तेन्जन र कविता मगरलाई ५ किमि छात्र/छात्रा दौडको उपाधि
पाेखरा | बैशाख २९, २०८१
पोखरा: तेन्जेन रोका मगर र कविता मगरले पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको पाँच किलो मिटर छात्र/छात्रा सडक दौडको उपाधि हात पारेका छन् ।
स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको विद्यालयले हीरक महोत्सव अन्र्तगत गठन गरिएको खेलकुद उपसमितिले शनिबार आयोजना गरेको दौडमा छोरेपाटन माविका तेन्जेनले सहभागि अन्य ६ सय १३ जनालाई पछि पादै निर्धारित दुरी १६ मिनेट ५७.६३ सेकेण्ड पुरा गदै उपाधि हात पार्दा छात्रातर्फ २२ मिनेट ३२.०१ सेकेण्डमा दौड पुरा गरेकी गौरीशंकर माविकी कविताले सहभागि अन्य दुई सय ५३ जनालाई पछि पादै उपाधि हात पार्न सफल भएकी हुन् ।
प्रतियोगिता अन्र्तगत छात्रतर्फ १७ मिनेट १२.६३ सेकेण्डका दुरी पार गरेका छोरेपाटन माविका प्रकाश थिङ दोस्रो र १७ मिनेट ४७.९४ सेकेण्डमा दुरी पुरा गरेका अक्सफोर्ड स्कुलका इश्वर ढकाल तेस्रो भए ।
छात्रातर्फ २२ मिनेट ३५.०९ सेकेण्डमा दुरी पार गदै मेघराज आधारभुत माविकी एन्जिला जिटी दोस्रो र २२ मिनेट ४६.०५ सेकेण्डमा दौड पुरा गरेकी छोरेपाटन माविकी साधना सेवा तेस्रो भईन ।
छात्र÷छात्रा प्रथम, दोस्रो र तेस्रो हुनेहरुले क्रमश सात, पाँच र तीन हजार नगद सगै पदक र प्रमाण पत्र पुरस्कार पाए ।
विभिन्न ४४ विद्यालयका ६ सय १४ छात्र र दुई सय ५४ छात्रा गरी कुल आठ सय ६८ जनाले सहभागिता जनाएका थिए । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सभाका सदस्य गणेशमान गुरुङ, पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष शाहारा प्रधान, विद्यालयका अध्यक्ष रामविक्रम राणा, प्रधानाध्यापक इश्वरी सापकोटा लगायतले पुरस्कार वितरण गरेका थिए ।
विद्यालयको गेटबाट सुरु भएको दौड हरिचोक – विन्ध्यवासिनी मन्दिर – बागलुङ बसपार्क – भिमसेन मन्दिर चोक – कोपिलढुङ्गा चोक – ज्ञानभूमि स्कूल चोक – बाल मन्दिर स्कुल चोक – पि.एन. क्याम्पस चोक – भीमकालीपाटन चोक – वडा कार्यालय पोखरा १ – लामपाटन मार्ग – सिम्पानी चोक – हरिचोक हुदै टँुडिखेलमा आएर सम्पन्न भएको थियो । खेलकुद अन्र्तगत दौड पछि विद्यालयले परम्परागत छेलो (ठेलो) प्रतियोगिता (छात्र÷छात्रा) सगै जिल्ला स्तरीय भलिबल प्रतियोगिता (छात्र÷छात्रा) समेत आयोजना गर्ने तयारि गरेको छ ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

