काठमाडौँ, वैशाख ९ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले जिम्बाब्वे ए विरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा जिम्बाब्वेरुद्ध खेल्ने एकदिवसीय र टी-२० क्रिकेट सिरिजका लागि २३ सदस्यीय राष्ट्रिय खेलाडी टोलीको घोषणा गरेको हो । क्यानले यही २३ खेलाडीबाट खेलकै दिन सुरुवाती ११ खेलाडी छनोट गर्ने पनि जनाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपालले जिम्बावे ए सँग वैशाख १७, १९ र २१ गते एकदिवसीय तथा वैशाख २३, २४ र २६ गते टी-२० सिरिज खेल्नेछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको तयारीका लागि जिम्बाब्वे ए सँग सिरिज खेल्न लागेको हो ।नेपालसँगको खेलका लागि जिम्बाब्वेले पनि टोलीको घोषणा गरेको छ । लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान , यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् । नेपाली टोली : सन्दीप लामिछाने (कप्तान) ,दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, विक्रम सोब र सुनिल धमला । जिम्बाब्वे टोली : क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोङग्वे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योङगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर र त्सिग्वागा तफाडजवा ।
काठमाडौँ, वैशाख ३ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत नेपाल प्रशिक्षक संघको अध्यक्षमा राजेन्द्र तामाङ निर्वाचित हुनुभएको छ । संघको शनिबार चितवनमा सम्पन्न निर्वाचनले राजेन्द्रको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा समिर लिम्बु, सुरेन्द्र तामाङ र हेमबहादुर गुरुङ तथा सदस्यहरुमा अर्जुन चौधरी, मन्जित पुन, सनोज श्रेष्ठ, बिमन श्रेष्ठ, रामचन्द्र थापा, बिजय श्रेष्ठ, धनेश्वर प्रजापति, सरोज श्रेष्ठ, बिनोद महर्जन, अनिल तामाङ र महिला सदस्यमा भगवती रानामगर निर्वाचित हुनुभएको छ । एन्फाको असार ६ गते हुने नयाँ कार्यसमिति निर्वाचनमा प्रशिक्षक संघबाट एकजनालाई मताधिकार रहेको छ । यसैगरी एन्फा निर्वाचनका लागि एन्फामा आवद्ध ४८ जिल्लामध्ये ४५ जिल्ला, ‘ए’ डिभिजन क्लबबाट १४, ‘बी’ बाट ११ र ‘सी’ डिभिजन क्लबलाई नौ, खेलाडी संघ, महिला र रेफ्री संघलाई एकम एक मताधिकार प्रदान गरेको छ । एन्फाले राष्ट्रिय लिगका लागि छनोट भएका मोफसलका चार क्लबलाई पनि यसपटक निर्वाचनमा मताधिकार दिएको छ ।
काठमाडौँ, चैत २९ गते । एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग फराकिलो हार खेपेको छ । किर्गिस्तानको विश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ८–१ गोलले पराजित भयो । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल यस हारसँगै सबै खेलमा जितविहीन बनेको छ । अघिल्ला दुई खेलमा पराजय भोगेको नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिष्ठाका लागि खेलेको थियो । यससँगै नेपाल अंक विहीन बन्दै घर फर्कने भएको छ । छनोट अन्तर्गत नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ गोलले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ गोलले पराजित भएको थियो ।
