तीन दिनदेखि बेपत्ता पर्वतकी वृद्धा मृत फेला
पर्वत | भदौ ११, २०८१
पर्वत: विगत तीन दिनदेखि आफ्नै घरबाट बेपत्ता भएकी पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीकी एक महिलाको मृत अवस्थामा भेटिएकी छिन् ।
स्थानीय ८० वर्षीया वसुन्धरा बगालेलाई मृत अवस्थामा सोमबार दिउँसो २ः१५ बजे प्रहरीले फेला पारेको हो ।
गत शनिबार साँझ ६ः३० बजेदेखि बेपत्ता भएको भनी प्राप्त भएको सूचनाका आधारमा खोजतलास गर्न पुगेको प्रहरी टोलीले उनलाई घरभन्दा करिब तीन किमी उत्तरतर्फको एकोहोरे जङ्गलको भिरमुनि अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक भुवन बरामले जानकारी दिनुभयो ।
मोटरबाटोको डिलबाट लडेर तीन÷चार सय मिटर तल पुगेका कारण मृत्यु भएको जस्तो देखिने प्रहरी निरीक्षक बरामले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृतक वृद्धले लगाएको गरगहना र लुगाफाटो जस्ताकोतस्तै रहेकाले लडेकै कारणले मृत्यु भएको जस्तो देखिएको छ । मृतक वृद्धको शव परीक्षणका लागि जिल्ला असपताल पर्वतमा राखिएको छ ।
मुस्ताङ: मुस्ताङको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन् । ...
मुस्ताङ: मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । यहाँको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँ...
काठमाडौं: २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ...

