नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ
काठमाडाैं | साउन २६, २०८०
काठमाण्डौ: नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाण्डौमा रहेको इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गएराति काठमाण्डौबाट पक्राउ गरिएको हो ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्युरोले अपरेसन थालेको छ । बिहीवार हिजो पनि ब्युरोले पाँच जनालाई पक्राउ गरेको थियो ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

