विन्ध्यवासिनीमा फेला परेको नगदसहितको सामान सम्बन्धित धनी भारतीय नागरिकलाई २ सातापछि फिर्ता

पाेखरा | असार १४, २०८१

विन्ध्यवासिनीमा फेला परेको नगदसहितको सामान सम्बन्धित धनी भारतीय नागरिकलाई २ सातापछि फिर्ता

पोखरा:   विन्ध्यवासिनी मन्दिरको पार्किङ क्षेत्रमा फेला परेको नगदसहित सामान प्रहरीले सम्बन्धित धनी भारतीय नागरिकलाई २ सातापछि फिर्ता गरेको छ । 


सामान फेला परेको सूचनापछि आज जिल्ला प्रहरी कार्यालय कास्कीमा आएका भारतीय नागरिकलाई प्रहरीले सामान २ सातापछि फिर्ता गरेको हो । 


गएको जेठ ३१ गते विन्ध्यवासिनी मन्दिरको पार्किङ क्षेत्रमा फेला परेको नगदसहित सामान पोखरा रानी पौवा बस्ने सम्झना रानामगरले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएकी थिइन् । 

 


विन्ध्यवासिसिनी मन्दिरको पार्किङ क्षेत्रमा नगदसहित सामान फेला पारेर कास्की प्रहरीलाई बुझाएपछि प्रहरीले सम्बन्धित व्यक्तिलाई सामान फिर्ता लैजान जेठ ३१ गते नै सूचना जारी गरेको थियो । 


प्रहरीले जारी गरेको सूचनाको पछि आज भारतीय नागरिक संकेत गोविन्द गुप्तालाई नगदसहितको सामान फिर्ता गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । 


उनका अनुसार विन्ध्यवासिनी मन्दिरको पार्किङ क्षेत्रमा साईड ब्याग, घडी, ईयरवट, डाटाकेवल, मनिवर्स, संकेत गोविन्द गुप्ता नाम गरेको भारतीय आधारकार्ड, स्थायी लेखा संख्य कार्ड र भारतीय नगद रु १० हजार ३ सय २० रुपैयाँ फेला परेको थियो । 


 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्