काठमाडौं, चैत २७ गते । छैठौं राष्ट्रिय पुरुष खो खो प्रतियोगिता त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित कभर्ड हलमा नेपाल खो खो संघको आयोजनामा शनिबार सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा आर्मीले लुम्बिनी प्रदेशलाई झिनो अंक अन्तरले पराजित गरेको हो । लुम्बिनी प्रदेशले दिएको १८ अंकको चुनौतीलाई आर्मीले पछ्याउँदै १९ अंकले जित सुनिश्चित गरेको हो । यस्तै, सुदूरपश्चिम प्रदेशलाई हराएर बागमती प्रदेश तेश्रो भएको छ । विजयी सबै टोलीलाई प्रमुख अतिथि अनक कन्स्ट्रक्सनका अध्यक्ष श्रीराम महर्जनले ट्रफी तथा उज्ज्वल शिशु निकेतन एकेडमीका सहप्रधानाध्यापक ईश्वरमुनी बज्राचार्यले प्रमाणपत्र वितरण गर्नुभएको थियो । तीनदिनसम्म चलेको यस प्रतियोगितामा त्रिभुवन आर्मी, सशस्त्र प्रहरीसहित बागमती, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सहभागिता थियो ।
नेपालगञ्ज, चैत २६ गते । राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगतामा नेपाल पुलिस क्लब, नेपाली सेना, बागमती र सुदूरपश्चिम प्रदेशले एक/एक स्वर्ण प्राप्त गरेका छन् । बाँकेको डुडुवा गाउँपालिकाको बनकट्टीमा सम्पन्न भएको राष्ट्रिय महिला तथा पुरुष कुस्ति प्रतियोगतामा चार तौल समूहको खेल भएको थियो । सो खेलमा पुलिस, सेना, बागमती र सुदूरपश्चिमले एक–एक स्वर्ण पदक प्राप्त गरेका थिए भने तीन वटा रजत पदक लुम्बिनी प्रदेशले प्राप्त गरेको थियो । कुस्तिका प्रमुख राष्ट्रिय प्रशिक्षक मुमताज सिद्दिकीका अनुसार महिलाको ५५ केजी तौल समूहमा सुदूरपश्चिम प्रदेशकी मनीषा शाहले स्वर्ण, लुम्बिनी प्रदेशकी सृजना चन्दले रजत, नेपाली सेनाकी लक्ष्मी तामाङ र मधेश प्रदेशकी लक्ष्मी मण्डलले कास्य पदक प्राप्त गर्नुभयो । यस्तै, महिलाकै ६५ केजी तौल समूहमा नेपाली सेनाकी सुशिला चन्दले स्वर्ण, नेपाल पुलिसकी लक्ष्मी भट्टले रजत, सुदूरपश्चिमकी विमला सुनार र मधेश प्रदेशकी गीता मण्डलले कास्य पदक प्राप्त गर्नुभयो । सोही प्रकारले पुरुषहरुको ७४ केजी तौल समूहमा नेपाल पुलिसका गंगाराम चमारले स्वर्ण, लुम्बिनी प्रदेशका फजिल रावत गद्दीले रजत, कर्णाली प्रदेशका श्रवण कुमार कौशल र गण्डकी प्रदेशका ओम नारायणले कास्य पदक प्राप्त गर्नुभयो । यस्तै, पुरुषहरुको ८६ केजी तौल समूहमा बागमती प्रदेशका आदित्यराज यादवले स्वर्ण, लुम्बिनी प्रदेशका मुनेश्वर यादवले रजत, नेपाल पुलिसका दीपेश रावत कंकर र सुदूरपश्चिमका कृष्ण यादवले कास्य पदक प्राप्त गर्नुभयो । डुडुवा गाउँपालिका र बाँके जिल्ला कुस्ति संघको आयोजनामा भएको सो राष्ट्रिय कुस्ती प्रतियोगितामा सात वटा प्रदेश र नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मी क्लब गरेर नौ वटा टोलीको सहभागिता थियो । पदक विजेताहरुलाई डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले पदक, प्रमाणपत्र तथा नगद प्रदान गर्नुभयो ।
