पोखरामा सेलवेजका विरौटा र प्रस्याङमा नयाँ शाखा

पाेखरा | असार १४, २०८१

पोखरामा सेलवेजका विरौटा र प्रस्याङमा नयाँ शाखा

पोखरा:    सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुई ठाउँमा थप शाखा विस्तार गरेको छ । पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना गरेर व्यवसाय गर्दै आएको छ । सेलवेजले पोखरा १७ विरौटा र पोखरा ५ प्रस्याङमा शाखा विस्तार गरेको हो । दुई शाखा थपिए सगँ पोखरामा १० शाखा पुगेका छन् ।


सेलवेजले सेल्सबेरी ब्राण्डमा समेत डिपार्टमेन्टल स्टोर संचालन गरिरहेको छ । सेलवेजले सेल्सबेरी गरेर ४० शाखा पुगेको व्यवस्थापक दयाल गिरीले बताए । विरौटा देखी छोरेपाटन, पुम्दीभुम्दीलाई लक्षित गरि विरौटा शाखा खोलिएको बताए । त्यसै गरी प्रस्याङ शाखाबाट त्यस वरपरको क्षेत्रलाई लक्ष्त गरेर खोलिएको बताए ।


दैनिक आवश्यकता पर्ने सामान किन्न सहज रुपमा पाइने उनले बताए । सेलवेजले यसअघि पोखराको चिप्लेढुंगा, लेकसाइड, विरौटा, भद्रकालि, शान्तिनगर, अम्मरसिंह र बगरमा शाखा बिस्तार गरिसकेको छ । केहीमहिना भित्रै पोखरामा अन्य क्षेत्रमा पनि शाखा बिस्तार गर्ने उनले बताए । नयाँ शाखामा ग्राहक आकर्षण गर्न विभिन्न छुट दिएको पनि उनले बताए । अहिले खाद्यसामाग्री, विद्युतीय सामान राखिएको छ । होम डेलीभरीको पनि व्यवस्था भएको उनले बताए ।


लक्की ड्र मार्फत कार जित्ने अवसर पनि भएको उनले बताए । दुई हजार सम्मको खरिद एउटा कुम्पन पाइने र बम्पर उपहारमा एमजिको इभि कार जित्ने सक्ने उनले बताए । त्यसै गरी प्रथम पुरस्कार स्कुटर, दोस्रो ४० इन्चको टिभि, तेस्रो माइक्रो ओभन, चौथोमा पंखा, पाँचौमा राईकुकर, छैटौमा हटपट उपहार जित्न सकिने उनले बताए । यो उपहार योजना सेलवेज र सेल्सबेरीका सबै शाखामा असार र साउन महिनाभर चल्ने बताए ।


पोखराको चिप्लेढुंगाबाट सन् १९९३ मा सामान्य खाद्यपसलको रुपमा सेलवेजले सेवा दिन थालेको थियो । त्यही व्यवसाय बिस्तार हुँदै जाँदा सन् २००४ मा काठमाडौं प्रवेश गरेको सेलवेजले २०१४ देखि सेल्सबेरीको नाममा शाखा संचालन गरिरहेको छ । विरौटा शाखाको पोखरा १७ की वडा अध्यक्ष राधीका शाहीले उद्घाटन गरीन् । उनले पोखरा १७ विरौटा देखी छोरेपाटन क्षेत्रमा सहरी घनत्व बढ्दै गएको बताए ।

पोखरा:   बक्स पोखराको आयोजनामा यही असार २७, २८ र २९ गते पोखरा रंगशालामा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । बक्स पोखराले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।...

थप पढ्नुहोस्

पोखरा:   चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यले सम्पन्न भएको छ । चलचित्र पत्रकार स...

थप पढ्नुहोस्

पोखरा:   रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल रेवान पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्राविधिक सहयोगमा एक दिने रेष्टुरेण्ट तथा ह...

थप पढ्नुहोस्