काठमाडौं: वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका र ३ छक्का सहित ४२ रनको अविजित इनिङ खेले । कप्तान रोस्टन चेजले २३ बलमा ३३ रन बनाए । नेपाललाई पहिलो सफलता सागर ढकालले दोस्रो ओभरमै दिलाए । पहिलो विकेटका रुपमा कडिम अलेइनलाई ६ बलमा ११ रन बनाएर पेभेलियन फर्काउन रोहित पौडेलले सानदार क्याच गरे । पहिलो विकेट पछि केहि सम्हालिएको वेस्ट इन्डिज ‘ए’ को थप दुई विकेट सागरले नै आठौ ओभरमा लिए । सो ओभरको पहिलो बलमा नै जोनसन चार्ल्स २० बलमा २४ रन बनाएर सागरद्वारा कट एण्ड बोल्ड आउट भए । सोहि ओभरको तेस्रो बलमा मार्क डेयाल पनि पेभेलियनको बाटो लागे । डेयाल सुस्त इनिङ खेल्दै १९ बलमा ११ रन बनाएर रोहितद्वारा क्याच आउट भए । चौथो विकेटका लागि ४४ रनको साझेदारी गरिसकेपछि कप्तान रोस्टन चेज अविनाश बोहोराको शिकार बने । १४औ ओभरमा चेज २३ बलमा ५ चौकासहित ३३ रन बनाएर सन्दिप जोराद्वारा समातिए । पाचौ विकेट सोमपाल कामीको १७औ ओभरमा म्याथ्यु फोर्डको रुपमा आयो । फोर्डले विष्फोटक इनिङ खेल्दै १२ बलमा ३ छक्कासहित २३ रन बनाएर कुशल भुर्तेलको हातबाट लङ(अनमा क्याच आउट भए । छैठौं विकेट पनि सोमपालकै नाममा रह्यो । १९औ ओभरमा फेबियन एलेन ३ रनमा विकेटकिपर आसिफ शेखद्वारा क्याच आउट भए । तीन बलको अन्तरालमा सोमपालले गुडकेश मोतीलाई १ रनमा बोल्ड गरे । अथान्जे ४२ र हेडन वाल्श ७ रनमा अविजित रहे । नेपालका लागि सागर ढकालले २ ओभरमा १७ रन दिएर ३ विकेट लिए भने सोमपाल कामीले पनि ४ ओभरमा १६ रन मात्र दिएर समान ३ विकेट नै लिए । अविनाश बोहोराले ४ ओभरमा ४९ रन दिँदै १ विकेट आफ्नो नाम गराए । ३ ओभर बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले महंगो सावित हुंदै ३९ रन दिएर कुनै विकेट लिन सकेनन् । प्रतिश जिसीले ३ ओभरमा २२ रन खर्चिए । कुशल भुर्तेलले भने ४ ओभरमा कुनै विकेट नलिएपनि २५ रन मात्र दिन सफल रहे । नेपालले पाँच खेलको सिरिज ३(१ ले गुमाइसकेको छ । नेपालले गत शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो । दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् । तेस्रो खेलमा पाहुना टोली ७६ रनले विजयी भएको थियो । सो खेलमा नेपालका कप्तान रोहित पौडेलले विश्राम लिएका थिए । चौथो खेलमा वेस्ट इन्डिज २८ रनले विजयी भएको थियो । नेपालले आज पछिल्लो खेलमा हार बेहोरेको टोलीबाट दुई परिवर्तन गरेको छ । पछिल्लो खेलबाट गुलशन झा र ललित राजवंशी टोलीबाट बाहिरिएका छन् भने टोलीमा सागर ढकाल र अनिल शाह टोलीमा आएका छन् । वेस्ट इन्डिजले पनि टोलीमा तीन परिवर्तन गरेको छ । आन्द्रे फ्लेचर, केसी कार्टी र कीमो पलको स्थानमा मार्क डेयाल, जोशुवा विशप र कडिम अलेइन टोलीमा आएका छन् । विश्वकप अगाडि नेपालको घरेलु मैदानमा यो अन्तिम खेल रहेको छ । टोली आजको खेल पछि नै विश्वकपका लागि वेस्ट इन्डिज प्रस्थान गर्नेछ
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोटर््स अवार्ड २०८० को तयारी तीव्र छ । यही वैशाख २८ गते शुक्रबार हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । जसमध्ये उदीयमान खेलाडीतर्फको विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की उत्कृष्ट तीनमा परेका छन् । ज्योत्सनिका मरासिनी (क्रिकेट) १३ वर्षमै राष्ट्रिय प्रतियोगितामा चर्चा पाएको नाम हो ज्योत्सनिका मरासिनी । स्याङ्जामा जन्मिएकी मरासिनीले २०७७ सालमा दाङमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट डेब्यु गरेकी थिइन् । १३ वर्षको उमेरकी मरासिनीले