पोखरा: गण्डकी प्रदेशस्तरीय महिला/पुरुष ह्यान्डबल प्रतियोगिताको महिला तर्फ बागलुङ जिल्लाले तेस्रो स्थान हासिल गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा शनिबार तेस्रो स्थानको लागि भएको खेलमा बागलुङले म्याग्दीलाई ७–२ गोलअन्तरले हराउन सफल भएको हो । बागलुङले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो । त्यसअघि भएको पहिलो सेमीफाइनल खेलमा बागलुङ स्याङजासँग ८–५ गोलले पराजित भएको थियो । म्याग्दी भने, कास्कीसँग ९–० को हार व्यहोरेको थियो । कास्की र स्याङजा भने भोलि उपाधिका लागि भिड्नेछन् । पुरुषतर्फ कास्की, बागलुङ, स्याङजा र तनहुँ सेमीफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको पहिलो खेलमा स्याङजाले नवलपुरमाथि २०–४ को फराकिलो जित हासिल गरेको छ । बागलुङले पर्वतलाई १६–५, कास्कीले म्याग्दीलाई १९–१२, तनहुँले गोरखालाई २०–२, स्याङजाले बागलुङलाई ११–८ र पर्वतले नवलपुरलाई १२–९ गोल अन्तरले हराएको हो । पुरुषतर्फ समुह ए मा कास्की, गोरखा, तनहुँ र म्याग्दी तथा समूह बी मा बागलुङ, नवलपुर, स्याङजा र पर्वत रहेका छन् । महिला तर्फ समूह ए मा बागलुङ, म्याग्दी, पर्वत र समूह बी मा कास्की, नवलपुर, स्याङजा रहेका छन् । प्रतियोगिताको उपाधि बिजेता महिला तथा पुरुष टिमले समान नगद रु ५०–५० हजार, उपविजेताले ३०–३० हजार तेस्रो हुने टिमले नगद रु १५–१५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट हुने महिता तथा पुरुष खेलाडीले समान नगद रु ५–५ हजारका साथमा ट्रफी र अन्य उत्कृष्ट हुने विद्यागत खेलाडीहरुले जनही नगद रु २ हजार ५ सयका साथमा ट्रफी प्राप्त गर्ने छन्् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक खेलाडी छनौट समेत गरिने भएको संघका अध्यक्ष एवं खेल पत्रकार केशव पाठकले बताए । पुरुषतर्फको खेल भोलि विहान हुनेछ । पहिलो सेमीफाइनलमा कास्की र बागलुङ तथा दोस्रो सेमीफाइनल स्याङजा र तनहुँबिच हुनेछ । महिला र पुरुष तर्फको फाइनल खेल समेत भोलि नै हुने आयोजकले बताएको छ ।
पोखरा: गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा ह्यान्डबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ सात खेल सम्पन्न हुँदा महिलातर्फ लिगचरणका खेल सम्पन्न भएका छन् । महिलातर्फ लिगचरण सकिएसँगै पर्वत र नवलपुर बाहिरिएको छ । महिलातर्फको पहिलो खेलमा बागलुङले म्याग्दीमाथि ६–१ को विजयी हासिल गरेको छ । कास्कीले नवलपुरलाई १०–० गोलले पाखा लगायो । म्याग्दीले पर्वतलाई ८–०, स्याङजाले नवलपुरलाई ६–५, बागलुङले पर्वतलाई १२–० र कास्कीले स्याङजालाई ९–१ गोलले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । पुरुषतर्फ भएको पहिलो खेलमा कास्कीले गोर्खामाथि १७–१ को जित दर्ता गरेको छ । तनहुँले म्याग्दीलाइृ १८–७, स्याङजाले पर्वतलाई १४–९, बागलुङले नवलपुरलाई १७–४, म्याग्दीले गार्खालाई २४–३, कास्कीले तनहुँलाई २६–२१ र स्याङजाले नवलपुरलाई २०–४ गोलअन्तरले हराउन सफल भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले गण्डकी प्रदेश खेलकुदको विकासमा अघि रहेको बताए । उनले खेलाडी उत्पादनका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता देखी ग्रासरुट सम्मका खेल सञ्चालन गरिराखेको सुनाए । सोही क्रममा प्रतियोगिताको बारेमा जानकारी दिदैँ ह्यान्डबल संघ गण्डकीका उपाध्यक्ष गिरमान गुरुङले पोखरा रंगशालाको कभर्ड हल र ह्यान्डकल कोर्टमा प्रतियोगिता सञ्चालन भएको बताए । पुरुषतर्फको समुह ए मा कास्की, गोरखा, तनहुँ र म्याग्दी तथा समूह बी मा बागलुङ, नवलपुर, स्याङजा र पर्वत रहेका छन् । महिला तर्फ समूह ए मा बागलुङ, म्याग्दी, पर्वत र समूह बी मा कास्की, नवलपुर, स्याङजा रहेका छन् । प्रतियोगिताको उपाधि बिजेता महिला तथा पुरुष टिमले समान नगद रु ५०–५० हजार, उपविजेताले ३०–३० हजार तेस्रो हुने टिमले नगद रु १५–१५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट हुने महिता तथा पुरुष खेलाडीले समान नगद रु ५–५ हजारका साथमा ट्रफी र अन्य उत्कृष्ट हुने विद्यागत खेलाडीहरुले जनही नगद रु २ हजार ५ सयका साथमा ट्रफी प्राप्त गर्ने भएका छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक खेलाडी छनौट समेत गरिने भएको संघका अध्यक्ष एवं खेल पत्रकार केशव पाठकले जनाएका छन् । कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, गण्डकी प्रदेश ह्यान्डबल संघका उपाध्यक्ष शान्ती थापा, सदस्य शान्ता सिंह बस्नेत लगायतको समेत सहभागिता रहेको थियो ।
पोखरा: हेमजामा सम्पन्न भएको हेमजा भेट्रान्स कपको उपाधि पोखरा १३ ले जितेको छ । शुक्रबार सम्पन्न भएको फाइनल खेलमा पोखरा १३ ले १२ नम्बर वडालाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । पोखरा १३ को जितको खेलको पहिलो हाफको ७ औं मिनेटमा नरेन्द्रजगं गुरुङले पहिलो गरे । साथै राजकुमार गुरुङले खेलको ६२ र ६६ औं मिनेटमा गरि थप २ गोल गर्न सफल भए । प्रतियोगिताको बिजेता पोखरा १३ ले नगद १ लाख ११ हजार ११ र उप–बिजेता पोखरा १२ ले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे । साथै वडा न १२ का नितेस क्षेष्ठ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हदै नगद रु ५००० साथमा ट्रफी प्राप्त गरे । वडा न।१३ का राजकुमार गुरुङ सर्वाधिक गोलकर्ता, खम बहादुर गुरुङ उत्कृष्ट गोलरक्षक ,अमित परियार वेष्ट डिफेन्डर, बिजय कुमार वेष्ट मिडफिलड, नेरेन्द्रजगं गुरुङ बेष्ट फरवार्ड घोषित हुदै प्रत्यक विधामा नगद रु २००० साथमा ट्रफी प्राप्त गरे । प्रतियोगितामा पोखरा महानगरपालिका १३ वटा वडाका १४ टिमको सहभागिता रहेको थियो । हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखरा–२५ हेमजा, गौरीशंकर खेलमैदानमा असार १ गते देखि जारी अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ शुक्रवार सम्पन्न भएको हो ।
