पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा:   पोखरामा जारी २३औं आहा! रारा पोखरा गोल्डकपमा आज सेमिफाइनलको पहिलो खेल हुँदै छ । पहिलो सेमिफाइनल खेलमा आज थ्रीस्टार र जावलाखेल युथ क्लब खेल्दै छन् ।  उक्त खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेबाट सुरु हुनेछ ।  खेलको विजेता टोली फाइनलमा पुग्नेछ ।  आहा! रारा इतिहासमा थ्रीस्टार र जावलाखेल तेस्रोपटक भिड्न लागेका हुन् ।  यस्तै दोस्रो सेमिफाइनलमा भोलि त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।  माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार पुरस्कार पाउनेछन्

काठमाडौं:    आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा आज बङ्गलादेश र नेपालबिच प्रतिस्पर्धा हुने भएको छ । दक्षिण अफ्रिकाको मनगंग ओभलमा हुने यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बङ्गलादेश समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा आएका हुन् । नेपालले समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रनको र पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकालेपछि नेपालले सुपर सिक्समा स्थान बनाएको हो ।  यता, बङ्गलादेशले भने समूह चरणमा भारतसँग ८४ रनको हार व्यहोरेको थियो । यसपछिका दुई खेलमा आयरल्यान्डलाई ६ विकेट र अमेरिकासँग १२१ रनको जित निकाल्दै सुपर सिक्समा स्थान बनाएको हो ।

पोखरा:    १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागि हुने धावकहरुको कोटा (संख्या) निर्धारण सँगै माघ २८ गते सम्म खेलाडीहरुको अन्तिम दर्ता हुने आयोजकले जनाएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्च नेपालले सञ्चालन गर्ने देशकै जेठो र पहिलो म्याराथन पोखरा म्याराथनमा सहभागिता जनाउन कोटा निर्धारण गरिएको हो । नेपाली सिटी म्याराथनको इतिहासमा नै यसरी कोटा निर्धारण गरिएको हो । संसारभरका अन्य ठूला म्याराथनलाई समेत आत्मसाथ गर्दै पहिलो पटक यसरी कोटा निर्धारण गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनएका छन् । १८ औं संस्करणको तयारीमा जुटिरहेको मञ्चले नेपालमा नै पहिलो पटक हरेक इभेन्टमा चिप्सको ब्यवस्था गरेको छ । यस अघि म्याराथमा सिमित चिप्सको प्रयोग १८ औं संस्करणको खुल्ला म्याराथन संगै हाफ म्याराथन महिला, १० किमि महिला÷पुरुष दौड र ५ किमि छात्र÷छात्राको दौडमा समेत चिप्सको प्रयोग हुने भएको अध्यक्ष पराजुलीले जानकारी दिए । “अब सबै दौडहरुको सहि समय र दुरी मापन हुन्छ” उनले भने–“कुनै पनि धावकले रुट भन्दा बाहिर भागबाट छलेर दौड पुरा गर्न पाउने छैनन् । यसले खेलाडीमा समेत् हौसला बढ्नेछ भने आफ्नो टाइमिङकोस्तर के हो भन्ने विषयमा स्पष्ट हुन सकिनेछ ।” गत वर्षबाट खुल्ला म्याराथनबाट सुरु गरिएको चिप्सको प्रयोग नेपाल रन युकेको सहकार्यमा भएको हो । १८ औं सस्करणका लागि भने सबै टेक्निकल डिभाइस (चिप्स)हरु करिब ३ हजार थान गैर आवाशिय नेपाली संघ (एनआरएनए) आइसिसी र पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च युकेको सहकार्यमा भएको मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले जानकारी दिएका छन् । उनले भने–“नेपाली खेलकुदको इतिहासमा यो नयाँ फड्को हो । जहाँ म्याराथन मात्रै नभई १० किमि र ५ किमिमा