आफूभन्दा दोब्बर बढी उमेरका दिदीहरू विरुद्ध क्रिकेट खेल्दै धेरै चर्चा बटुलेकी हुन् । उनले प्रदर्शन पनि उत्तिकै राम्रो गरेकी थिइन् । घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेकी ज्योत्सनिकाले कम उमेरका कारण २०७९ मा मलेसियामा भएको यु–१९ विश्वकप गुमाएकी थिइन् । यस वर्ष भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा १६ वर्षकी ज्योत्सनिका प्रतियोगिताकै उदीयमान खेलाडी घोषित भइन् । २०८० मा भएको सिनियर टोलीको एसिसि महिला प्रिमियर कपको क्लोज क्याम्पमा परे पनि अन्तिम टोलीमा भने नाम बनाउन सकिनन् । उनले नेपाल क्रिकेट सङ्घ (क्यान) ले गर्ने केन्द्रीय सम्झौतामा उदीयमान खेलाडीको रूपमा स्थान बनाएकी छन् । यस वर्ष नेपालगन्जमा भएको सुशील कोइराला मेमोरियल यु–१९ क्रिकेट प्रतियोगितामा ज्योत्सनिका चौथो सर्वाधिक रन बनाउने खेलाडी बनिन् । चितवनमा भएको मैयादेवी यु–१९ राष्ट्रिय क्रिकेटमा गण्डकी उपविजेता बन्यो । उक्त प्रतियोगितामा ज्योत्सनिका सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो नम्बरमा रहिन् । प्रदेशस्तरीय प्रधानमन्त्री कपमा उनी उत्कृष्ट बलर घोषित भइन् । दिलासा राना (ब्याटमिन्टन) १० वर्षको उमेरमा बाबाले खेलेको खेल पछ्याएकी दिलासा राना सानै उमेरमा अन्तर्राष्ट्रिय खेल मात्र खेलेकी छैनन्, नेपाललाई अन्तर्राष्ट्रिय पदकसमेत दिलाएकी छन् । लकडाउनको समयबाट उनले ब्याडमिन्टन खेल्न सुरु गरेकी हुन् । उनले यो वर्ष नेपालमा भएको साउथ एसियन रिजन जुनियर च्याम्पियनसिपमा ३ पदक जित्न सफल भइन् । त्यसमा उनले एक रजत र दुई काश्य पदक जितेकी हुन् । उनले २०७९ मा गण्डकी प्रदेश भएको नवौँ राष्ट्रिय खेलकुदबाट राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी थिइन् । त्यसयता उनले जुनियर स्तरमा राष्ट्रिय प्रतियोगितामा आफ्नो पकट जमाउन सफल भएकी छन् । उनले पुष्पलाल राष्ट्रिय यु–१९ प्रतियोगितादेखि अन्तर प्रदेश राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पदक जितिसकेकी छन् । उनले फागुनमा काठमाडौँमा भएको १३ औँ पुष्पलाल स्मृति राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टनमा जुनियरतर्फ उपाधि जितेकी हुन् । चितवनमा भएको अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा दिलासाले ३ पटक हार पारिन् । उनले डब्बलमा प्रथम, मिक्स डब्बलमा दोस्रो र सिङ्गलमा तेस्रो भइन् । गत पुसमा भएको ललितपुर मेयर कपको दोस्रो र दोस्रो मोहन भुंगल फाउन्डेसन जुनियर राष्ट्रिय प्रतियोगितामा पहिलो हुन सफल भइन् । बादल कार्की (एथलेटिक्स) एथलेटिक्सका भविष्य हुन्, बागलुङका बादल कार्की । बागलुङ काठेखोला गाउँपालिका ७ का १७ वर्षीय बादलले नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा पदक ल्याउनेदेखि म्याराथन दौडनसमेत भ्याइसकेका छन् । उनले भारतको नागाल्यान्डमा भएको यु–२० साउथ एसियन क्रस कन्ट्री प्रतियोगिता अन्तर्गत ८ किमी दौडमा नेपालको तर्फबाट काश्य पदक जितेका थिए । यस्तै पोखरा सञ्चालन हुने सफल पोखरा म्याराथनमा २ वर्ष अघि नै भाग लिएका थिए । सानै उमेरमा उनले ४२ किलोमिटर दुरी पूरा गरे । कार्कीले भर्खरै सकिएको १४औँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत एथलेटिक्स खेलमा दुई स्वर्ण पदक जित्न सफल भए । १५०० र ८०० मिटर इभेन्टमा उनले स्वर्ण पदक जितेका हुन् । उनले तेस्रो पटकमा राष्ट्रपति रनिङ शिल्डमा पदक जित्न सफल भएका हुन् । उनी जिल्ला, प्रदेशमा पदक जित्दै केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भाग लिएका थिए । उनले प्रदेश स्तरमा दुई स्वर्ण, एक रजत र एक काश्य जितेका थिए । जिल्ला स्तरीय प्रतियोगितासमेत उनको प्रदर्शन उत्कृष्ट थियो । २०७९ मा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा ३ हजार मिटर स्टपल चेजमा दौडेका बादल छैटौँ भएका थिए । पोखरा सभागृह हलमा हुने स्पोर्ट्स अवार्डमा उदीयमान खेलाडी सहित कुल ७ विधामा अवार्ड प्रदान गरिनेछ । वर्ष खेलाडी पुरुष र महिला हुन सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार सहित ट्रफी पाउने महासचिव पौडेलले खुलाए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपालले प्रायोजन गर्ने सम्झौता भएको मञ्च अध्यक्ष दीननाथ बरालले जनाए । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, बुमराङ रेष्टुरेन्ट लेकसाइड, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ हर्वल व्युटी पार्लर, दीपक थापा (हक्की संघ गण्डकी), पोखरा नेचुरल फुड एण्ड वेभरेज प्रा.लि., सहारा क्लव हङकङ, राष्ट्रिय महिला भलिबल टोलीका पूर्व उपकप्तान मञ्जु गुरुङ, पोखरा १५ वडा कार्यालय, वल्र्ड लिंक, मोहन भूगोल फाउन्डेसन लगायत सहयोगी रहेको बरालले खुलाए । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ । खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ । मञ्चमा हाल ७४ जना पत्रकार आवद्ध छन् ।
काठमाडौं: वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टी–२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३–१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ रनले पराजित गर्यो । वेस्ट इन्डिजले दिएको २१० रनको विशाल लक्ष्य पछ्याएको नेपाल इनिङको अन्तिम बलमा १८१ रनमा समेटियो । नेपालका लागि कप्तान रोहित पौडेलले लगातार तेस्रो अर्धशतक जडे । रोहितले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ८२ रन बनाए । रोहितले अन्य ब्याटरको साथ नपाउँदा नेपालले हार टार्न सकेन । नेपालको सुरुवात आज पनि राम्रो रहन सकेन । ओपनर आरिफ शेख इनिङको दोस्रो बलमै म्याथ्यु फोर्डद्वारा शुन्यमा नै बोल्ड आउट भए । यस्तौ अर्का ओपनर कुशल भुर्तेल भने पाचौ ओभरको पाचौ बलमा १ रन बनाएर फेबियन एलेनद्वारा बोल्ड भए । चौथो नम्बरमा आएका कुशल मल्ल पनि एक चौका प्रहार गर्दै एलेनकै बलमा रोस्टन चेजद्वारा क्याच आउट भए । पाचौँ नम्बरमा आएका सन्दिप जोराले सुरुवात राम्रो गरेपनि ठुलो स्कोर बनाउन सकेनन् । उनी १४ बलमा १९ रन बनाएर १०औ ओभरमा हेडन वाल्शको शिकार बने । चौथो विकेटको पतन पछि रोहित र दीपेन्द्र मिलेर साझेदारी अगाडी बढाइरहेका थिए । तर १४औ ओभरमा रोहित वाल्शको बलमा लङ(अफमा क्याच आउट भएपछि ५३ रनको सो साझेदारी तोडियो । दीपेन्द्र पनि धेरै बेर क्रिजमा रहेनन् । १७औ ओभरमा १४ बलमा १९ रन बनाएर उनीफोर्डको बलमा चार्ल्सद्वारा क्याच आउट हुन पुगे । सोहि ओभरमा गुलशन झा पनि १९ रन नै बनाएर अथान्जेद्वारा समातिए । अर्को ओभरमा प्रतिश जिसी वाल्शको बलमा शुन्यमै पेभेलियन फर्किए । सोमपाल कामीलाई अन्तिम ओभरमा गुडकेश मोतीद्वारा १० रनमा आउट भए । अन्तिम ओभरको अन्तिम बलमा ललित राजबंशी पनि शुन्यमा स्टम्प आउट भए । वेस्ट इन्डिज ‘ए’ का लागि म्याथ्यु फोर्ड र हेडन वाल्शले समान ३÷३ विकेट लिए । फेबियन अलें र गुडकेश मोतीले २(२ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित अविजित ८४ रनको इनिङ खेले । यस्तै ओपनर जोनसन चार्ल्सले ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रन