कास्की: हेमजा भेट्रान्स कपको फाईनलमा पोखरा १२ र १३ प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा पोखरा १२ ले १० लाई ७–० को गोल अन्तरले पराजित गर्दे फाईनलमा प्रवेश गर्याे । उक्त खेलको म्यान अफ दि म्याच पोखरा १२ का नितिस श्रेष्ठ घोषित भए । यस्तै दोस्रो सेमिफाइनल खेलमा पोखरा १३ ले १७ लाई ३–१ गोल अन्तरले पराजित गर्दे फाईनलमा वडा १२ सँगको भेट पक्का गर्याे। उक्त खेलको म्यान अफ दि म्याच पोखरा १३ का नरेन्द्रजगं गुरुङ घोषित भए । अब शुक्रवबर उपाधिका लागि पोखरा १२ र १३ भिडने छन् । प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
पोखरा: घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जितेको छ । पोखरा रंगशालामा बिहिबार सम्पन्न प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको कास्की १९.३ ओभरमा सबै १० विकेट गुमाउँदै १०७ रन मात्रै जोड्न सक्यो । यता जवाफी व्याटिङका लागि उत्रिएको स्याङजा ३९ बल बाँकी छंदै ४ विकेटको क्षतीमा १११ रन बनाउँदै उपाधि जितेको हो । उपाधि संगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । कास्कीको पारीको सुरुवात खासै जम्न सकेन । कास्कीका भरपर्दाे मानिएका अर्जुन कुमाल ३ रन जोडेर अंकित न्यौपानेको बलमा बोल्ड हुन पुगे भने सिव्रिन श्रेष्ठ १६ बलमा १८ रन बनाए । उनलाई करण पगेनीले रन आउट गरे । मुस्कान थापाले ३ रन बनाउँदै आउट भए भने अभिशेक थापाले २५ बलमा १७ रन बनाए । सोहेल कुंवरले १४, रोहित चन्दले २१ बलमा १४ रन, सुभाष भण्डारीले १२ बलमा ६ रन, विपिन खत्रीले १२ र कृष्ण पौडेलले १३ रनको योगदान दिए । बागलुङका लागि ३.४ ओभरमा २२ रन दिएर २ विकेट लिए भने सन्दिप खत्री क्षेत्री, विपिन न्यौपाने, किरण भट्टराई र करण पगेनीले समान १–१ विकेट लिए । जवाफी व्याटिङका लागि उत्रिएको स्याङजाका ओपनर इश्वर क्षेत्री पहिलो बलमा डक आउट हुँदै पेभिलिएन फर्किए । विपिन खत्रीको बलमा विकेट किपर अर्जुन कुमालले क्याच लिंदै सुरुवातमा नै कास्कीले स्याङजालाई दबावमा राख्ने प्रयास गर्यो । स्याङजाका लागि करण पगेनीले नट आउट रहँदै ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाए । अनिष ताम्राकारले ७ रन बनाए । उनी सुभाष भण्डारीको बलमा रोहित चन्दबाट क्याच आउट भए । स्याङजाका अर्का व्याट्स्म्यान सन्दिप खत्री क्षेत्रीलाई विपिन खत्रीले बोल्ड गर्नु अघि विस्फोटक पारी खेल्दै २७ बलमा समान ३ चौका र ३ छक्का प्रहार गर्दै ३६ रन जोडे । सुजन गौतमले ९ बलमा २ चौका प्रहार गर्दै ९ बलमा १० रन बनाए । उनलाई अभिसेक थापाले बोल्ड गरे भने अंकित न्यौपानेले ४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन बनाएर नट आउट रहे । खेलमा स्याङजाका करण पगेनी फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए । यहि असार ३२ गतेबाट सञ्चालन भएको प्रतियोगितामा नवलपुरका प्रमिश अर्याल प्लेयर अफ दि टुर्नामेन्ट घोषित हुँदा खेल अविधमा १५४ रन बनाएका तनहुँका दिनेश बुढा मगर वेष्ट व्याटर र प्रतियोगितामा सर्वाधिक ९ विकेट लिएका बाग्लुङका सञ्चार निउरे उत्कृष्ट बलर घोषित भए । उनीहरुले नगद सहित ट्रफी हात पारे । प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रतियोगिताका संयोजक एवं परिषदका कार्यकारी सदस्य ऋषीराम गौतम, क्यानका केन्द्रिय सदस्य सुदिप पौडेल, यू–१९ राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, परिषदका सदस्य केशव पाठकलगायतले नगद, ट्रफी तथा मेडल वितरण गरेका थिए ।