समेत चिप्सको प्रयोग हुँदैछ । यसले नेपाली खेलकुदलाई प्रविधीमैत्री बनाउनु पर्छ भन्ने बलियो सन्देश समेत दिनेछ ।” नेपाली सिटी म्याराथनको इतिहासमा नै पहिलो पटक हामी कोटा निर्धारण गर्दैछौं” ओलम्पिक कमिटीका उपाध्यक्ष समेत रहेका गुरुङले भने–“यसले खेलाडीलाई अन्तिम समयमा आएर दर्ता गर्ने परिपाटी समेत निराकरण गर्नेछ भने सहभागि हुने हरुलाई समेत आफ्नो भूमिका के हुनुपर्छ भन्ने विषयमा प्रष्ट्याउँछ ।” सबै इभेन्टमा टेक्निकल डिभाइस ९चिप्स०को प्रयोग हुने भए पछि आयोजकले माघ २८ गते सम्म अन्तिम दर्ता तोकेको छ । तर यस अघि दौडको अघिल्लो दिन सम्म धावकहरु दर्ताका लागि आउने गरेको अध्यक्ष पराजुलीले बताए । उनले विगतका वर्षहरुलाई सम्झिंदै भने–“विगतमा खेलाडीको दर्ता अन्तिम समयमा हुँदा हामीले निकै ठूलो समस्या भोग्नु परेको थियो । तर यो वर्षबाट त्यो समस्या हट्नेछ संख्या अनुसार खेलाडीहरुको सहभागिता हुनेछ भने अन्यलाई हामीले ‘रन फर फन’मा जोड्ने छौं । ‘रन फर फन’को संख्या १० हजारको हाराहारीमा हुनेछ ।” उनका अनुसार खुल्ला म्याराथन ४२.१९५ किमि–१६० जना, महिला हाफ म्याराथन– ५० जना,१० किमि पुरुष–४५० जना,१० किमि महिला–१५० जना,५ किमि छात्र–१२०० जना,५ किमि छात्रा–७०० जना,५ किमि भेट्रान पुरुष– ५० जना र ५ किमि भेट्रान महिला–२५ जनाको सहभागिता रहनेछ ।  अपाङ्गतर्फको दौडमा भने चिप्सको प्रयोग हुनेछैन ।  पोखरा म्याराथनको मुख्य प्रायोजकको रुपमा सुजल डेरीको उत्पादन सफल दुध रहेको छ । यसै गरी गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, पोखरेली मञ्च युके, गैर आवाशिय नेपाली संघ, तमु धिं युके, सहारा युके, बगर भाइ खलक युके, नेपाल रन युके, नेपाली समाज अस्ट्रेलिया, अमेरिका, वि विल राइज फाउन्डेशनलागयतको मुख्य सहयोग रहनेछ । पोखरा म्याराथन नेपालकै सर्वाधिक पुरस्कार राशी भएको म्याराथन समेत हो भने १८ औं सस्करणमा ४१ जना विभिन्न इभेन्टमा बिजेता प्रतियोगीहरुलाई १८ लाख १६ हजार नगद प्रदान गरिनेछ ।

पोखरा:    प्रथम पुन हिल कप भलिबल प्रतियोगितामा प्रौढतर्फ सेमिफाइनलको समिकरण पूरा भएको छ । ४० वर्षमाथिको प्रौढ भलिबलमा आयोजक पुन समाज नेपाल, पोखरा भेट्रान्स, रामबजार भेट्रान्स र सिद्धिकाली गाछेपानी भेट्रान्स सेमिफाइनल प्रवेश गरेका छन् ।  पुन समाज नेपालले सोमबार नै ढुंगेपाटन पुन समाजलाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । पोखरा भेट्रान्सले मंगलबार भएको खेलमा एक्स एबिसी भेट्रान्सलाई २–० को सोझो सेटमा पाखा लगाउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।   प्रिक्वार्टर फाइनलमा अकलादेवी भेट्रान्सले वाकओभर दिएपछि क्वार्टरफाइनलमा पुगेको एक्स एबिसीसँग कुश्मा भेट्रान्सले वाकओभर दिएपछि पोखरा भेट्रान्सको भेट पक्का भएको हो ।  रामबजार भेट्रान्सले लामाचौर भेट्रान्सलाई २–० कै सोझो सेटमा हराउँदै सेमिफाइनल पुगेकोे छ ।  रामबजार भेट्रान्सले ढुंगेसाँघु पुन समाज लाई २–० को सेटमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो । लामाचौर भेट्रान्सले सोमबार नै रामबजार पुन समाजलाई २–० कोे सेटमा हराएर आन्तिम ८ मा स्थान बनाएको थियो । सिधैं बाइ पाएर क्वार्टरफाइनल खेलको सिद्धिकाली गाछेपानीले आर्थर डाँडाखर्क भेट्रान्सलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय ग¥यो ।  