्ष अनुरोध गर्नुभयो ।   गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीपहिरोबाट घरबारविहीन बन्न पुगेका र प्रत्यक्ष प्रभावित जनतालाई सहयोग गर्नुभएकामा मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनप्रति आभार व्यक्त गर्दै पालिकामा जतिसक्दो छिटो बत्ती, खानेपानी, सडकजस्ता पूर्वाधार पु(याउन प्रयास भइरहेको बताउनुभयो । 

काठमाडौं:    बाढीपहिरो र डुबान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ  ।  विपद्मा खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयम्सेवकबाट आज विहानसम्म १७ हजार भन्दा बढीको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिनुभयो ।  उहाँले विपद्मा परी बेपत्ता परेका २२ जनाको खोजी जारी रहेको जानकारी दिँदै विपद्का घटनामा घाइते भएका १६९ जनाको विभिन्न अस्पतालहरुमा निःशुल्क उपचारको प्रवन्ध गरिएको बताउनुभयो ।      “घाइते मध्ये अघिकांश घर फर्किसक्नु पनि भएको छ ।” प्रवक्ता तिवारीले भन्नुभयो–“ विपद्का बेला अतिप्रभावित क्षेत्रमा सुरक्षाकर्मीद्धारा घटनास्थलमै स्वास्थ्य शिविर र तत्कालको राहत सामग्री समेत वितरण गरिएको थियो ।”      गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्याकाबाट २ हजार १५८ , कोशी प्रदेशबाट ९० जना, मधेश प्रदेशबाट ३५ , सबैभन्दा बढी बागमती प्रदेशबाट १३ हजार ६४० जनाको उद्धार गरिएको छ ।      “ प्रभावित जिल्लाबाट नेपाली सेनाको हेलिकप्टरबाट पनि बिरामी, घाइते, बालबालिका, जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेर यो अवधीमा उद्दारकार्य गरियो ” ,उहाँले भन्नुभयो“ खोज तथा उद्दारको काम अन्तिम चरणमा पुग्नुका साथै बेपत्ताको खोजी तीव्र रुपमा भइरहेको छ ।”      त्यसैगरी गृह मन्त्री रमेश लेखकले खोज, उद्धार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाल निकाय एवं मन्त्रालयसित समन्वय गरिरहनुभएको छ ।  उहाँले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई उद्धार, राहत वितरण र घाइतेहरुको स्वास्थ्य उपचारमा विषेश ध्यान दिन निर्देशन दिनुभएको छ । गृहमन्त्री लेखकले राजमार्ग सुचारु गर्न सहजीकरण, यात्रुहरुको सहज र सुरक्षित यात्रा गर्ने लगायतका विषयमा यातायात व्यवसायीहरुसित पनि छलफल गर्नुभएको थियो ।       त्यस्तै काठमाडौ, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली लगायतका जिल्लामा विपद्मा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता बाफत राहत रकम उपलब्ध गराउनुका साथै घर भत्किाएका परिवारलाई राहत रकम वितरण सुरु गरिएको छ ।  भने प्रभावित जिल्लामा विभिन्न दातृ निकाय र दाताहरुबाट पनि राहत सामाग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध भइरहेको छ ।      सहसचिवको नेतृत्वमा कार्यदल गठन गरी गृह मन्त्रालयले प्रभावित आठ जिल्लामा आवश्यक, समन्वय सहकार्य र विपद्मा परेका नागरिकहरुको सहजीकरणका लागि कार्यदल खटाएको छ ।  कार्यदललाई प्रभावितहरुको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण, मानवीय र भौतिक क्षेत्रको संक्षिप्त विवरण तयारी गरी तत्काल गर्नुपर्ने कार्यका सम्वन्धमा सुझाव दिने लगायतका कार्यदेश दिइएको छ ।

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले  बडादसैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गर्नुभएको छ ।      दुर्गापक्षको पहिलो दिन आज राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरेर जमरा राख्ने परम्परा छ । सोही परम्परालाई निरन्तरता दिँदै उहाँले घटस्थापना गरेर जमरा राख्नुभएको हो ।       आज विधिपूर्वक जमरा राखिएको स्थानमा महानवमीसम्म दुर्गा सप्तशति पाठका साथै वैदिक नियमअनुसार नवदुर्गाको पूजाआराधना गरिन्छ । विजयादशमीका दिन देवी विसर्जन गरी घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी प्रसादस्वरुप टीका र समृद्धिको प्रतीक जमरा लगाइन्छ

