क्यान्सर पीडित अधिकारीलाई ३ लाख भन्दा बढी सहयोग

स्याङ्जा | साउन १५, २०८०

क्यान्सर पीडित अधिकारीलाई ३ लाख भन्दा बढी सहयोग

फेदिखोला: लालीगुराँस युवा क्लब, फेदीखोला–२, खहरे स्याङ्जाले एक कार्यक्रमको आयोजना गरि फोक्सोको क्यान्सर रोगबाट पीडित भई विगत एक वर्षदेखि भारतको नयाँ दिल्लीमा उपचाररत ३१ वर्षीया पूजा अधिकारी कार्कीको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ।

 

क्लबका पदाधिकारी, सदस्य एवम् स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट संकलित ३ लाख २९ हजार सात सय २९ रुपैया क्लबका अध्यक्ष शंकर कार्की, ज्येष्ठ नागरिक समाजसेवी मान बहादुर कार्की र कोषाध्यक्ष समीर कार्कीले संयुक्त रुपमा पूजा अधिकारी कार्कीका ससुराबुवा धर्मराज कार्कीलाई हस्तान्तरण गरेका हुन्। अध्यक्ष शंकर कार्कीले यो अभियानमा क्लबसँग जोडिएर सहयोग गर्नुहुने महानुभावप्रति आभार व्यक्त गरे ।

 

सो अवसरमा समाजसेवी नरेन्द्रजंग कार्की, केशव कार्की, विजय कार्की, लाल कार्की अन्जान, मोति बहादुर कार्की र डिल बहादुर कार्कीले लालीगुराँस युवा क्लबले विभिन्न दुखसुख एवम् सामाजिक कार्यहरुमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै पूजाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए भने पूजा अधिकारी कार्कीका ससुराबुवा धर्मराज कार्कीले क्लबप्रति आभार व्यक्त गर्दै क्लबले संचालन गर्न लागेको आकस्मिक कोषमा आफ्नो तर्फबाट केही सहयोग रकम प्रदान गरेका थिए।

 

सोही कोषमा नरेन्द्र जंग कार्की, केशव कार्की र लाल कार्की अन्जानले पनि रकम उपलब्ध गराएका थिए। क्लबका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव सुजन पौडेलले संचालन गरेका थिए भने कोषाध्यक्ष समीर कार्कीले आर्थिक सहयोग उपलब्ध गराउने महानुभावहरुको नामावली पढेर सुनाएका थिए।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्