अब सेमिफाइनलमा पुन समाज नेपाल र पोखरा भेट्रान्स आमनेसामने हुँदा सिद्धिकालिसँग रामबजारको प्रतिस्पर्धा हुनेछ ।  १२ समूह सहभागि भएको ४० वर्षमाथि उमेर समूहको प्रोढ भलिबलको विजेताले विजेताले ३३ हजार ३३३ रुपैयाँसँगै मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछ । उपविजेताले २० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  मंगलबारनै महिलातर्फ २ खेल भए । पहिलो खेलमा ढुंगेपाटन पुन समाजले ढुंगेसाँघु पुन समाजलाई २–० को सोझो सेटमा पाखा लगायो । अर्को खेलमा आयोजक पुन समाज नेपालले कालिक पब्लिक क्याम्पसलाई २–० को सोझो सेटमा हराउदै अघिल्लो चरणकोे यात्रा तय गरेको छ ।  १५ समूह सहभागि रहेको महिलातर्फको विजतालाई ६६ हजार ६६६ रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र तथा उपविजेतालाई ३३ हजार ३३३ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, खुल्ला पुरुषतर्फको पनि १ खेल मंगलबार भएको छ । पुरुषतर्फ क्लबस्तरीय भलिबलमा नेपाली सेनाको रणचन्डि दल विजयपुरलाई रामबजार पुन समाजले २–० को सोझो सेटमा पराजित गर्न सफल भयो । पुरुषतर्फ १८ टिमको सहभागीता रहेको छ ।  माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फको विजेताले १ लाख ११ हजार १११ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र पाउने महासचिव खिमन शेरपुर्जा पुनले जानकारी दिए । उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।  

पोखरा:    पोखरामा जारी २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाटेडले नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।  चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्‍याउन खेलको एक मात्र निर्णायक गोल समिर तामाङले गरे । खेलमा पहिलो हाफ गोलरहित भएको थियो । दुवै टिमले गोल गर्न पटकपटक मौका पाए पनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा चर्चब्वाइजले नेपाल पुलिसलाई दबाबमा राख्न सफल भएको थियो भने दोस्रो हाफमा पुलिस केही लय सुधारेर मैदान प्रवेश गरेको थियो । तर, गोल गर्न नसक्दा नतिजा उल्ट्याउन भने सकेन । आज चर्चब्वाइज विजयी भएसँगै पोखरामा जारी २३ औं आहारारा पोखरा गोल्कडपको सेमिफाइनल पूरा भएको छ । २३ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा चर्चब्वाइजसँगै थ्रीस्टार, नेपाल आर्मी र जावलाखेल युथ क्लब पुगेका छन् । अब चर्च ब्वाइजले माघ १८ गते त्रिभुवन आर्मी क्लबसँग फाइनल प्रवेशका लागि खेल्ने छ । पहिलो सेमिफाइनलमा भोलि बुधबार थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा:  जावलाखेल युथ क्लबले मनाङ मस्र्याङ्दी क्लबविरुद्द संघर्षपूर्ण जीत निकाल्दै पोखरामा जारी २३ औं आहा! रारा पोखरा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको  छ ।   पोखराको रङ्गशालामा आज भएको क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई सोमबार सडन डेथमा पराजित गर्दै जावलाखेल सेमिफाइनलमा स्थान पक्का गरेको हो ।   निर्धारित तथा अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछिछ खेल टाईब्रेकरमा पुुगेको थियो ।   टाइब्रेकरमा पनि‌ ४–४ को बराबरी भएपछि सडन डेथबाट निर्णय भयो ।  