गण्डकी:       ‘चाहिँदैन मलाई सुनको दरबार     चाहिँदैन मलाई हिरामोती हार     यसै राम्रो छ मेरो पैदल यात्रा     चाहिँदैन मलाई टल्कने कार...’   जनगायक जीवन शर्माले यो गीत गाउँमा दर्शकदीर्घाबाट एकनासले तालीको गड्गडाहट सुनिन्थ्यो । कसैले शर्माको स्वरमा स्वर मिलाए । कतिले नाचेर साथ दिए ।  बुधबार सन्ध्यापख जनजनका प्रिय गायक शर्मालाई रक्तिम सांस्कृतिक अभियानले पोखरा सभागृहमा उभ्याएको थियो । उहाँले ‘चाहिँदैन मलाई सिसाको महल...’, ‘सिमली छायाँमा बसी...’लगायत आफ्ना चर्चित सुनाउनुभयो ।  वर्षौँपछि घर फर्केको प्रवासीको मनोभावना समेटिएको ‘म हिँडेको गाउँको बाटो मुस्कुरायो...’बाट गाउन सुरु गर्नुभएका शर्माले पूरा अवधि दर्शकको मन जितिरहनुभयो । गायन प्रस्तुति सँगसँगै उहाँले गीतको रचनागर्भ, तत्कालीन समाज र परिवेशबारे पनि प्रसङ्ग उप्काउन भ्याउनुभयो । शर्माले गणतन्त्र स्थापनापछि पनि भ्रष्टचारले मुलुकलाई गाँजिरहेपछि ‘चाहिँदैन मलाई सुनको दरबार...’ गीत जन्मिएको बताउनुभयो । “भ्रष्टचार गरेर ठूल्ठूला दरबारमा बस्ने, चिल्ला कार चढ्ने र कालो धन थुपार्नेको मनमा चिसो पस्छ कि भनेर यो गीत गाएको हुँ तर सोचेजस्तो हुन सकेको छैन, अहिले पनि अवस्था उस्तै छ”, उहाँले भन्नुभयो ।  शर्माले श्रम र पसिना बगाएर सम्पत्ति आर्जन गर्नेहरुकाप्रति भने आफूले सँधै सम्मान गर्ने बताउनुभयो । “राम्रो घर, गाडी त श्रमिक र मजुदुरले पनि पाउनुपर्छ, मालिकले मात्र होइन, तिनै गरिब, सर्वहाराको सुदिन पक्कै आउँछ भन्दै हामीले गीत गाउँदै हिँडेका छौँ”, उहाँले भन्नुभयो ।  उहाँले सुशासन र सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणमा लागि सांस्कृतिक फाँटबाट आफूहरुले सँधै राज्यलाई घच्घचाइरहेको बताउनुभयो । शर्माले नेपालको जनसांस्कृतिक आन्दोलनलाई नयाँ ढङ्गले पुर्नजागृत गर्नुपर्ने बेला आएको धारणा राख्नुभयो । शर्माले आफ्नो बहुचर्चित गीत ‘सिमली छायाँमा बसी...’ गाउँदा कार्यक्रममा सहभागी राजनीतिक दलका नेता, जनप्रतिनिधिलगायत मञ्चमै उक्लेर नाचेका थिए ।  उक्त विविध जनसांस्कृतिक कार्यक्रममा रक्तिम र सामना परिवारका कलाकारले कलाकारले गीत, नृत्य र अभिनयका माध्यमबाट समाजका विसङ्गति माथि खबरदारी गरेका थिए । न्याय, मुक्ति र समानताका पक्षमा स्वर उराले । सर्वहारा वर्गका दुःख, बेदना र सङ्घर्षका कथालाई गीतमा प्रस्तुत गरे । दर्जनबढी कलाकारले कार्यक्रममा सामूहिक र बेग्लाबेग्लै प्रस्तुति दिएका थिए । कार्यक्रममा थारु समुदायमा प्रचलित गीतसहित टप्पा नाच र अपेरा पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा गायक दलबहादुर विकले ‘पाखुरी यिनै हुन्...’, गायिका सुशिला थापा र उदय रिजालले ‘पूर्व क्षितिज...’लगायत गीत सनाउनुभएका थियो ।   व्यवस्था फेर्न जनताले ठूलो बलिदानीपूर्ण सङ्घर्ष गरेपनि अवस्था उस्तै रहेकाले अहिले पनि परिवर्तनका गीतहरु गाउँदै हिँड्नुपरिरहेको कलाकारहरुले सुनाएका थिए ।  समाजमा अहिले पनि विभेद र शोषण कायमै रहेकाले गीतसङ्गीतमार्फत खबरदारी गरिहरनुपरको उनीहरुको भनाइ थियो ।  देशमा देखिएका बेथिति, विसङ्गति, भ्रष्टचार र महँगीका विरुद्ध सांस्कृतिक सचेतना नथा जनजागरण सिजर्नाका लागि सांस्कृतिक अभियान सञ्चालन गरिएको रक्तिम सांस्कृतिक अभियानकाका अध्यक्ष नारायण शर्माले बताउनुभयो ।  

