ठगी आरोपमा फरार पक्राउ
तनहुँ | साउन १३, २०८०
तस्बिर फाइल
दमौली: जिल्ला प्रहरी कार्यालय तनहुँले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बासगढी नगरपालिका–५ झोडिया स्थायी घर भई हाल तनहुँको व्यास नगरपालिका–१ अम्रेनी बस्ने ५० वर्षीय महेश गिरी नामले चिनिने मेघनाद गिरी रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।
हाम्रो हात नेपाल प्रालिमा शेयर लगानी गर्ने किसानलाई कृषि फार्ममा सहुलियत ऋणको प्रलोभन देखाइ २०७८ सालमा पुसमा व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङका महिलाबाट रु सात लाख ५० हजार ठगी गरी फरार निजलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभयो ।
निजविरुद्ध महिलाले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पक्राउ परेका उनीविरुद्ध तनहुँ अदालतबाट शुक्रबार सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

