कांग्रेसमाथि चौतर्फी आक्रमण भयो: डा. कोइराला

तनहुँ | भदौ १५, २०८०

कांग्रेसमाथि चौतर्फी आक्रमण भयो: डा. कोइराला तस्बिर फाइल

तनहुँ:    नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताउनुभएको छ । 


आज दमौलीस्थित बीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो । डा। कोइरालाले भन्नुभयो, “सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब कांग्रेस एकढिक्का हुनुपर्छ ।” उपनिर्वाचनमा विजयी हुन नसके पनि निराश हुनुपर्ने अवस्था नरहेको चर्चा गर्दै उहाँले  तनहुँ कांग्रेसको गढ हो चिन्ता लिनुपर्ने अवस्था छैन तर नेतृत्वले एक ढिक्का बनाउन प्रयत्नरत हुनुपर्नेमा जोड दिनुभयो  । 


डा कोइरालाले भन्नुभयो, “देशको आर्थिक, धार्मिक, सांस्कृतिक र अब  कूटनीतिक क्षेत्रमा  समेत कतै ठीक देखिँदैन, यसको समाधानका लागि जबसम्म कांग्रेसको नेतृत्व हुँदैन तवसम्म कठिन हुन्छ ।” आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । 


तनहुँमा कांग्रेस बलियो भए यससँग जोडिएका छिमेकी जिल्लालाई समेत प्रभाव पर्ने भएकाले यहाँको नेतृत्व निराश नभई सशक्त बन्नुपर्नेमा डा। कोइरालाले सुझाव दिनुभयो ।  


नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले लोकतान्त्रिक सरकार निर्माणमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसलाई सशक्त बनाउनु नै अहिलेको आवश्यकता हो ।”


जिल्ला बनाउनुका साथै देश बनाउने जिम्मेवारी अहिले तनहुँको नेतृत्वको काँधमा आएको उल्लेख गर्दै सदस्य भण्डारी कांग्रेस संवेदनशील भएर अगाडि बढ्नुको विकल्प नरहेको बनाउनुभयोे । 

पोखरा:   जिल्ला प्रशासन कार्यालय, कास्कीले मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका चार स्थानमा जाने सडकखण्डमा सवारीसाधन सञ्चालनको समय तोकेको छ।  कास्की प्रशासनले अ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल प्रहरीले रसुवामा मङ्गलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य आज बिहानैदेखि जारी रहेको जनाएको छ ।  रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी कि...

थप पढ्नुहोस्

लमजुङ:  लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्द...

थप पढ्नुहोस्