छोरीलाई विष खुवाएर हत्या गरेको अभियोगमा आमालाई ३ वर्ष कैद
तनहुँ | साउन १८, २०८०
तनहुँ: तनहुँ जिल्ला अदालतले विष खुवाएर छोरीको हत्या गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ ।
छोरीलाई विष खुवाएर आफूले समेत सेवन गरेकी पोखरा –२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई अदालतले तीन वर्ष कैद र ३० हजार रुपैंया जरिवाना सजायको फैसला सुनाएको हो ।
तनहुँको आँबुखैरेनी स्थित एक लजमा २०७७ को माघ १९ गते विष सेवन गरेको अवस्थामा आमाछोरी फेला परेका थिए ।
होटल सञ्चालकले देखेर उनीहरुलाई उपचारका लागि अस्पताल लगेकोमा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो । उपचारपश्चात् आमा सुष्मा भने निको भएकी थिइन ।
घटना हुँदा वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका आरोपितका श्रीमान् मनोज विकले घटना लगत्तै सुष्माविरुद्ध जाहेरी दिएका थिए ।
मनोज कै जाहेरीका आधारमा सुष्मालाई प्रहरीले झन्डै ६ महिनापछि २०७८ साउन ३० गते पक्राउ गरेको थियो ।
उनी विरुद्ध २०७८ भदौ १६ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो ।
तनहुँ जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेकी सुष्मामाथिको मुद्दामा जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले कैदसहित जरिवाना सजायको फैसला सुनाएको हो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