जोडे । फेबियन एलेन १९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन बनाएर नटआउट रहे । दोस्रो ओभरमा नै पहिलो विकेट लिएको नेपालले त्यसपछि भने दुई विकेट मात्र निकाल्न सक्यो । आज सिरिजमा पहिलो पटक खेलिरहेका प्रतिश जिसीले नेपाललाई आफ्नो पहिलो बलमा नै पहिलो सफलता दिलाए । दोस्रो ओभरको पहिलो बलमा नै एलिक अथान्जे ५ रन बनाएर सन्दिप जोराद्वारा क्याच आउट भए । दोस्रो विकेटका लागि भने ओपनर जोनसन चार्ल्स फ्लेचर मिलेर ९२ रनको साझेदारी गरे । सो साझेदारी कुशल भुर्तेलले तोडे । चार्ल्स अर्धशतक बनाएर १०औ ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट मिड(विकेटमा क्याच आउट भए । १४औ ओभरमा कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाए । कुशलले केसी कार्टीलाई ४ रन बनाएको अवस्थामा कप्तान रोहित पौडेलद्वारा क्याच आउट गराए । नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा २३ रन दिएर २ विकेट लिए । प्रतिश जिसीले ४ ओभरमा नै ४३ रन दिएर १ विकेट लिए । अन्य बलरले भने विकेट लिन सकेनन् । ललित राजबंशीले ४ ओभर बलिङ गरेर महँगो सावित हुँदै ५३ रन दिए । अविनाश बोहोराले पनि ४ ओभरमा ४२ रन खर्चिए । सोमपाल कामी र गुलशन झाले समान दुई÷दुई ओभरमा क्रमशः १५ र २५ रन दिए । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो ।दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् । हिजो भएको तेस्रो खेलमा पाहुना टोली ७६ रनले विजयी भएको थियो । सो खेलमा नेपालका कप्तान रोहित पौडेलले विश्राम लिएका थिए । सिरिजको अन्तिम खेल आउँदो शनिवार हुनेछ ।
काठमाडौं: वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई टी–२० सिरिजको चौथो खेलमा २१० रनको विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित अविजित ८४ रनको इनिङ खेले । यस्तै ओपनर जोनसन चार्ल्सले ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रन जोडे । फेबियन एलेन १९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन बनाएर नटआउट रहे । दोस्रो ओभरमा नै पहिलो विकेट लिएको नेपालले त्यसपछि भने दुई विकेट मात्र निकाल्न सक्यो । आज सिरिजमा पहिलो पटक खेलिरहेका प्रतिश जिसीले नेपाललाई आफ्नो पहिलो बलमा नै पहिलो सफलता दिलाए । दोस्रो ओभरको पहिलो बलमा नै एलिक अथान्जे ५ रन बनाएर सन्दिप जोराद्वारा क्याच आउट भए । दोस्रो विकेटका लागि भने ओपनर जोनसन चार्ल्स फ्लेचर मिलेर ९२ रनको साझेदारी गरे । सो साझेदारी कुशल भुर्तेलले तोडे । चार्ल्स अर्धशतक बनाएर १०औ ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट मिड(विकेटमा क्याच आउट भए । १४औ ओभरमा कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाए । कुशलले केसी कार्टीलाई ४ रन बनाएको अवस्थामा कप्तान रोहित पौडेलद्वारा क्याच आउट गराए । नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा २३ रन दिएर २ विकेट लिए । प्रतिश जिसीले ४ ओभरमा नै ४३ रन दिएर १ विकेट लिए । अन्य बलरले भने विकेट लिन सकेनन् । ललित राजबंशीले ४ ओभर बलिङ गरेर महँगो सावित हुँदै ५३ रन दिए । अविनाश बोहोराले पनि ४ ओभरमा ४२ रन खर्चिए । सोमपाल कामी र गुलशन झाले समान दुई/दुई ओभरमा क्रमशः १५ र २५ रन दिए । सिरिजमा हाल वेस्ट इन्डिज २–१ ले अगाडि छ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो । दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । हिजो भएको तेस्रो खेलमा पाहुना टोली ७६ रनले विजयी भएको थियो । सो खेलमा नेपालका कप्तान रोहित पौडेलले विश्राम लिएका थिए ।
काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० सिरिजको चौथो खेल आज खेल्दैछ । उक्त खेल टीयु क्रिकेट मैदानमा दिउँसो १२:१५ बजेबाट सुरु हुनेछ । बुधबार भएको सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई ७६ पराजित गरेको थियो । त्यस्तै आइतबार भएको दोस्रो खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको थियो । शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो । पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ । टी-२० विश्वकपको तयारीमा रहेको नेपालले वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा ५ टी-२० खेल खेलिरहेको हो ।
काठमाडौं: नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ जनाको टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)को घोषणा टोलीमा स्पिनर सागर ढकाल र तीव्र गतिका बलर कमल सिंह ऐरी अन्तिम टोलीमा परेका छन् । टी–२० विश्वकपकमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले १२ जुनमा श्रीलंकासँग खेल्नेछ । १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा नेपालले बंगलादेशसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके नेपालले सुपर ८ मा स्थान बनाउनेछ । नेपालको टोली: आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिलकुमार शाह ।
पोखरा: कास्कीको मादी गाउँपालिका ३ याङ्जाकोटमा बुद्धजयन्ती मेला हुने भएको छ । याङ्जाकोट मिलन युवा क्लबको आयोजनामा जेठको दोस्रो हप्तामा मेला गर्न लागिएको बुधबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । २५६८ औं बुद्ध जयन्तीको अवसरमा जेठ ८ देखि १० गतेसम्म मेला आयोजना गर्न लागिएको क्लबका अध्यक्ष योगेन्द्र गुरुङले जानकारी दिए । याङ्जाकोटको पर्यटन प्रवद्र्धन, संस्कृति संरक्षण र युवालाई खेलकुदमार्फत रचनात्मक कार्यमा लगाउने उद्देश्यले मेला गर्न लागिएको उनले बताए । मेलामा विभिन्न खेलकुद गतिविधिसहित साँस्कृतिक कार्यक्रम समावेश गरिएको उनले सुनाए । ‘हामीले २५६८ औं बुद्ध जयन्तीको अवसरमा बैशाख पूर्णिमा मेला आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘यस मेलाले मादी गाउँपालिका र याङ्जाकोटको पर्यटन क्षेत्रमा सहयोग पुग्ने आशा राखेका छौं ।’ उनका अनुसार मेलामा साँस्कृतिक कार्यक्रम, ठेलो, भलिबल, कुर्चि खेललगायत प्रतियोगिता हुनेछ । भलिबल प्रतियोगितामा प्रथम हुने समूहले १ लाख १ हजार १ सय ११ र दोस्रो हुनेले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । ठेलो प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । विजेतालाई नगदको साथमा प्रमाणपत्र, फेटा लगाएर बाजासहित गाउँ परिक्रमा गराइने क्लबका निवर्तमान अध्यक्ष विकास गुरुङले जानकारी दिए । १८ वर्षभन्दा तल उमेर समुहका प्रतियोगीले ठेलो जितेमा थप पुरस्कारको व्यवस्था रहेको उनले सुनाए । साथै, लगातार ३ वर्ष जित्नेका लागि रनिङ बेल्डको पनि व्यस्था रहेको आयोजकले जनाएको छ । ठेलोमा द्वितियले २० हजार रुपैयाँ पाउनेछन् । रस्साकस्सी प्रतियोगितामा प्रथम हुने समूहले १५ र दोस्रो हुने समूहले १० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । कुर्ची खेलमा प्रथम हुने समूहले ५ र दोस्रो हुने समूहले ३ हजार रुपैया पुरस्कार पाउनेछन् । मेलामा हेर्न जानेहरुका पाहुनालाई खान बस्नका लागि याङ्जाकोटको होमस्टे र होटलमा सहजै व्यवस्थापन गर्न सकिने अध्यक्ष गुरुङले बताए । उनले भने, ‘हाम्रो त्यहाँ ११ वटा होमस्टे र २ होटल छ । महोत्सवभर अझ बढि पाहुना आउनुभएमा पनि हामीले व्यवस्थापन गर्नेर्छौ ।’
