चीन भ्रमणमा कोरोला नाका सञ्चालनका लागि छलफल हुन्छ: प्रधानमन्त्री प्रचण्ड
पाेखरा | भदौ १५, २०८०

पोखरा: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङको कोरोला नाका सञ्चालनका लागि चीन सरकारसँग छलफल हुने बताएका छन् ।
समाजवादी मोर्चा, नेपाल गण्डकी प्रदेशको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा कोरोला नाका सञ्चालनका लागि छलफल गर्ने बताएका हुन् ।
‘अब हुने चीन भ्रमणमा विभिन्न एजेण्डा छलफल हुनेछ भौतिक पूर्वाधार देखि विभिन्न क्षेत्रमा छलफल गर्ने छु’, प्रचण्डले भने, ‘गण्डकी प्रदेशको मुस्ताङको कोरोला नाका र गोरखाको रुइला नाका सञ्चालन लागि चीन सरकारसँग छलफल हुन्छ ।’
प्रधानमन्त्री प्रचण्डले मुस्ताङको कोरोला नाका र गोरखाको रुइला नाका सञ्चालनमा आए गण्डकी प्रदेशको समृद्धमा थप सहयोग पुग्ने बताए ।
सरकारमाथि ठूलो दबाब सिर्जना गरिएको बताउँदै भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिने हुन् कि भन्ने विषयमा सरकारमाथि ठूलो प्रश्न तेस्र्याइएको उनको भनाई छ ।
‘ भ्रष्टाचारीविरुद्धको अभियान सानो मनले सुरु होइन,सरकारमाथि विभिन्न प्रश्न तेर्साएर दबाब सिर्जना गरिएको छ, अन्तिमम भ्रष्टाचारीहरुलाई उन्मुक्ति पो दिने हुन कि?’, उनले भने, ‘आफ्ना मान्छेलाई बचाउने पो हुन कि? तर भ्रष्टचारविरुद्धको यो अभियान सानो मन, सानो विचार, सानो उद्देश्यले गरिएको होइन ।’
उनले आफ्नो अरुको नभनी कसैलाई नछोड्न प्रहरीलाई निर्देशन दिएको बताए ।
‘मैले प्रहरी, सेक्युरिटी फोर्स र अनुसन्धानकर्तालाई भन्दै आएको छु, निष्पक्ष र निस्वार्थरूपमा अनुसन्धान गर्नुस, जो जो दोषी देखिन्छन प्रकाउ गर्नुहोस्, चाहे त्यो माओवादी, कांग्रेस, एमाले, समाजवादी जोसुकै होस् ।’ उनले भने ।
पोखरा: जिल्ला प्रशासन कार्यालय, कास्कीले मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका चार स्थानमा जाने सडकखण्डमा सवारीसाधन सञ्चालनको समय तोकेको छ। कास्की प्रशासनले अ...
काठमाडौं: नेपाल प्रहरीले रसुवामा मङ्गलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य आज बिहानैदेखि जारी रहेको जनाएको छ । रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी कि...
लमजुङ: लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्द...