पोखरा: हेमजा भेट्रान्स कपमा पोखरा महानगरपालिका वडा नम्बर १० र १७ सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो खेलमा पोखरा १० ले आयोजक वडा २५ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टिमबाट कुनै पनि गोल हुन नसकेपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पोखरा १० ले ५–३ गोल अन्तरले पराजित गर्दे विजयी भयो । उक्त खेलको म्यान अफ दि म्याच पोखरा १० का गोल रक्षक विक्रम गुरुङ धोषित भए । त्यस्तै दोस्रो खेलमा पोखरा १७ ले वडा १ लाई ३–१ गोल अन्तरले पराजित गर्दे सेमिफाइनल प्रवेश गर्याे । सो खेलमा पोखरा १७ का बेद बहादुर थापा म्यान अफ दि म्याच घोषित भए । फाईनल यात्राका लागि भोलि वडा १० र १२ साथै वडा १३ र १७ भिडने छन् । प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । हेमजा युनाइटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ ।
पोखरा: गण्डकी प्रदेशस्तरीय महिला टि–२० क्रिकेटमा चार टिमको सहभागिता हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको ब्यवस्थापनमा उक्त प्रतियोगिता यहि असार ७ गते सुरु हुने प्रतियोगितामा चार टिमले सहभागिता जनाएका हुन् । प्रतियोगिताका कास्की, पर्वत, नवलपुर र स्याङजाको सहभागिता हुने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा असार १० गते सम्म सञ्चालन हुने प्रतियोगिता राउण्डरोविनको आधारमा सञ्चालन हुने छ । पहिलो दिन कास्की र पर्वत तथा स्याङजा र नवलपुरका बीच हुनेछ भने दोस्रो दिन असार ८ गते स्याङजा र पर्वत तथा दोस्रो खेलमा कास्कीले नवलपुरको सामना गर्नेछ । त्यसै गरी असार ९ गते पर्वत र नवलपुर तथा दोस्रो खेल कास्की र स्याङजाका बीच हुनेछ ।
कास्की: पोखरामा क्रियाशिल युुनाइटेड किङ्स क्लबले आयोजना गरेको प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ । पोखरा महानगरपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल मैदानमा गत १८ र १९ गते सञ्चालन भएको सो प्रतियोगिताबाट कुल ३ लाख ८९ लाख ३० रुपैयाँ बचत भएको क्लबका सचिव अशोक थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि कुल ६ लाख ८ हजार २ सय ५१ रुपैयाँ आम्दानी भएको थियो भने २ लाख १९ हजार २ सय २१ रुपैयाँ खर्च भएको थियो । उनले आम्दानीतर्फ टिम दर्ताबाट रु ५५ हजार, संस्थागत सहयोगत पुरस्कारका लागि रु ६० हजार र विदेशबाट रु ४ लाख ९३ हजार २ सय ५१ रुपैयाँ संकलन भएको बताए । यस्तै खर्चतर्फ पुरस्कारका लागि रु ६५ हजार, कलाकारका लागि रु ५ हजार, सम्मानपत्रका लागि १२ हजार १ सय ६५ रुपैयाँ, खेलकुद समाग्री, ट्रफि, तथा ग्राउण्ड व्यवस्थापनका लागि १५ हजार, अफिसियलका लागि १९ हजार, खाना तथा खाजातर्फ २९ हजार, प्रिन्टिङका