जुम्ला, चैत २७ गते । तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथुनको नतिजा प्रकाशन भएको छ । जुम्लादेखि रारासम्मको म्याराथनको ४९ किलोमिटर दूरीलाई ५ घण्टा २ मिनेट २० सेकेण्डमा पार गर्दै पुरुषतर्फ जुम्लाकै धावक दुर्गबहादुर बुढाले प्रथम हुँदै उपाधि चुम्नुभएको हो । महिलातर्फ पनि जुम्लाकै धाविका शारदा भण्डारी बुढाले ६ घण्टा ३४ मिनेट ४१ सकेण्डमा ४९ किलोमिटर दूरी पार गर्दै प्रथम हुनुभयो । पुरुषतर्फ द्वितीय हुनेमा दलबहादुर बुढा, ५ घण्टा ५ मिनेट ४८ सेकेण्ड, तृतीय बेदबहादुर शाही र चन्द्र रावल र ७ जना पुरुषतर्फ सान्त्वना भएको आयोजक संस्था कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो । उहाँकाअनुसार महिलातर्फ द्वितीय गणना भण्डारी ४९ किमी दूरी ६ घण्टा ५९ मिनेटमा पार गर्नुभएको छ । तृतीय मन्जु रावत र उमाकली बुढासहित ७ जना भएका छन् । कर्णालीको पर्यटन प्रवर्धन तथा उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्र स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनको ४९ किमी दौडमा भारतका एक जनासहित नेपालको १० जिल्लाका ७७ जना खेलाडीको सहभागिता थियो । जसमा महिला पुरुषतर्फ जुम्लाकै धावक र धाविकाले उपाधि जित्न सफल भएका छन् । म्याराथनको उपाधि जित्नेलगायत टप १० भित्र पर्ने सबै खेलाडिलाई पर्यटकीय स्थल मुगुको रारातालमा आइतबार बिहान पुरस्कार वितरण गरिएको छ । म्याराथनको ४९ किमी दौडमा प्रथम हुने दुर्गबहादुर बुढाले कर कट्टीसहित नगद एक लाख २३ हजार पाँचसयसहित मेडल, प्रमाणपत्र ट्रफि प्राप्त गर्नुभयो । द्वितियले ६२ हजार ५ सय, तृतीयले ३७ हजार ५ सय र सान्त्वना हुने ७ जनाले ३ हजार पाँच सयका दरले पुरस्कार पाएका छन् । त्यस्तै महिलातर्फ पनि प्रथम हुने शारदा भण्डारी बुढाले नगद एक लाख २३ हजार पाँचसय पदक, प्रमाणपत्र ट्रफी पाएकाे पाउनुभएको छ । द्वितीयले ६२ हजार ५ सय, तृतीयले ३७ हजार ५ सय र सान्त्वना हुने ७ जनाले ३ हजार पाँच सयका दरले पुरस्कार वितरण गरिएको छ । रारामा मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, बरिष्ठ धावकहरु वैकुण्ठ मानन्धर, हरिबहादुर रोकाया, कर्णाली प्रदेश खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमाल, नेपाल राष्ट्रिय खेलकुद परिषदका एथलेटिक्स प्रमुख प्रशिक्षक चन्द्र गुरुङ, हुम्ला जुम्ला गाडी कहिले पुग्छका गायकार बुद्धिमान तामाङसहितले विजेता खेलाडीलाई पुरस्कार वितरण गर्नुभयो । यसैगरी जुम्ला–रारा अल्टा म्याराथनको १६ वर्षमुनिको पाँच किलोमिटर दौडमा अशोक विक र सुशीला विष्ट प्रथम हुनुभयो । पाँच किलोमिटरमा पुरुषतर्फ अशोक र महिलातर्फको दौडमा सुशीला प्रथम हुनुभयो । यसैगरी पुरुषतर्फ दीपेन्द्र बुढा द्वितीय र कवीन्द्र बुढा तृतीय हुनुभयो । पाँच किलोमिटरमा महिलातर्फ कल्पना बुढा द्वितीय र अन्तिममा बुढा तृतीय भएको कर्णाली स्पोट्र्स क्लबका शाहीले बताउनुभयो । यसैगरी खुला पाँच किलोमिटर दौडमा विकास बुढा प्रथम, हरिबहादुर रावत द्वितीय र हर्क रावत तृतीय हुनुभयो । उहाँहरूलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले पुरस्कार वितरण गर्नुभयो । १६ वर्षमुनिको दौडमा विजेता खेलाडिलाई क्रमशः प्रथमलाई १० हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार रूपियाँ पुरस्कार प्रदान गरिएको छ । १६ वर्षमुनिको खेलमा १५६ जना खेलाडी सहभागी भएका थिए । ओपन ५ किमी दौडमा २ सय बढी खेलाडीले भाग लिएको आयोजकले जनाएको छ । तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनमा भारतसहित नेपालका १० जिल्ला र जुम्लाका गरी झन्डै चार सय खेलाडी सहभागी भएका छन् ।
