गुरुकुलमा विद्यार्थीको चाप

स्याङ्जा | साउन १३, २०८०

गुरुकुलमा विद्यार्थीको चाप

स्याङ्जा:    गुरुकुलीय शिक्षा प्रणाली हराउँदै गएको बेला यहाँको रामनदीधाम संस्कृत गुरुकुलमा भने विद्यार्थीको चाप बढेको छ । मागभन्दा धेरै भर्ना हुन आउँदा गल्याङ नगरपालिका–१, रामनदीधामको बिद्यार्थीको चाप बढेको हो । 


गुरुकुलमा संस्कृत, बेद, व्याकरण, कर्मकाण्ड मात्र नभएर आधुनिक विषय विज्ञान, अग्रेदी, गणित, कम्प्युटरको पठनपाठन हुने गरेको छ । गुरुकुलका आचार्य कृष्णप्रसाद बस्यालले माध्यमिक तह ६–१० कक्षासम्म आवासीय रुपमा पढाइ हुने गुरुकुलमा संस्कार संस्कृतिसहित आधुनिक विषयवस्तुलाई पाठ्यक्रममा समावेश गरिएकाले विद्यार्थीको आकर्षण बढेको बताउनुभयो । 


२०४२ सालमा स्वर्गीय योगी नरहरिनाथले एक महिना १०८ बाह्मणद्वारा गायत्री कोटी हवन गरेर करिब ६ महिना परम्परागत रुपमा गुरुकुल सञ्चालन गरिएको थियो । गुरुकुलीय पद्धतिमा सरकारको पूर्ण दायित्व नहुने भएकाले समुदायको सहयोगमा सञ्चालन हुदै आएको छ । 


गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष विष्णु देवानन्द सरस्वतीले  गुरुकुलमा हाल ८८ बटुक अध्ययनरत रहेको र चार सरकारी दरबन्दीका र चार निजी स्रोतका शिक्षकले शिक्षण सिकाइ क्रियाकलाप गराउँदै आएको बताउनुभयो ।    


गुरुकुलमा गुरुकुल पाठशाला, कार्यालय, आवास गृह, शौचालय रहेको छन् भने गुरुकुललाई गल्याङ नगरपालिकाले र विभिन्न दाताको सययोगमा संचालन हुदै आएको छ । 

पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

थप पढ्नुहोस्

पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

थप पढ्नुहोस्

पोखरा:  घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

थप पढ्नुहोस्