काठमाडौं: नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १५१ रन बनाएको थियो । नेपालका लागि लोकेश बमले २८, कुशल मल्लले २०, करण केसीले २८, बिनोद भण्डारीले १९, अनिल शाहले १४, आरिफ सेखले ३, गुलशन झाले ६, दिपेन्द्र सिंह ऐरीले ७ रन बनाएका थिए । त्यसैगरी वेस्ट इन्डिज ए का बलर हेडेन वाल्शले ३ विकेट लिए भने गुडाकेश मोतीले २ तथा फाबियन एलेन, म्याथुज फोर्ड र ओबेड म्याककोयले एक एक विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । वेस्ट इन्डिज ए का लागि जोन्सन चार्ल्सले सर्बाधिक अविजित ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाएका थिए । त्यस्तै फाबियन एलेनले १९ र एलिक अथानाजले १७ रन बनाएका थिए । त्यस्तै किमो पाउलले १३ रन बनाएका छन् । त्यसैगरी नेपाली बलर करण केसी र सागर ढकालले एक एक विकेट लिएका थिए । वेस्ट इन्डिज ए ले यो जितपछि ५ खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । अब सिरिजको चौथो खेल भोलि खेल्दै छ भने पाँचौं खेल मे ४ मा हुने छ ।
काठमाडौं: वेस्ट इन्डिज ‘ए’ ले जारी टी–२० सिरिजको तेस्रो खेलमा नेपाल सामू विशाल लक्ष्य पेश गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो । चार्ल्सले अविजित रहँदै ६१ बलमा १३ चौका र ७ छक्का प्रहार गर्दै ११९ रन बनाए । १७औ ओभरको पाचौँ बलमा एक रन लिँदै उनले शतक पुरा गरेका थिए । दोस्रो विकेटका लागि उनले आन्द्रे फ्लेचरसँग मिलेर १४५ रनको विशाल साझेदारी समेत गरेका थिए । ओपनर एलिक अथान्जेको विकेट सस्तैमा लिएको नेपालले दोस्रो विकेटका लागि भने धेरै समय कुर्नु पर्यो । चौथो ओभरको पहिलो बलमा नेपालले पहिलो सफलता पाएको थियो । एक रन लिने क्रममा जोनसन चार्ल्सले नन(स्ट्राइकर एन्डमा फर्काइदिएपछि अथान्जे १० बलमा १७ रन बनाएर रनआउट भए । तर त्यसपछि चार्ल्स र आन्द्रे फ्लेचर मिलेर विशाल साझेदारी गरेसँगै वेस्ट इन्डिज विशाल योगफल तर्फ अग्रसर भएको थियो । सो साझेदारी १६औ ओभरमा सागर ढकालले फ्लेचरको विकेट लिएर तोडेका थिए । फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्का सहित ५३ रन बनाएर दीपेन्द्र सिंह ऐरीद्वारा लङ(अनमा क्याच आउट भएका थिए । चौथो नम्बरमा क्रिजमा पुगेका फाबिएन एलेन ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रन बनाएर करण केसीको बलमा दीपेन्द्रद्वारा नै क्याच आउट भए । किमो पल ७ बलमा १३ रन बनाएर नटआउट रहे । नेपालका लागि करण केसी र सागर ढकालले एक–एक विकेट लिए । नेपालले ६ वटा बलरको प्रयोग गरेको थियो । गुलशन झाले ४ ओभरमा २४ रन दिनुबाहेक अन्य बलर महँगो सावित हुन पुगे । करणले ४ ओभरमा ५४ रन खर्चिए भने कमल सिंह ऐरीले ४ ओभरनै बलिङ गर्दै ५३ रन दिए । यस्तै सागर ढकालले ४ ओभरमा ४१ रन दिए । विवेक यादव र कुशल मल्लले समान २÷२ ओभरमा क्रमसः २८ र २६ रन खर्चिए । नेपालले आज टोलीमा ४ परिवर्तन गरेको छ । कप्तान रोहित सँगै कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्द पनि बेन्चमा छन् । करण केसी, विवेक यादव, विनोद भण्डारी र कमल सिंह ऐरी टिममा आएका छन् । वेस्ट इन्डिजले पेस बलर ओसेन थोमस बाहिर राख्दै अलराउन्डर फाबियन एलनलाई पहिलो पटक टोलीमा राखेको छ । सिरिज हाल १÷१ को बराबरीमा छ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो । दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकालेको थियो ।