बाढी–पहिरोबाट ३१ जनाको मृत्यु, २४ बेपत्ता

काठमाडाैं | साउन ११, २०८०

बाढी–पहिरोबाट ३१ जनाको मृत्यु, २४ बेपत्ता फाइल तस्बिर

यस वर्षको मनसुनजन्य विपदबाट हालसम्म ३१ जनाको मृत्यु भएको छ।

 

गृहमन्त्रालयअन्तर्गत विपद् पूर्वतयारी प्रतिकार्य शाखाका अनुसार बुधबारसम्म यस वर्ष मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जना बेपत्ता छन् भने ३४ जना घाइते छन्। ९५ वटा घर पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् भने १८४ घरमा आंशिक क्षति पुगेको छ।

 

महाशाखाका अनुसार बाढी(पहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति पुगेको छ। गत असार पहिलो साता आएको बाढीबाट त्यहाँ ४ जनाको मृत्यु भएको थियो भने भने १८ जना अझै बेपत्ता छन्। ताप्लेजुङको पहिरामा ३ जनाको मृत्यु भएको तथ्यांक छ। त्यहाँ ३ जना अझै बेपत्ता छन्।

 

पाँचथरको बाढीमा पनि ३ जनाको मृत्यु भएको थियो भनेर ३ जना अझै भेटिएका छैनन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणले यस वर्ष बाढी–पहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने प्रक्षेपण गरेको थियो। २ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने उसको आकलन छ।

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्