दुवै टिमका ९ खेलाडीले पेनाल्टी प्रहार गर्दा जावलाखेल सडन डेथमा ७–६ गोल अन्तरले विजयी भयो ।       नवौं पेनाल्टी सुटरका रुपमा आएका एमएमसिका पोखरेली फुटबलर रन्दिप पौडेलको प्रहारलाई जावलाखेलका गोलरक्षक अनिश देउलाले बचाएपछि जावलाखेलले सेमिफाइनलको यात्रा पक्का गर्याे ।   से​मिफाइनलमा अब जावलाखेलले थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने त्रिभुवन आर्मी फुटबल क्लबले मंगलबार हुने  चर्च ब्वाइज युनाइटेड क्लब र नेपाल पुलिस क्लबबीचको विजेता टोलीसँग भिड्नेछ ।   आहा! रारा गोल्डकपको २३ औं संस्करणको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।  

बागलुङ:     प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले प्रेस चौतारी कप–२०८० अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ ।  प्रेस चौतारी बागलुङले सोमबार पत्रकार सम्मेलन गरी प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा माघ १९ गतेदेखि २२ गतेसम्म बागलुङमा प्रेस चौतारी कप गर्न लागेको जानकारी गराएको हो ।  पत्रकार सम्मेलनमा अध्यक्ष सिर्जना पन्तले पत्रकारका साथै विद्यालय र विद्यार्थीहरुलाई खेल र खेल पत्रकारितासँग जोड्नको लागि प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।  ‘राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्गम स्थल विद्यालय हो, विद्यालय केन्द्रित प्रतियोगिता नियमित आयोजना हुनुपर्छ,’ अध्यक्ष पन्तले भन्नुभयो,‘चौतारीले यो प्रतियोगिता यहि हेतुका साथ गर्न लागेको हो, पत्रकारका साथै विद्यालय र विद्यार्थीलाई समेत खेल र खेल पत्रकारितासँग जोड्नुपर्छ ।’ अध्यक्ष पन्तले केन्द्रीय मूलधारको मिडियामा बिट पत्रकारिता हुने र मोफसलमा सबै बिधामा उत्तिकै पोख्त हुनुपर्ने बाध्यता रहेको बताउँदै जिल्ला स्तरमा हुने दुर्लभ प्रतियोगिता र त्यसको रिर्पोटिङमा देखिने यथेष्ट अभ्यास, ज्ञान र अनुभवको कमीलाई पुरा गर्न ठोस पहलकदमी कसैले नउठाएका कारण चौतारीले अग्रसरता देखाएको बताउनुभयो । उहाँले यस प्रतियोगितालाई सामाजिक, सांगठनिक उत्तरदायित्व नै ठानेको बताउनुभयो । प्रतियोगिताले फुटबल प्रतियोगिता सहित समग्र खेल रिपोर्टिङमा समेत टेवा पुग्ने अपेक्षा लिएको अध्यक्ष पन्तको भनाई छ । उहाँले प्रतियोगितामा जित हारको सूचना समाचार मात्र नभई जिल्लाको खेलकुद पत्रकारितालाई खेल र नतिजालाई रिपोर्टिङ भन्दा फराकिलो दायरामा लैजानु अपरिहार्य रहेको बताउँदै खेल पूर्वाधार, खेलाडी प्रोफाइल, खेल सम्भावना, खेल एकता र जिलला भित्रको फुटबलको समग्र विकास जस्ता विषय पनि समेट्ने प्रेरक परिवेश तयार गर्नका लागि प्रतियोगिता सिद्ध हुने बताउनुभयो ।  प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने सचिव अर्जुन कार्कीले बताउनुभयो । उहाँले प्रतियोगितामा ४ लाख ७२ हजार ५ सय रुपैयाँ खर्च लाग्ने जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्नको लागि जिल्ला फुटबल संघ बागलुङ र जिल्ला खेलकुद विकास समिति बागलुङको प्राविधिक सहयोगका साथै विभिन्न संघ, संस्था, बैंक तथा स्थानीय तहहरुले सहयोग गरेको अध्यक्ष कार्कीले बताउनुभयो ।  