पोखरा:   बक्स पोखराको आयोजनामा यही असार २७, २८ र २९ गते पोखरा रंगशालामा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । बक्स पोखराले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।...

काठमाडौं:      नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी-२० सिरिजको तेस्रो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२ः१५ बजे सुरु हुनेछ । सिरिज हाल १/१ को बराबरीमा छ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो । दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकालेको थियो । 

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारका खेलहरुमा सिद्ध मावि र कालिका मावि विजयी भएका छन् । पहिलो खेलमा सिद्धले लक्ष्मी माविलाई ६९ रनले पराजित गरेको हो । पहिला व्याटिङ गरेको सिद्धले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । उसका लागि रचना चौधरीले ४८ रन हानिन् । एलिना श्रेष्ठले ११ रन बनाइन् । लक्ष्मी माविको बलिङमा सुनिता घिसिङले २ तथा सुप्रिया गुरुङले १ विकेट  लिइन् । १ सय ३१ रनको लक्ष्य पाएको लक्ष्मी माविले १२.४ ओभरमा ६२ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । लक्ष्मीका प्रिति भट्टराईले १० तथा मोनिका जैसवालले ७ रन बनाए । सिद्धका बलर रचना चौधरीले २ रन खर्चिएर ७ विकेट लिइन् । सुसिला दिमडुङले २ रन खर्चिएर ४ विकेट लिइन् । खेलमा रचना सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् । अर्को खेलमा कालिकाले सिर्जना माविलाई १ सय ४१ रनले पराजित गर्यो । पहिला व्याटिङ गरेको कालिकाले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रनको विशाल योगफल तयार पारेको थियो ।  सो खेलमा कालिकाकी रिया गुरुङले प्रतियोगिताकै पहिलो शतकिय पारी खेल्दै अभिजित १ सय १ रन प्रहार गरिन् । कृष्टा तिलिजा पुनले ३६ रन बनाइन् । सिर्जनाका बलर सुस्मिता पौडेलले १ विकेट लिइन् ।  प्रत्युत्तरमा सिर्जनाको पारी ८२ रनमै समेटियो । कालिकाकी बलर श्रद्धा गुरुङले ५ तथा पूर्णिमा गुरुङ र अञ्जना सिंखडाले समान २ विकेट लिए । खेलमा प्रतियोगिताकै पहिलो शतर प्रहार गरेकी रिया गुरुङ सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् ।  

पोखरा:     यहि वैशाख २८ गते हुने आठौं संस्करणको पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुप अफ पोखराले सघाउने भएको छ । टाइगर ग्रुपबाट वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लवतर्फको पुरस्कार स्वरूप ५० हजार सहयोग गर्ने गरी आइतबार समझदारी भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ ।  आइतबार पोखरामा टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मा र मञ्चका अध्यक्ष दीननाथ बरालविच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा बोल्दै ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले प्रदेशकै गौरव गर्ने कार्यक्रम मध्ये एक रहेको पोखरा स्पोर्टस अवार्डलाई सघाउन पाउँदा आफूलाई गौरव महशुस भएको बताए ।  उनले भने,‘यो कार्यक्रम हामी खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण छ हामी सामाजिक अभियानमा काम गर्ने संस्था लगायत हरेक क्षेत्रले यसको सफलता मात्रै नभई प्रदेशको गौरव बढाउन समेत सहयोग गर्नुपर्छ ।’ पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत समेत रहेका शर्माले भने । उनले अवार्डका लागि सानो सहयोग प्रदान गरी साथ दिन पाउँदा आफू सहित सम्पूर्ण कार्यसमिति नै हर्षित भएको जनाए । ग्रुपले विगतदेखि पुरस्कार प्रायोजन गर्दै आएको बताउँदै मञ्चका अध्यक्ष बरालले सहयोगप्रति धन्यवाद व्यक्त गरे । टाइगर ग्रुपले पोखरामा हरेक वर्ष आमन्त्रण महिला तथा पुरुष क्लव स्तरिय टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्दै आएको ग्रुपले विगत वर्षदेखि अवार्डलाई सहयोग गर्दै आइरहेको छ । अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका महासचिव पौडेलले बताए । बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा।लि।, सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप, मादी गाउँपालिका, रुपा गाउँपालिका, मुस्ताङ गल्फकोर्ष, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ हर्वल व्युटी पार्लरलगायत रहेका छन् । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।

