जबर्जस्ती करणी गर्ने युवक पक्राउ

पाल्पा | साउन १३, २०८०

जबर्जस्ती करणी गर्ने युवक पक्राउ

पाल्पा:    तानसेनको एक होटलमा जबर्जस्ती करणी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीकी २५ वर्षीया महिलालाई डरधम्की देखाएर जबर्जस्ती करणी गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–९ बस्ने २४ वर्षका आशिष सुनार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गत साउन ५ गते तानसेनस्थित एक होटलमा ल्याएर ती पुरुषले आफूलाई जबर्जस्ती करणी गरेको र अश्लिल भिडियोसमेत बनाएको पीडितको भनाई छ । 


उक्त भिडियो सार्वजनिक गर्ने र भाइरल बनाउने डरधम्की दिएर पुनः बुटवल उपमहानगरपालिका–११, माझगाउँको एक होटलमा ती पुरुषले जबर्जस्ती प्रहरीले जनाएको छ ।


युवकले जबर्जस्ती गरेको अश्लिल भिडियो भाइरल गर्ने धम्की दिएर पटक–पटक करणी गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । आरोपी पुरुषलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको थापाले बताउनुभयो ।   

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्