काठमाडौं:    बागमती प्रदेशका जिल्ला बढी प्रभावित हुने गरि हालै गएको बाढीपहिरोका घटनामा परी मुलुकको खेलकुद क्षेत्रले मानवीय र भौतिक पूर्वाधारमा  क्षति व्यहोर्नुपरेको छ ।   मकवानपुर इन्द्रसरोवर–३ स्थित बत्सला माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा सिस्नेरी एकेडेमीका प्रशिक्षण रहेका छ बालकको निधन भयो । मकवानपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष टीका लामाका अनुसार मकवानपुरका अनुप घलान, साइमन योञ्जन, दिवस बाँनिया, सर्लाहीका आदित्य  बलमपाकी, काठमाडौंका  रियान्स आचार्य र बाराका विकल रेग्मी सुरक्षित स्थानमा सर्ने क्रममा पहिरोमा परेका हुन् ।      एन्फाका केन्द्रीय सदस्य रहनुभएका लामा भन्नुहुन्छ, “देशका होनहार फुटबल खेलका प्रतिभा पहिरोमा परेको घटनाले मुलकको खेल क्षेत्रलाई अपुरणिय क्षति भएको छ, यो निकै दुखद् घटना भएको छ, सुरक्षित स्थानतर्फ लैजाने क्रममा यो घटना हुन पुग्यो ।”        उनीहरु त्यहाँ गत वैशाखदेखि क्याम्पमा रही प्रशिक्षण गरिरहेका विद्यार्थीमध्ये अरु दुई जना त्यस घटनामा घाइते भए । त्यस एकेडेमीका पहिलो समूहमा रहेका उनी सबै १४ वर्ष मुनिका खेलाडी हुन् । एन्फाको प्रशिक्षणमा उक्त उमेर समूहका ४० विद्यार्थी प्रशिक्षणमा थिए ।      त्यस्तै भौतिक पूर्वाधारका क्षेत्रमा ललितपुरको च्यासलस्थित खेलमैदान हनुमन्ते र बागमतीको बाढी पसेर तहस–नहस बनाएको छ भने प्रदेश र स्थानीय तहको सहयोगमा बनेका कयौं खेलमैदान बाढी कटानमा परेका छन् ।  राष्ट्रियस्तरको ललितपुरको च्यासलमा रहेका खेलमैदानमा बाढी पसेर क्षति भएको जानकारी प्राप्त भए पनि प्रदेश र स्थानीय तहको भने विवरण प्राप्त भई नसकेको  युवा तथा खेलकुद मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रुद्र अधिकारीले बताउनुभयो ।      बागमती प्रदेशमा प्रदेश सरकार र स्थानीय सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा केही वर्षअघि मात्रै निर्माण गरिएका १०० भन्दा बढी खेलमैदानसहित भौतिक पूर्वाधारमा क्षति भएको छ ।  सरकारले हरेक स्थानीय तहमा एक खेलग्राम बनाउने  नीतिअनुसार हाल २६५ स्थानीय तहमा खेलग्राम निर्माणाधिन अवस्थामा रहेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।      राष्ट्रिय खेलकुद परिषद् मातहत अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेश र जिल्ला स्तरिय खेलकुद पूर्वाधार छन् । सुरक्षा निकायसँग सम्बद्ध पनि आफ्नै खेल संरचना छन् भने निजी क्षेत्रबाट पनि जिमखाना, पौडी पोखरी र फुटसल सञ्चालनमा छ ।  खासगरी रोशी खोला, सुनकोसी र बागमती नदी किनार तटिय क्षेत्रमा रहेका त्यस्ता पूर्वाधार कटान र डुबानमा पर्दा ठूलो नोक्सानी भएको छ ।      सिन्धुली गड्तिर भेगका च्याकुटारबेँशी, बलेनी, खुर्कोट, मुलकोट, खाल्टे, कुशेश्वरमा रहेका खेलमैदान बाढीबाट पूर्ण क्षति भएको अवस्था रहेको सिन्धुलीको सुनकोशी गाँउपालिकाका अध्यक्ष दीपा बोहरा बताउनुहुन्छ ।  रामेछाप, दोलखा, सिन्धुपलाञ्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, रसुवामा समेत कुनै न कुनैरुपमा खेल पूर्वाधारमा बाढीले असर पु¥याएको छ । 

