पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

पोखरा:    सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुई ठाउँमा थप शाखा विस्तार गरेको छ । पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना गरेर व्यवसाय गर्दै आएको छ । सेलवेजले पोखरा १७ विरौटा र पोखरा ५ प्रस्याङमा शाखा विस्तार गरेको हो । दुई शाखा थपिए सगँ पोखरामा १० शाखा पुगेका छन् । सेलवेजले सेल्सबेरी ब्राण्डमा समेत डिपार्टमेन्टल स्टोर संचालन गरिरहेको छ । सेलवेजले सेल्सबेरी गरेर ४० शाखा पुगेको व्यवस्थापक दयाल गिरीले बताए । विरौटा देखी छोरेपाटन, पुम्दीभुम्दीलाई लक्षित गरि विरौटा शाखा खोलिएको बताए । त्यसै गरी प्रस्याङ शाखाबाट त्यस वरपरको क्षेत्रलाई लक्ष्त गरेर खोलिएको बताए । दैनिक आवश्यकता पर्ने सामान किन्न सहज रुपमा पाइने उनले बताए । सेलवेजले यसअघि पोखराको चिप्लेढुंगा, लेकसाइड, विरौटा, भद्रकालि, शान्तिनगर, अम्मरसिंह र बगरमा शाखा बिस्तार गरिसकेको छ । केहीमहिना भित्रै पोखरामा अन्य क्षेत्रमा पनि शाखा बिस्तार गर्ने उनले बताए । नयाँ शाखामा ग्राहक आकर्षण गर्न विभिन्न छुट दिएको पनि उनले बताए । अहिले खाद्यसामाग्री, विद्युतीय सामान राखिएको छ । होम डेलीभरीको पनि व्यवस्था भएको उनले बताए । लक्की ड्र मार्फत कार जित्ने अवसर पनि भएको उनले बताए । दुई हजार सम्मको खरिद एउटा कुम्पन पाइने र बम्पर उपहारमा एमजिको इभि कार जित्ने सक्ने उनले बताए । त्यसै गरी प्रथम पुरस्कार स्कुटर, दोस्रो ४० इन्चको टिभि, तेस्रो माइक्रो ओभन, चौथोमा पंखा, पाँचौमा राईकुकर, छैटौमा हटपट उपहार जित्न सकिने उनले बताए । यो उपहार योजना सेलवेज र सेल्सबेरीका सबै शाखामा असार र साउन महिनाभर चल्ने बताए । पोखराको चिप्लेढुंगाबाट सन् १९९३ मा सामान्य खाद्यपसलको रुपमा सेलवेजले सेवा दिन थालेको थियो । त्यही व्यवसाय बिस्तार हुँदै जाँदा सन् २००४ मा काठमाडौं प्रवेश गरेको सेलवेजले २०१४ देखि सेल्सबेरीको नाममा शाखा संचालन गरिरहेको छ । विरौटा शाखाको पोखरा १७ की वडा अध्यक्ष राधीका शाहीले उद्घाटन गरीन् । उनले पोखरा १७ विरौटा देखी छोरेपाटन क्षेत्रमा सहरी घनत्व बढ्दै गएको बताए ।

पोखरा:   विन्ध्यवासिनी मन्दिरको पार्किङ क्षेत्रमा फेला परेको नगदसहित सामान प्रहरीले सम्बन्धित धनी भारतीय नागरिकलाई २ सातापछि फिर्ता गरेको छ ।  सामान फेला परेको सूचनापछि आज जिल्ला प्रहरी कार्यालय कास्कीमा आएका भारतीय नागरिकलाई प्रहरीले सामान २ सातापछि फिर्ता गरेको हो ।  गएको जेठ ३१ गते विन्ध्यवासिनी मन्दिरको पार्किङ क्षेत्रमा फेला परेको नगदसहित सामान पोखरा रानी पौवा बस्ने सम्झना रानामगरले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएकी थिइन् ।    विन्ध्यवासिसिनी मन्दिरको पार्किङ क्षेत्रमा नगदसहित सामान फेला पारेर कास्की प्रहरीलाई बुझाएपछि प्रहरीले सम्बन्धित व्यक्तिलाई सामान फिर्ता लैजान जेठ ३१ गते नै सूचना जारी गरेको थियो ।  प्रहरीले जारी गरेको सूचनाको पछि आज भारतीय नागरिक संकेत गोविन्द गुप्तालाई नगदसहितको सामान फिर्ता गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।  उनका अनुसार विन्ध्यवासिनी मन्दिरको पार्किङ क्षेत्रमा साईड ब्याग, घडी, ईयरवट, डाटाकेवल, मनिवर्स, संकेत गोविन्द गुप्ता नाम गरेको भारतीय आधारकार्ड, स्थायी लेखा संख्य कार्ड र भारतीय नगद रु १० हजार ३ सय २० रुपैयाँ फेला परेको थियो ।   

