जिल्ला खेलकुद समितिहरुले प्रस्तुत गरे प्रगति विवरण
पाेखरा | साउन १५, २०८०

पोखरा: गण्डकी प्रदेशका विभिन्न जिल्ला खेलकुद खेलकुद विकास समितिहरुले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीद्वारा आयोजित एक कार्यक्रममा प्रगति विवरण प्रस्तुत गर्नुका साथै जिल्लाहरुमा भएका गतिविधिहरुका बारेमा समेत समिक्षा गरिएको हो । आर्थिक वर्ष २०७९÷०८० को प्रगति विवरण संगै चालु आर्थिक वर्षका लागि विनियोजित बजेट र कार्यक्रमका बारेमा छलफल भएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् ।
परिषदले जिल्लामा आयोजना हुने खेलकुदको संभावना, चुनौती र अवसर, खेलहरुको विवरण र पूर्वाधारको अवस्था, जिल्ला खेलकुदहरुको आम्दानीका श्रोत तथा सम्भावनाहरु, जिल्लामा दर्ता गरिएका विभिन्न खेल संघहरुको विवरणलगायतका विषयहरुलाई केन्द्रविन्दुमा राखेर छलफल गरिएको सदस्य सचिव शर्माले बताए ।
“हामी अहिले जिल्ला खेलकुद विकास समितिमार्फत जिल्लामा रहेका खेल पूर्वाधारहरुको संरक्षण, खेल संघहरुको नविकरण, चालु आर्थिक वर्षको बजेटलाई खर्च गर्ने विषयमा गम्भिर रुपमा छलफल गरेका छौं,” सदस्य सचिव शर्माले भने–“हामीले प्रशिक्षक र खेलका निर्णायकहरुको सूचिकरणको प्रक्रियालाई समेत समयमा नै सक्नु पर्ने भएकोले आजको छलफलले दिशा निर्देश गरेको छ भने हामी अव कार्यविधि नै बनाएर सबै कुरालाई विधिवत रुपमा स्थापित गर्दैछौं ।”
जिल्ला खेलकुद संघहरु कमजोर हुँदा खेल विकासले गति लिन नसक्ने बताउँदै कार्यविधि निर्माण गरेर आर्थिक र प्रशासनिक सुशासन निर्माणका लागि परिषद अझै गम्भिर भएर अघि बढ्ने सदस्य सचिव शर्माले बताए । जिल्ला खेलकुद विकास समितिहरुमा कर्मचारीहरुको अभाव रहिरहेको बताउँदै कर्मचारीहरुको परिपुर्ती गर्न परिषदले आवश्यक निर्णय समेत गर्ने उनको भनाई थियो ।
जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ, तनहुँका अध्यक्ष अनिल पाण्डे, गोर्खाका अध्यक्ष शान्तसिंह बस्नते, नवलपुरका अध्यक्ष सेत पुन, पर्वतका अध्यक्ष हर्कमान गुरुङ र म्याग्दीका अध्यक्ष दिनेश केसीलगायत जिल्ला खेलकुदका कार्यालय प्रमुखहरुले समेत जिल्लाको वस्तुस्थितीका बारेमा जानकारी गराएका थिए ।
छलफल कार्यक्रममा परिषदका कार्यकारी सदस्य द्वय दिल बहादुर गुरुङ, ऋषीराम गौतम, कार्यालय प्रमुख टोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकाल लगायतले प्रगती विवरणको समिक्षाले आगामी दिनमा जिल्लाहरुमा खेलकुद गतिविधिहरु बढाउन र नयाँ योजनाहरु कार्यान्वयन गर्न सहयोग पुग्ने बताए ।
विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...