काठमाडौं:    वेष्ट इण्डिज ए ले दोस्रो टी–२० खेलमा घरेलु टोली नेपाललाई १० रनले हराएको छ । योसँगै पाँच खेलको टी–२० सिरिज १/१ को बराबरीको अवस्थामा पुगेको छ । १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनायो । नेपालका रोहित पौडेलले ४८ बलमा ६ चौका र २ छक्कासहित ७१ रनमा नट आउट रहे । गुल्सन झा ११ बलमा ३ चौका र २ छक्ककासहित २६ रन र लोकेश बम १६ बलमा १ चौका र २ छक्कासहित १७ रनमा आउट भए । ओपनर अनिल शाह १, कुशल मल्ल शून्य, आरिफ शेख १२ र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए । वेष्ट इण्डिजका ओबेद म्याककोयले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । गुडाकेश मोतीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । ओशान थोमस र रोस्टन चेशले १(१ विकेट लिए । अन्तिम ओभरमा नेपाललाई १७ रन जित्नलाई चाहिएको थियो । स्ट्राइकमा रोहित पौडेल र बलरमा म्याथ्यु फर्ड थिए । पहिलो बल योर्करमा डट र दोस्रो बल फिल्डरको गल्तीमा स्ट्रेटमा चौका भएको थियो । तेस्रो बलमा आकाश चन्द दुई रन लिन दौडिँदा रन आउट भए । चौथो बलमा सागर ढकालले १ रन लिए । त्यसपछि बाँकी दुई बलमा ११ रन चाहिएको थियो । पाँचौं बलमा रोहितले लङअनमा सट खेलेपनि रन लिएनन् । नेपालको हार पक्का बनेको थियो । त्यसपछि अन्तिम बल डट खेले । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्ट इण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको थियो । वेष्ट इण्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए । स्पिन अलराउन्डर गुडाकेश मोतीले तल्लोक्रममा ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रन जोड्दै प्रतिस्पर्धात्मक योगफल तयार पारे । म्याथ्यु फर्ड ६ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे । तेस्रो ओभरमा स्पिनर सागर ढकालले जोनसन चार्ल्सलाई ११ र एलिक एथानाजेलाई ६ रनमा आउट गरेका थिए । त्यसपछि कुनैपनि समय वेष्टइण्डिजले आक्रामक क्रिकेट खेल्न सकेका थिएनन् । रोस्टन चेस, २२ बलमा २ चौका र १ छक्कासहित २३, केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रनमा आउट भए । अन्तिम २ ओभरमा वेस्टइन्डिजले ४१ रन जोडेको थियो । नेपालका स्पिनर सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । पाँच खेलको सिरिजमा नेपाल  र वेष्टइण्डिज १–१ को स्थितिमा छन् । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ ।

काठमाडौं:      नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टी–२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १ सय ६१ रनको लक्ष्य पेश गरेको छ ।  वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए । यस्तै गुडाकेश मोती इनिङको अन्त्य तिर आक्रामक केहि आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ चौका र ४ छक्का सहित ३३ रनमा अविजित रहे । म्याथ्यु फर्ड ६ बलमा ११ रन बनाएर नटआउट रहे ।   सुरुवात देखि नै लगातार अन्तरालमा विकेट गुमाएको वेस्ट इन्डिजले पहिलो खेलमा जस्तो आक्रामक ढंगले ब्याटिङ गर्न भने सकेन ।   आजको खेलमा टोलीमा आएका सागर ढकालले नेपालका लागि आफ्नो पहिलो ओभरमै दुई विकेट लिँदै राम्रो सुरुवात दिलाएका थिए । पहिलो खेलमा राम्रो सुरुवात दिलाएका ओपनर एलिक अथान्जे तेस्रो ओभरको दोस्रो बलमा ६ रन बनाएर कुशल मल्लद्वारा क्याच आउट भएका थिए । यस्तै सोहि ओभरको पाचौ बलमा सागरले अर्का ओपनर जोनसन चार्ल्सलाई ११ रन बनाएको अवस्थामा बोल्ड गर्दै पेभेलियन फर्काए । तेस्रो र चौथो नम्बरमा क्रिजमा पुगेका आन्द्रे फ्लेचर र कप्तान रोस्टन चेज मिलेर तेस्रो विकेटका लागि ४६ रनको साझेदारी गरे । सो साझेदारी कुशल भुर्तेलले तोडेका थिए । चेज २२ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाएर १०औ ओभरको अन्तिम बलमा कुशलद्वारा बोल्ड भएका थिए ।    १४औ ओभरमा केसी कार्टीलाई आउट गर्दै कुशलले नै नेपाललाई चौथो सफलता दिलाए । केसी १६ बलमा १० रन बनाएर नेपालका कप्तान रोहित पौडेलद्वारा लङ(अनमा क्याच आउट भएका हुन् ।    पाचौँ सफलता सोमपाल कामीले १७औ ओभरको पहिलो बलमा दिलाए । पाचौ विकेटका रुपमा किमो पल १० बलमा ८ रन बनाएर सोमपालको बलमा बोल्ड भए । १८औ ओभरमा हेडन वाल्सलाई ९ रनमा रोहितले रनआउट गराए । उनले ७ बल खेल्दै २ चौका प्रहार गरेका थिए ।   सोहि ओभरमा फ्लेचर पनि आउट भए । उनलाई दीपेन्द्र सिंह ऐरिले लङ(अफमा कप्तान रोहितद्वारा क्याच आउट गराए ।  नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान २(२ विकेट लिए । सागरले ४ ओभरमा १९ रन दिए भने कुशलले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिए । दीपेन्द्र सिंह ऐरिले ३ ओभरमा १ विकेट लिँदै ३९ रन खर्चिए । सोमपाल कामिले २ ओभरमा १८ रन खर्चेर १ विकेट नै लिए । आकाश चन्दले ३ ओभरमा ३९ रन दिँदै कुनै विकेट लिएनन् भने कुशल मल्लले पनि ४ ओभरमा २३ रन दिँदा लिएनन् ।    नेपाली टोलीले पहिलो खेलबाट ५ परिवर्तन गरेको छ । लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकालले आज खेल्दैछन् । पहिलो खेलबाट विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, अभिनाश बोहोरा र ललित राजवंशी बाहिर छन् । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो ।  वेस्ट इन्डिजले पनि टोलीमा एक परिवर्तन गरेको छ । मध्यक्रमका ब्याटर कदिम एलेनेको स्थानमा स्पिनर हेडन वाल्स जुनिअर टोलीमा आएका छन् ।