पोखरा:   पोखरामा पार्किङ गरेर राखेको जेसिबी रोलरमा आगलागी हुँदा पूर्ण रुपमा क्षति भएको छ ।  पोखरा महानगरपालिका–९ जनप्रिय स्कुल पछाडि प्रतिभा मार्ग स्थित सडक निर्माणको लागि पार्किङमा राखेको सिम्रन कन्ट्रक्सन प्रालि, महतगौडाको जेसिबी रोलर मेसिनमा हिजो मध्यरातमा आगलागी भएको हो ।  जेसिबी रोलर मेसिनमा मध्यरातमा आगलागी हुँदा रोलरको फलाम भाग बाहेक पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।  रोलर मेसिनमा आगलागी भएको सूचनापछि स्थानीय, नेपाल प्रहरीको दमकलको सहयोगमा साढे १ बजेको समयमा आगलागी नियन्त्रणमा आएको डिएसपी शर्माले बताए । आगालागीको कारण खुलेको छैन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

काठमाडौं:    सर्च इन्जिन गुगलले नेपाल भाषा (नेवारी)मा पनि उल्था गर्ने भएको छ । अंग्रेजी, नेपाली, हिन्दीसहित पहिले १३३ वटा भाषामा उल्था गर्ने गुगलले अरु ११० वटा भाषा थप्दा नेवारी भाषा पनि परेको हो । यससँगै कूल १४३ वटा भाषामा उल्था गर्ने सुविधा प्रदान गरेको गुगलले ब्लग पोष्टमार्फत् जानकारी दिएको छ । आफ्नो यो अपडेटले अनुवाद सेवालाई अधिक समावेशी र सुलभ बनाएको गुगलले दाबी गरेको छ । सुरुमा गुगलले अंग्रेजी, चाइनिज, फ्रेन्च, जर्मन, जापनिज, कोरियन, पोर्चुगिज, स्पेनिस र टर्किस भाषामा उल्था गर्न थालेको थियो । २०७० सालदेखि नेपाली भाषा पनि थपिएको थियो । ट्रान्सलेट डट गुगल डट कममा गएर आफूलाई ट्रान्सलेट गर्नुपर्ने भाषाको प्याराग्राफ वायाँतिरको  कोठामा राखेपछि दायाँ तिरको कोठामा अनुवादसहित देखाइदिन्छ । नयाँ थपिएका भाषाहरुमध्ये एक चौथाइ अफ्रिकी मुलुकमा बोलिने भाषाहरु छन् । त्यसमध्य क्याटोनिज पनि एक हो, जसलाई लामो समयदेखि अधिक व्यक्तिहरुले अनुवाद सुविधामा समावेश गर्न अनुरोध गरेका थिए । ठूलो चुनौति र अप्ठ्याराहरु झेलेर क्याटोनिजलाई पनि समावेश गरेको ब्लगमा उल्लेख छ ।

पोखरा:     कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि जितेको छ । पोखरामा बिहिबार सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५–३८ अंकले पराजित गर्दै कास्कीले उपाधि जितेको हो । उपाधि बिजेता कास्कीले नगद रु ५० हजारसहित, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा तनहुँले नगद रु ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा सेमीफाइनलमा तनहुँले बाग्लुङलाई ४५–४३ को झिनो अंकको जित हात पार्दै फाइनल प्रवेश गर्दा कास्कीले म्याग्दीलाई ४१–२८ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा तृतीय हुने दुई टिम म्याग्दी र बाग्लुङले समान नगद रु ३०–३० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । समापन कार्यक्रममा हालै बंगलादेशमा सम्पन्न बंगबन्धु अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाली टिमका सदस्य बाग्लुङ निवासी विशाल थापालाई सम्मान गरिएको थियो । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा ९ जिल्लाको सहभागिता रहेको थियो   

