विकासका लागि तीन वटै सरकार एउटै बाटोमा हिड्नुपर्छ: अर्थमन्त्री आलेमगर
तनहुँ | साउन १५, २०८०
Photo: Pratap Rana Magar
पोखरा: गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेमगरले मुलुकको विकासका लागि तीनै वटै तहको सरकार एउटै बाटोमा हिड्नु पर्ने बताएका छन् ।
भिमाद नगरपालिकाको नीति, बजेट कार्यक्रमको सार्वजनिक गर्दै आज (सोमबार) मन्त्री आलेमगरले यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले मुलुकको दिगो विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकार एक आपासमा समन्वय गरी अगाडी बढ्नुपर्नेमा जोड दिए ।
उनले तीन वटै तहको सरकार तीन तिर फर्केको प्रति गुनासो गरे । ‘मुलुकको दिगो विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकार समन्वय गरेर संगै हिड्नु जुरूरी छ, उनले भने, त्यसका लागि आर्थिक मामिला मन्त्री हैसियतले समन्वय गर्ने प्रयास गरिरहेको छु ।’
उनले एक आपसको सहकार्यले मात्र देशको दिगो विकासको लक्ष्य हासिल गर्न सकिने बताउदै एउटै लयमा हिड्नेपर्ने बताए । ‘तीन वटै सरकार तीन तिर हिडेर मुलुकको हित कहिल्यै हुदैन । अब तीन तहकै सरकार एउटै बाटोमा हिड्नु विकल्प छैन,’ उनले भने ।
जनप्रतिनिधिहरू आर्थिक शुसानमा बस्नुपर्ने मन्त्री आले मगरले बताएका थिए । मन्त्री आलेमगरले घिरिङ १ पुट्टार उत्तर बाहिनी क्षेत्रमा संचालित पुरूषोत्तम महायज्ञको समापनसमेत गरेका थिए ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