काठमाडौं:     नेपालले दोस्रो टी–२० खेलमा वेस्टइन्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९‍।४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए । पहिलो खेलको प्रदर्शनले नेपाली टोलीको मनोबल उच्च छ तर, रोहित बाहेक अन्य ब्याटरले राम्रो गर्न सकेका थिएनन् । सबै ब्याटरबाट नेपाल भूमिका अनुसार प्रदर्शन चाहन्छ । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

काठमाडौं:     नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजको ‘ए’ टोलीसँग  मैत्रीपूर्ण टी–२० प्रतियोगिताको दोस्रो खेल खेल्दै छ । खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल आएको हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी बनेको थियो ।  नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्याएको थियो  । नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेलेका थिए ।  आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो ।

पोखरा:     पोखरामा आजदेखी सुरु भएको एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया कपको उपाधि पुरुषतर्फ इजिप्टका सिफेलडिन इसमाइलले जित्नुभएको छ । यसैगरी महिलातर्फ आइसल्याण्डका इडा हानिसडोटिर च्याम्पियन बन्नुभयो । ट्रायथलनको स्प्रिन्ट विधा अन्तर्गत फेवातालमा सात सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड भएको थियो । पुरुषतर्फ च्याम्पियन इसमाइलले निर्धारित दूरी ५६ मिनेट ४५ सेकेण्डमा पूरा गर्नुभयो । अष्ट्रेलियाका ब्रुक्किन हेनरीले ५७ मिनेट १० सेकेण्डमा पूरा गरी द्वितीय र जापानका मिट्सुहो मोचीजुकील ५७ मिनेट २५ सेकेण्डमा पूरा गरी तृतीय हुनुभयो । महिलातर्फ च्याम्पियन इड्डाले निर्धारित दूरी पार गर्न एक घण्टा छ मिनेट समय लगाउनुभयो । यसैगरी उपविजेता गुआमका मानामी लिजिमाले एक घण्टा ४२ सेकेण्डमा र तृतीय हुन सफल उज्वेकिस्तानका एलिना खाकीमोवाले एक घण्टा चार मिनेटमा पार गर्नुभयो । दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपमा पुरुष तथा महिला दुबैतर्फ भारतीय खेलाडीले बर्चस्व राखेका हुन् । पुरुषतर्फ भारतका मुरलीधर नैरले  एक घण्टा दुई मिनेट तीन सेकेण्डमा तोकिएको दूरी पार गरी उपाधि जित्नुभयो । यसैगरी कौसिक विनयले एक घण्टा तीन मिनेट २६ सेकेण्ड लगाउँदै उपविजेता बन्नुभयो । नेपालका विपन खत्कत्वाले एक घण्टा पाँच मिनेट २५ सेकेण्ड समय लगाउदै तृतीय हुन सफल हुनुभयो । महिलातर्फ भारतका मान्सी मोहितिले निर्धारित दूरी एक घण्टा सात मिनेट ५१ सेकेण्डमा पूरा गरी विजेता बन्नुभयो ।  नेपालका श्रेवी महर्जनले एक घन्टा ११ मिनेट ४५ सेकेण्डको पूरा गर उपविजेता बन्दा नेपालकै शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पूरा गरी तृतीय हुन सफल हुनुभयो । यसैगरी राष्ट्रिय च्याम्पियनसिपमा विपन खत्कत्वाले एक घन्टा पाँच मिनेट २५ सेकेण्डमा निर्धारित दूरी पार गरी च्याम्पियन बन्नुभयो । प्रविन थारुले एक घन्टा छ मिनेट २० सेकेण्डमा पार गरी द्धितीय र मुकेश थारुले एक घण्टा १५ मिनेट ११ सेकेण्डको समय लगाउँदै तृतीय हुन सफल हुनुभयो । महिलातर्फ एक घन्टा ११ मिनेट ४५ सेकेण्डको समयमा दूरी पार गर्दै श्रेवि महर्जन च्याम्पियन बन्नुभयो । शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पार गरी द्धितीय र ज्ञानु कुमारी चौधरीले एक घण्टा २१ मिनेट ५७ सेकेण्डमा पूरा गरी तृतीय हुन सफल हुनुभयो । यसैगरी जुनियर साउथ एसिया च्याम्पियनसिपमा पुरुषतर्फ भारतका साइ केडी च्याम्पियन बन्नुभयो । भारतकै कृषिभ पटेल द्धितीय र नेपालका यजु महर्जन तृतीय हुनुभयो ।  महिला जुनियरतर्फ नेपालका श्रेवी महर्जन विजेता बन्दा भारतका दुर्विशा पवार द्धितीय र प्रेरणा श्रवण कुमार तृतीय हुनुभयो । नेपाल ट्रायथलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन सङ्घको व्यवस्थापनमा सञ्चालन भएको च्याम्पियनसिपमा विभिन्न १५ देशका ३८ पुरुष र २४ महिला गरी ६२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