काठमाडौँ, २७ चैत (रासस) प्राप्त गरेको छ । उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन् । सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन् । रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन् । उनलाई हराएकी फिलिपिन्सकी खेलाडीले नै फाइनलमा भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितिन् । सन् २०१० पछि नेपालले बक्सिङमा पदक प्राप्त गरेको हो । प्रतियोगितामा नेपालबाट रावलसँगै चन्द्रकला थापा, मिनु गुरुङ, सुष्मा तामाङ र भूपेन्द्र थापामगरले प्रतिष्पर्धा गरेका थिए । नेपाली टोलीको प्रशिक्षकमा प्रकाश थापामगर रहेका थिए । गुरुङले ५१ किलो, थापामगरले ६३, थापाले ५७ तथा तामाङले ४८ किलो तौल समूहमा प्रतिष्पर्धा गरेको मुख्य प्रशिक्षक थापामगरले जानकारी दिए । प्रतियोगितामा नेपालका धनकुमार मैनालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
तानसेनमा सञ्चालित सञ्जय स्मृति राष्ट्रिय महिला बिच भालिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनल खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २–० को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो । पुलिसले लुम्बिनीलाई २१–८ र २१–१७ ले पराजित ग¥यो । नेपाल पुलिसकी कमला पुन र मनिषा चौधरीले लुम्बिनी प्रदेशकी भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई पराजित गरेको हो । उपाधिसँगै पुलिसले रु एक लाख र उपविजेता लुम्बिनीले रु ५० हजार नगद प्राप्त गरेका छन् । सञ्जय स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा दुई विभागीय टोली पुलिस, एपिएफ र सात प्रदेशका टोली सहभागी थिए । प्रतियोगिताको समापनका अवसरमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले रानीमहल महिला बिच भलिबलको गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो“रानीमहल परिसरलाई महिला बिच भलिबलका रूपमा विकास गरी पर्यटन प्रर्वद्धन गर्न आवश्यक छ ।” सो अवसरमा पूर्वगभर्नर नेपाल, सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्के, नायक धिरेन शाक्यलगायतले जिल्लाका दुई राष्ट्रिय खेलाडीलाई सम्मान गर्नुभएको थियो ।
जुम्लाः जुम्लामा रारा अल्ट्रा म्याराथन सुरु भएको छ । जिल्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले म्याराथन सुरु गरिएको हो । कर्णाली स्पोर्टस् क्लब जुम्लाको आयोजनामा भएको उक्त म्याराथनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्नुभयो । क्लबका अध्यक्ष सरोज शाहीले खेलकुदको महत्वबारे बुझाउन तथा खेल संस्कृतिको विकास गर्न म्याराथन सुरु गरिएको बताउनुचयो । कीर्तिमानी धावक हरिबहादुर रोकायाले अल्ट्रा म्याराथन पहाडमा दौडिँदै शान्तिको आनन्द लिने माध्यम भएको धारणा राख्नुभयो । कर्णाली स्पोर्टस् क्लबका अनुसार हालसम्म दौडका लागि ६० जनाले नाम दर्ता गराएका छन् । प्रथम हुनेले रु एक लाख २५ हजार, द्वितीयले रु ६२ हजार ५००, तृतीयले रु ३७ हजार ५०० र सान्त्वना पुरस्कार सात जनालाई जनही रु ६ हजार ५०० का दरले प्रदान गरिने छ । जुम्ला सदरमुकाम खलङ्गाको चन्दननाथ मन्दिरबाट चेरे लेक, बुलबुले हँुदै रारातालमा गएर दौड सकिनेछ ।