लागि ३२ हजार, जर्सी प्रिन्ट ६ हजार ५ सय र विविधतर्फ रु ३४ हजार ५ सय ५६ रुपैयाँ खर्च भएको सचिव थापाले जानकारी दिए । यो पनि पढ्नुहोस पोखराको नदीपुरमा किङ्स कप भेट्रान्स भलिबल सुरु किङ्स कप भेट्रान्स भलिबलमा एफिएफ च्याम्पियन, सर्वाेत्कृष्ट बने कृष्ण गाहामगर दुइदिनसम्म सञ्चालन भएको भेट्रान्स (३५ प्लस) प्रतियोगितामा गलकोट भेट्रान्सलाई २६–२४ र ३४–३२ को सोझो सेटमा पराजित गर्दै एफिएफ च्याम्पियन बनेको थियो । उपाधिसँगै एफिएफले नगद रु ४० हजार, र उपविजेता बनेको गलकोटले नगद रु २५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो ।
पोखरा: गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्याङजाले स्थान पक्का गरेको छ । स्याङजा समुह बीको खेलमा अपराजित रहँदै ६ अंक बटुलेर फाइनलमा स्थान पक्का गरेको हो । भोली (बिहीबार) हुने फाइनलमा स्याङजाले घरेलु टोली कास्कीको सामना गर्नेछ । यस अघि नै कास्कीले समुह ‘ए’बाट फाइनलमा स्थान बनाएको थियो । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा बुधबार भएको लिग चरणको अन्तिम खेलमा बलियो मानिएको नवलपुरलाई २ विकेटले पराजित गरी स्याङजा फाइनल प्रवेश गरेको छ । फाइनल पुग्न निकै दबावका बीच टस जितेर व्याटिङका लागि मैदानमा उत्रिएको नवलपुरले १७ ओभरमा सिमित गरिएको खेलमा १६.४ ओभरमा ७५ रन मात्रै बनाउन सक्यो । खेलमा नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रनको योगदान दिए भने कमल परियारले २२ बलमा १८ रन मात्रै जोड्न सके त्यस्तै सुदिप अर्यालले १२ रनको योगदान दिए । पहिलो ओभरमा नै दुई विकेट गुमाउँदै दबावमा रहेको नवलपुर १३.६ ओभरमा ६८ रनमा ५ विकेट गुमाउन पुगेको थियो । यो पनि पढ्नुहोस प्रदेशस्तरीय टि–२०: कास्की र तनहुँको लगातार जित प्रदेशस्तरीय टि–२० क्रिकेट: कास्कीको अपराजित फाइनल यात्रा गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट: नवलपुर र स्याङजाको जित गण्डकी प्रदेशस्तरीय टि–२०: उपाधिका लागि स्याङजा र कास्की भिड्ने स्याङजाका लागि प्लेयर अफ दि म्याच समेत रहेका सन्दिप खत्री क्षेत्रीले २.४ ओभरमा १४ रन दिएर २ विकेट लिए भने अंकित न्यौपानेले ३ ओभरको बलिङ स्पेलमा १३ रन खर्चिएर २ विकेट हात पारे । यता जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको स्याङजालाई जितका लागि अन्तिम ओभर कुर्नु पर्यो । स्याङजाले १६.२ ओभरमा ८ विकेटको क्षतीमा ७९ रन बनाउँदै लक्ष्य भेट्टायो । स्याङजाका लागि अनिष ताम्राकारले १५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २२ रनको योगदान दिए । त्यस्तै इश्वर क्षेत्रीले २९ बलमा २१ रन बनाए भने प्रदिप पाण्डेले नट आउट रहँदै ११ रन बनाए । नवलपुरका लागि कमल परियारले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ३ विकेट लिंदा दिपक डुम्रेले ३ ओभरमा १ मेडनसहित ६ रन दिएर २ विकेट लिए । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । यसैगरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।