प्रतियोगितामा १५ भन्दा बढी विद्यालयहरुको टिमले सहभागिता जनाउने अपेक्षा गरिएको उपाध्यक्ष तथा टिम व्यवस्थापनका संयोजक खेमराज गौतमले सुवासले जानकारी दिनुभयो । टिम दर्ताको लागि माघ १७ गतेसम्मका समय रहेको र दर्ता शुल्क पाँच हजार रुपैयाँ रहेको उहाँको भनाई छ । प्रतियोगिताका सम्पूर्ण खेलहरु नकआउटका आधारमा खेलाइनेछ । प्रतियोगिता सम्पूर्ण खेलहरु बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौर खेलमैदानमा हुनेछन् । माघ २२ गते २६ औं स्थापना दिवसको मुल समारोहमा प्रतियोगिताको फाइनल खेलका साथै प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार र प्रेस चौतारी युवा क्रियाशील पत्रकारिता पुरस्कार वितरण गरिने प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज तारानाथ आचार्यले जानकारी दिनुभयो ।

काठमाडौं:     नेपाल पुलिस क्लब जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनल पुग्ने पहिलो टोली बनेको छ । सोमबार मुलपानीमा भएको खेलमा गण्डकी प्रदेश विरुद्ध ६ विकेटको जित दर्ता गरेको पुलिसले लगातार सातौँ जित सहित दुई खेल खेल्नु अगावै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । यसपटक शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्ने समीकरण रहेको छ । हाल पहिलो स्थानमा रहेको पुलिसले अहिलेसम्म खेलेका सबै खेलमा जित हासिल गर्दै १४ अंक जोडेको छ । अब त्रिभुवन आर्मी क्लब बाहेक अरु कुनै टोलीले १४ अंक पुर्याउन सक्ने छैनन् । १२ अंक जोडेका बागमती र मधेशले सबै खेल खेलिसकेका छन् । ७ खेलमा ८ अंक सहेको एपिएफ पनि फाइनल पुग्ने होडबाजीमा छ ।  पुलिसले आज गण्डकी प्रदेशले लिएको १७१ रनको लक्ष्य २४.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । पुलिसका लागि ओपनर दिलिप नाथले ३९ बलमा ६ चौका र ४ छक्का सहित ५७ रनको विष्फोटक इनिङ खेले । यस्तै अर्जुन साउद ४९ बलमा ५ चौका र १ छक्का सहित ४४ रनमा अविजित रहे । अर्कातिर आरिफ शेखले २२ बलमा २७ रन बनाएर नटआउट रहे । ओपनर कुशल भुर्तेल ६ बलमा ४ चौका र १ छक्का सहित २२ रन बनाएर आउट भएका थिए । गण्डकीका लागि सन्दिप पराजुलीले २ विकेट लिए भने कमल परियार र बिपिन खत्रीले समान १÷१ विकेट लिए ।  त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश ३८.३ ओभरमा १७० रनमा समेटियो। गण्डकीका लागि अमृत गुरुङले ३९ बलमा ८ चौका र २ छक्कासहित ५० रनको आक्रामक अर्धशतकिय इनिङ खेले । यस्तै करन पंगेनी र कमल परियारले समान ३०÷३० रन बनाउँदा समिर कंडेलले २९ रन बनाए ।    पुलिसका लागि राशिद खान एक्लैले ६ ओभरमा २५ रन दिँदै ५ विकेट लिए । यस्तै करन केसी र ललित राजबंशीले समान २÷२ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए ।   

काठमाडौं: बंगलादेशमा हुने यू–१९ साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमलाई बिदाइ गरिएको छ ।   अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकगविक्रम नेम्बाङसहितले एन्फा कम्लेक्समा भएको कार्यक्रममा खेलाडीको बिदाइ गरेका हुन् ।   उमेर समूह खेलेका खेलाडीको बाहुल्यता रहेको टोलीले उपाधि जित्ते लक्ष्य राखेको छ ।    २ फेब्रुअरीदेखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् ।   राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । नेपालले २ फेब्रुअरीमा घरेलु टोली बंगलादेशसँगको खेलबाट प्रतियोगिता सुरु गर्ने छ ।   ४ फेब्रुअरीमा भुटानसँग खेल्ने नेपालले ६ फेब्रुअरीमा भारतसित खेल्ने छ ।