एसइई उत्तिर्ण विद्यार्थीहरुलाई मादी ६ को सम्मान
पाेखरा | साउन १५, २०८०
पोखरा: कास्कीको मादी गाउँपालिका ६ वडा कार्यालयले २०७९ को एसइई परीक्षामा उत्तिर्ण भएका १४ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
मादी गाउँपालिका ६ स्थित महारुद्र माध्यमिक विद्यालयबाट ०७९ को एसइई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई वडा कार्यालयले एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
कार्यक्रममा वडाध्यक्ष डिल बहादुर क्षेत्रीले अबको विद्यार्थीहरुले नैतिक शिक्षासँगै व्यवहारिक शिक्षालाई पनि जोड दिन आवश्यक रहेको बताए ।
‘आजका विद्यार्थीहरु भोलिका कर्णधार हुन्, विद्यार्थीहरुले नैतिक शिक्षासँग व्यवहारिक शिक्षालाई जोड दिन आवश्यक छ’, उनले भने, ‘ समाज र देश विकासको लागि व्यवहारिक शिक्षा अनिवार्य छ ।’
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

