एमसिसी र बीआरआईबाट देशको हित हुनेगरी लाभ लिनुपर्छ: सभामुख घिमिरे

काठमाडाैं | भदौ १६, २०८०

एमसिसी र बीआरआईबाट देशको हित हुनेगरी लाभ लिनुपर्छ: सभामुख घिमिरे तस्बिर फाइल

काठमाडौं:    सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनुभएको छ ।


शनिवार आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) बाट देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनु भएको हो । 


उहाँले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी देशबाट हुने फाइदा कसरी धेरै लिने भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनु भयो । उहाँले एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेको र बीआरआईको बारेमा पनि नागरिकलाई बुझाएर राष्ट्र र नागरिकको हितमा प्रयोग गर्न आग्रह गर्नुभयो ।


उहाँले भौगोलिक विकटका बावजुत पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने बताउनु भयो । उहाँले नेपालले बाह्य ऋणबाट मुक्त गर्नुपर्ने बताउनु भयो । 


सभामुख घिमिरेले दुई ठूला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको बताउनु भएको छ । 

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्