काठमाडौं:     नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको पहिलो खेलमा जित दर्ता गरेको छ । वेस्ट इन्डिज टोलीले प्रस्तुत गरेको २ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहितले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै नेपाललाई ४ विकेटको जितसम्म पुर्याए । नेपालले ६ विकेटको नोक्सानीमा लक्ष्य पूरा गरेको हो । कप्तान रोहितले १९ औं ओभरमा कट बिहाइन्ड हुनुअघि १ सय १२ रन जोडे । उनले ५४ बलमा १० चौका र ६ चक्का प्रहार गरेका थिए । उनले २७ बलमा अर्धशतक पूरा गरेका थिए । नेपालले तेस्रो ओभरमा ओपनर अनिल शाहलाई गुमाएको थियो । उनी ९ बलमा ५ रन जोड्दै म्याथ्यु फर्डको बलमा टप एज लाग्दै क्याच आउट भए । लगत्तै पाँचौ ओभरमा कुशल १२ बलमा १६ रन जोड्दै विकेटकिपरको हातबाट समातिए । कुशल मल्ल सिंगल लिने धुनमा रनआउट हुँदा नेपाल दशौं ओभरमा ८२-३ को स्थितिमा थियो । त्यसपछि दीपेन्द्र र रोहितले चौथो विकेटका लागि ६४ रन जोडे । दीपेन्द्र १८ बलमा २ चौका र १ छक्कासहित २४ रन जोड्दै मिडअफमा क्याच आउट भए । विवेक यादव ठूलो सट खेल्ने धुनमा १८ औं ओभरमा ओबेड मकोएबाट बोल्ड भए । उनले ६ बलमा ७ रन मात्र जोडे । नेपाललले टस जितेर पहिलो ब्याटिङको निम्तो दिएपछि वेस्ट इन्डिज ए ले कप्तान रोस्टन चेजको ७४ रनमा बलियो स्कोर बनाएको हो । टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन जोड्यो । पहिलो ओभरमा ओपनर जोन्सन चार्ल्स आउट भएपनि वेस्ट इन्डिजले आक्रामक ब्याटिङमा पछि हटेन । कमल सिंह ऐरीले चार्ल्सलाई दोस्रो बलमा बोल्ड गरेका थिए । चौथो ओभरमा आन्द्रे फ्लेचर १३ रनमा रनआउट भए । अलिक अथान्जेले २५ बलमा ५ चौका र ३ छक्कासहित ४७ रन जोडे । उनी सातौँ ओभरमा कप्तान रोहितको बलमा ललितको हातबाट पोइन्टमा समातिए । केसी कार्टि र कप्तान चेजले चौथो विकेटका लागि ६० रनको साझेदारी गरे । कार्टि २६ बलमा ३८ रन जोड्दै अभिनाश बोहोराको बलमा क्याच आउट भए । चेजले ४६ बलमा ८ चौका र २ छक्कासहित ७४ रन जोडे । उनी अन्तिम ओभरमा दीपेन्द्रको शिकार बने । डेब्यु गरेका कदिम एलेनेले १४ रन बनाए । नेपालका लागि कमल सिंह ऐरी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहोराले १/१ विकेट लिए । ५ खेलको सिरिज अन्तर्गत दोस्रो खेल आइतबार हुनेछ ।