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताउनुभएको छ । ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताउनुभयो । “हजारौँ महान् शहिदहरू, हजारौँ बेपत्ता योद्धाहरू र लाखौँ क्रान्तिकारी योद्धाहरूले त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यी उपलब्धीहरूलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ ।” जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि क।बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गर्नुभएको स्मरण गर्दै प्रधानमन्त्रीले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको महान् जनयुद्धको दौरानमा समेत उहाँको महत्त्वपूर्ण योगदान गर्नुभएको उल्लेख गर्नुभयो । एकदलीय निरङ्कुश पञ्चायती व्यवस्थाका विरूद्ध जनताले गरिरहेको वीरतापूर्ण प्रतिशोधमाथि दमनस्वरूप २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोक जिल्लाको पिस्करमा सर्वसाधारण जनतामाथि निर्मम दमन र हत्या भएको थियो । स्थानीय समुदायले माघीको अवसरमा शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहँदा पञ्चायती शासकहरूले गरेको आक्रमणमा परी पिस्करमा इले थामी र वीरबहादुर थामी लगायतका योद्धाहरूले उच्च बलिदान गर्नुभएको थियो । उक्त घटनामा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरूण नेपाल, सरेश नेपाल, गोपाल थपलिया लगायतका दर्जनौँ योद्धाले जेलनेल र यातनाको सामना गर्नुपरेको थियो । जगतबहादुर बोहरा उक्त घटनामा सख्त घाइते हुनुभएको थियो ।

काठमाडौं:     प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा राजनीतिक दल र सम्बद्ध पक्षबीच गहन छलफल आवश्यक रहेको बताउनुभएको छ । निर्वाचन आयोग र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले स्वदेशमै एक ठाउँमा मतदाता नामावली भएर अर्को ठाउँमा बस्ने र नेपालमा मतदाता भएर विदेशमा बस्नेलाई मतदानको अधिकारबाट वञ्चित नगराउने मुद्दा विश्वव्यापी सरोकारको विषय भएको बताउनुभयो । उहाँले विद्यमान संवैधानिक व्यवस्था, अन्तर्राष्ट्रिय तथा कानुनी अभ्याससमेतका आधारमा कानुनी र व्यवस्थापकीय प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो । आयोगका सचिव रविलाल पन्थले बसाइँसराइ नागरिकको अधिकार र आवश्यकताको विषय हुने भएकाले विदेशमा रहेका मतदातालाई मताधिकारबाट वञ्चित नगर्ने सवालमा आयोग गम्भीर रहेको बताउनुभयो ।  उहाँले गत निर्वाचनमा कतिपय जिल्ला र क्षेत्रमा ५० प्रतिशतभन्दा कम मत खसेको पाइएकाले आप्रवासनको समस्याका कारण त्यसो भएको हुनसक्ने उल्लेख गर्नुभयो । कार्यक्रममा यससम्बन्धी विज्ञ, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकार भएकाहरुबीच छलफलपछि रायसुझाव तयार गर्ने कार्यसूची छ । सर्वोच्च अदालतले २०७४ चैत १७ गते विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा मतदान दिने कानुनी प्रबन्ध गर्न आदेश दिएपछि आयोग र नेपाल सरकारले कार्यान्वयनका लागि पहल गर्दै आएका छन् ।

पोखरा:    देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यस वर्ष हुने चौथौ हिले महोत्सवको तयारी पुरा भएको छ । महोत्सव अन्तर्गत हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता हुँदैछन् ।   महोत्सवको तयारी स्वरुप महोत्सव स्थल वरपर सरसफाई गरिसकिएको छ भने खेत हिल्याउने कार्य समेत सुरु भएको छ । हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा गर्व गराउँदै कृषिमा आकर्षण बढाउने उद्देश्य साथ महोत्सव आयोजना गरिएको हो । महोत्सवले समग्र पोखरा साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आवागमन बढाउने तथा कृषि क्षेत्रका लागि महोत्सव महत्वपूर्ण हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक हरीशरण पौडेलले बताए । ‘कृषिमा कृषकलाई प्रोत्साहन: विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ स्थानीय देवीस्थान टोलमा महोत्सव हुँदैछ ।जसमा विभिन्न कलाकारले प्रस्तुति समेत राख्नेछन् । प्रतियोगितामा प्रथम तथा द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ। महोत्सव सञ्चालनका लागि करिव रु।७ लाख ३५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।   

काठमाडौं:      स्थानीय सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ ।  काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो । दर्नाल आफैँले चलाएको बाप्र ०२७ च ०४९१ नम्बरको कार कल्भर्टबाट खसेर उक्त दुर्घटना भएको थियो । राती खसेका उनको आज बिहान उद्धार गरिएको हो । उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।