काठमाडौं:    सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ ।  उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदखि ३ बजेसम्म खुला हुने भएको हो ।        सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको को रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ ।      न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिअन्तर्गत घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षकीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको हो ।   

काठमाडौं:     नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा दक्षिणकाली नगरपालिका सतिदेवी स्थित फेन्दे उत्थान केन्द्र, बाल सेवाघरमा निःशुल्क आँखा परीक्षण सहित खाद्यान्न वितरण गरेको छ ।  यही असोज २४ गते अर्थात अक्टोबर १० तारिखका दिन परेको विश्व दृष्टि दिवसका अवसरमा बाल सेवाघरमा रहेका करिब ४०  बालबालिकाहरुको आँखा परीक्षण गरी चस्मा र आवश्यक औषधी बालबालिकाहरुलाई निःशुल्क उपलब्ध गराइएको छ ।  त्यस्तै सोही अवसरमा बाल सेवाघरका लागि आवश्यक खाद्यान्न सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।       सो अवसरमा सङ्घका महासचिव भरतबहादुर चन्द यस वर्षको विश्व दृष्टि दिवसमा बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिइएकाले खाद्यान्न सहयोग सहित बाल सेवाघरमा आँखा परीक्षण गरिएको बताउनुभयो ।   उहाँले भन्नुभयो “अहिले विश्वमा नै बालबालिकाहरुको आँखा स्वास्थ्यलाई प्राथमिकता दिई विश्व दृष्टि दिवस मनाईदै छ त्यसैले हामिले नेपालमा पनि बढिभन्दा बढि बालबालिकाहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै उनिहरुको आँखा स्वास्थ्यका बारेमा सबैलाई जनचेतना अभिबृद्धि गर्ने गरी कार्यक्रम संचालन गरिरहेका छौ । ”       दक्षिणकाली – ५ का वडाध्यक्ष श्यामबहादुर खत्रीले सङ्घलाई धन्यवाद दिँदै बाल आँखा स्वास्थ सबैको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो ।  सो अवसरमा आँँखा परीक्षण तथा खाद्यान्न वितरण कार्यक्रममा सङ्घका कोषाध्यक्ष चिजकुमार मास्के सङ्घका सल्लाहकार एवं  पूर्व मुख्यसचिव लिलामणी पौडेल समेत सहभागि हुनुभएको थियो ।       सन् १९९८ को अक्टोवर ८ तारिखदेखि हरेक बर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवस मनाइन्छ ।   यस वर्षपनि यही असोज २४ गते(अक्टोबर १०) मा नेपालमा पनि ‘आँखालाई माया गरौं’ (बालबालिकाको आँखा उपचारलाई प्राथमिकतामा राखौँ) भन्ने नारा सहित विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ  ।

गोरखा:    गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९:१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।      परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह ९पूजाकोठा० मा पदस्थापना गराइ पानी घडा थापेर जमरा राखिएको उहाँले बताउनुभयो ।  “गोरखा दरबारको जमरा घरमा एक पाथी, कालिका मन्दिरमा र गोरखनाथ मन्दिरमा चाररचार मानाको दरले जौ को जमरा राखिएको छ”, उहाँले भन्नुभयो, “उपल्लो कोट, तल्लो कोटहरुमा पनि एकरएक मानाका दरले जमरा राख्ने गरिन्छ, गोरखा दरबारका सबै ठाउँमा कुल तीन पाथीको जमरा राखिएको छ ।”      यहाँ जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलि दिने प्रचलन छ ।      बडादसैँमा टीकासँगै जमरा लगाउँदा शुभ हुने धार्मिक विश्वास पाइन्छ । घटस्थापनाको दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउने गरिन्छ ।