आँखा पाक्ने रोग फैलिएपछि अस्पतालमा बिरामीको भिड

काठमाडाैं | साउन १८, २०८०

आँखा पाक्ने रोग फैलिएपछि अस्पतालमा बिरामीको भिड

काठमाडौं:    आँखा पाक्ने रोग फैलिएपछि अस्पतालमा बिरामीको भिड बढ्न थालेको छ । अहिले काठमाडौं उपत्यकासहित देशभरका आँखा अस्पतालमा बिरामीको चाप बढेको छ । काठमाडौंको आँखा अस्पताल त्रिपुरेश्वरमा दैनिक झण्डै एक सय जना बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।


काठमाडौं उपत्यकाका अरु अस्पतालसँगै विभिन्न जिल्लाका अस्पतालमा पनि बिरामीको भिड छ । पानी पर्ने यो सिजनमा आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने समस्या देखिने नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर इन्दुप्रसाद ढुङ्गेलले बताउनुभयो । हरेक वर्ष मनसुनको समय आँखामा यस्ता समस्या देखिन्छन् । उहाँका अनुसार यो सरुवा रोग हो ।


सरुवा रोग भएकाले एउटै घरका धेरै व्यक्तिमा आँखाको समस्या देखिएको पाइएको छ । त्यसैले आँखा पाक्ने समस्या भएको व्यक्तिको रुमाल प्रयोग नगर्न र सिधै बिरामीको आँखामा नहेर्न डाक्टरको सुझाव छ । आँखा पाक्ने रोग मौसम परिवर्तनसँगै हुने भएकाले यो दीर्घकालीन समस्या होइन ।


डाक्टरका अनुसार सामान्यतयता यो रोग एकदेखि दुई हप्ताभित्र निको हुन्छ । तर, सावधानी नअपनाए, जथाभाबी औषधिको प्रयोग गरे दृष्टि नै गुम्ने खतरा हुन्छ । आँखामा कुनै पनि समस्या देखिए नजिकैको आँखा अस्पतालमा जचाएर मात्र औषधि प्रयोग गर्न वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर इन्दुप्रसाद ढुङ्गेलको आग्रह छ ।


आँखा पाक्ने रोगबाट बच्न धुवाँधुलोबाट जोगिन, घरबाहिर जाँदा घामबाट जोगिनको लागि चश्मा लगाउन, मन तातोपानीले बिहान बेलुका सफा गर्न र प्रशस्त मात्रामा पानी पिउन डाक्टरको सुझाव छ ।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्