पोखराको फोहोर लामेआहालमा लैजान रोक, मुख्य सडकमा फोहोर छ्यालब्याल
पाेखरा | साउन १४, २०८०
Photo Sudarshan Ranjeet
पोखरा: पोखरामा चार दिन यता फोहोर उठ्न सकेको छैन् । पोखराको मुख्यसडक वरपर फोहोर थुप्रिएको छ ।
पोखरा महानगरपालिकाले पोखरा ३२ लामेआहालमा अस्थायी ल्याण्डफिल्ड साइड बनाउँदा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयहरुले ४ दिन यता फोहोर फाल्न रोक लगाएका छन् ।
स्थानीयहरुले अस्थायी ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न रोक लगाएपछि सडकमा थुप्रिएको फोहोर गएराति परेको अविरल वर्षाका कारण फोहोर मुख्यसडकमै छ्यालब्याल भएको छ ।
पोखरा महानगरपालिकाले ६ महिनाका लागि भन्दै विभिन्न सम्झौता गरेर अस्थायी ल्याण्डफिल्ड साइड बनाएपनि त्यो सम्झौता कार्यान्वयन नभएपछि फोहोर फाल्न रोक लगाएको स्थानीयले बताएका छन् ।
म्याग्दी: कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । ...
काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

