घोरबन्दामा जारी फुटबलमा एलएमसी क्वाटरफाइनलमा प्रवेश
पाल्पा | भदौ १०, २०८१

पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा लुम्बिनी मेडिकल कलेजले आयोजक निलोलाई पराजित गरेको छ ।
हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज (सोमबार) भएको खेलमा आयोजक निलोलाई ३–२ गोल अन्तरले पराजित गर्दै एलएमसी क्वाटरफाइनलमा प्रवेश गरेको क्लबका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए ।
उनका अनुसार एलएमसीको जीतमा म्यान अफ द म्याच घोषित भएका सौगात केसीले १ गोल गरे । भने, आयोजक नव जागृति युवा क्लबको तर्फबाट २ गोल आत्मघाती हुन पुगेको थियो ।
यता हार व्यहोरेको आयोजक निलोका लागि राजन गाहा र विवश गाहाले समान १ गोल फर्काएका थिए ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलबाट जीत निकालेको एलएमसीले अब १३ गते हुने प्रकृति एफसी र एमएमसी एबीचको विजेता टिमसँग यही १७ गते प्रतिस्पर्धा गर्नेछ ।
भोलि (मंगलबार) दिउँसो ३ बजे न्यू हिमाली एफसी र युनाइटेड युथ एफसीबीच प्रतिस्पर्धा हुने गाहामगरले बताए ।
उनका अनुसार यही २१ गते फाइनल हुने सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ ।
कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको गौरी शंकर माध्यमिक विद्यालयमा शनिबार वृक्षारोपण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा हेमजा र...
गलकोट: सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक ...
पोखरा: फुलबारी क्लबको अध्यक्षमा जनार्दन बास्तोला सर्वसम्मत चयन भएका छन् । पोखरा–११, फुलबारीमा सम्पन्न भएको ३४औँ वार्षिक साधारणसभा तथा १७औँ अधिवेशनबाट बास्तोला अध्यक्षमा सर्वसम्मत नयाँ कार्यसम...