अमेरिकी सेना संयुक्त सैन्य अभ्यासका लागि नेपाल आउँदै
काठमाडाैं | भदौ २१, २०८०
तस्बिर फाइल
काठमाडौं: संयुक्त सैन्य अभ्यासका लागि आज अमेरिकी सेना नेपाल आउँदै छ ।
आइतवार २४ गतेदेखि असोज १२ गतेसम्म हुने संयुक्त अभ्यासका लागि अमेरिकी सेना नेपाल आउन लागेको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार सैन्य अभ्यास भक्तपुरको नगरकोटमा हुनेछ । उनका अनुसार यो हरेक वर्ष हुने नियमित अभ्यास हो । यसअघि ३९ औँ अभ्यास भइसकेको छ ।
अभ्यासमा नेपाली सेनाका ३० तथा अमेरिकी सेनाका १२ गरी ४२ जना सैनिकको सहभागिता हुनेछ । संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुने सेनाले जनाएको छ ।
नेपाली सेना, संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बङ्लादेश, इजरायललगायत देशका सैन्य सङ्गठनसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन तालिम गर्दै आएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

