एन प्याव्सन कास्कीको अध्यक्षमा हेमन्त
पाेखरा | भदौ १६, २०८०

पोखरा: नेशनल प्याव्सन कास्कीको शुक्रबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पुनः हेमन्त अधिकारी निवार्चित भएका छन् ।
समितिको उपाध्यक्षमा मनकाजी गुरुङ, सचिवमा प्रेमराज अधिकारी, कोषाध्यक्षमा राजु केसी निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रमेशराज पौडेल, अर्जुनप्रसाद अधिकारी, ज्ञानेन्द्रबहादुर थापा, अर्जुन प्रसाद पाण्डे, राजु कायस्थ, तोलाकान्त न्यौपाने, शिवराज पौडेल, सञ्जय पौडेल र हरिराज अधिकारी निर्वाचित भएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले शिक्षामा निजि क्षेत्रले गरेको लगानिलाई अवमुल्यन गर्न नहुने बताएका छन् ।
महत्वपूर्ण ऐन तथा विधयेक आउदा कुन कुना बाट छिरेर आउछ त्यो पत्तै हुदैन, हालै आएको शिक्षा विधयेकको प्रसंग कोट्याउदै उनले भने, ‘यस्ता खालका ऐन विधयेक आउदा सम्वन्धित सरोकारवालाहरुसँग छलफल गरेर ल्याए मात्रै समस्या हल हुन्छ ।’
उनले निजि विद्यालयसँग पोखरा महानगरपालिका सधै सहकार्य गरेर अगाडि बढ्ने बताए । ‘समस्या आएमा एउटै टेवुलमा वसेर छलफल गर्नुपर्दछ, अन्तरविरोधमा गएर शैक्षिक क्षेत्रको विकास गर्न सकिदैन’ उनले भने, ‘पक्ष प्रतिपक्ष वन्नु हुदैन एक ठाउँमा वसेर सहकार्यका साथ समस्या समाधान गर्नुपर्दछ ।’
सामुदायिक विद्यालय आफैमा सवल भएमा निजि विद्यालयका लगानिकर्ताले नया वाटो खोज्ने बताउदै उनले निजि विद्यालयलाई गाली गरेर मात्रै शैक्षिक फड्को मार्न नसकिने उल्लेख गरे ।
नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले शिक्षा क्षेत्रलाई नै तहस नहस गरी शिक्षा विधयेक आएकै कारण विरोधमा उत्रिन परेको बताए ।
‘करोडौ करोड लगानी गरेको र जवानी पनि यहि क्षेत्रमा विताएर मुलकको शिक्षालाई समृद्धी बनाउन हामी लागि परेका छौ’ उनले भने, ‘हाम्रो अस्तित्व नै स्विकार नगरी जुन ढंगले विधयेक आयो यस विषमा हामीले विरोध गरौ र सरकार पछि हट्यो ।’
उनले सरोकारवालहरुसँग छलफल गरेर मात्रै विधयेकलाई अगाडि बढाउने नेपाल सरकारसँग सहमति भए सगै आन्दोलनका कार्यक्रम स्थगित गरेको बताए ।
गण्डकी प्रदेश शिक्षा निर्देशनालयका प्रमुख अम्बिका प्रसाद आचार्यले सामुदायिक तथा निजि विद्यालयको नियमन र सहजिकरण गर्ने काम नेपाल सरकारको भएको बताए ।
‘हामी सवैको पक्षधर नै हो राम्रो गर्नेलाई फैलाउने र कमजोरी गर्नेलाई औल्याउने काम गर्दछौ’ उनले भने, ‘विद्यार्थीको लागि हित गर्ने र टेवा पुग्ने उद्देश्यले नै विद्यालय स्थापना भएका हुन् फरक चिन्तन, फरक धारणा र फरक चाहानले हामीले विभेद गर्दैनौ ।’
उनले मूलुकका लागि शिक्षा प्रदान गरेर विदेशिने धनराशी नेपालमानै टिकाउने र दक्ष जनशक्ति उत्पादन गरी जताततै विकाउने काम निजि विद्यालयले गरेको उल्लेख गरे ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले सामुदायिक विद्यालयले पनि अव अग्रेजी माध्यममा पढाइ शुरु गर्न थालेको बताउदै नेपाल अव दुइ खाल शिक्षा नहरेको उल्लेख गरे ।
नेशनल प्याव्सनका केन्द्रीय सहअध्यक्ष सुभाष न्यौपानले नेपाल सकारका सम्वन्धित निकायले नै शिक्षा विधयेक अध्ययन नगरि ल्याएकै कारण समस्या वल्झिएको बताए ।
नेशनल प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले निजि क्षेत्रको उपस्थितिलाई नेपाल सरकारले लत्याउने काम गरेको बताए ।
रसुवा: नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्याएक...
म्याग्दी: म्याग्दी-म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा र...
पोखरा: गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको प्रभाव र किसानहरूले अपनाएका अनुकुलन रणनीतिसम्बन्धी सहकार्यात्मक अनुसन्धान प्रतिवेदन शनिबार पोखरामा सार्वजनिक गरिएको छ । त्...