सरकारले दिएको विभूषण नबेच्न महावीर पुनलाई गृह मन्त्रालयको आग्रह
काठमाडाैं | साउन २३, २०८०
तस्बिर फाइल
काठमाडौं: गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई सरकारले दिएको विभूषण लिलामीमा नराख्न आग्रह गरेको छ ।
मन्त्रालयले पुनलाई एक जानकारी पत्र पठाएर नेपाल सरकारले दिएको मानपदवी उज्जवल कीर्तियम राष्ट्रदीप द्वितीय श्रेणी न्यूनतम मूल्यसमेत उल्लेख गरेर बिक्रीका लागि लिलामीमा राखिएको विषय सामाजिक सञ्जालमा सार्वजनिक भएकोले त्यसो नगर्न आग्रह गरेको हो ।
कुनै नेपाली र विदेशीलाई दिएको मानपदवी र विभूषण कसैलाई बिक्री गरेमा, बन्धकी राखेमा वा मर्यादा विपरीत हुने गरी प्रयोग गरेमा सरकारले विभूषण रद्द गर्ने विषय पनि स्मरण गराएको छ । यसरी विभूषण नै रद्द भएपछि पाउने व्यक्तिको नामसमेत रद्द गरेर सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन हुने विषय पनि गृह मन्त्रालयले प्रष्ट पारेको छ ।
महावीर पुनजस्तो प्रतिष्ठित र सम्मानित व्यक्तिबाट कुनै गैरकानुनी कार्य नहुनेमा मन्त्रालय विश्वस्त रहेको पनि पत्रमा उल्लेख छ ।

पोखरा: पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा लेखनाथले विजयी हासिल गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा पोखरा र...
पोखरा: जानकी माध्यामिक विद्यालय पोखरा १७ का विद्यार्थीलाई ईक्रा शिक्षा फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । संस्थाले विद्यालयका जेहेन्दार एवम् विपन्न वर्गका २० जना विद्यार्थीलाई जनही दुई हजारका दरले नगद वितरण ...
पोखरा: त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो...

