गण्डकी बोर्डिङ र पोखरा एकेडेमीलाई ह्याण्डबल उपाधि

पाेखरा | असोज ७, २०८०

गण्डकी बोर्डिङ र पोखरा एकेडेमीलाई ह्याण्डबल उपाधि

पोखरा:    पोखरा महानगर प्रथम विद्यालयस्तरीय छात्रछात्रा ह्याण्डबलको उपाधि छात्रतर्फ गण्डकी बोर्डिङले जितेको छ । फाइनलमा लिटिल स्टेप माविलाई १६-७ गोलअन्तरले पराजित गर्दै गण्डकीले उपाधि जितेको हो । प्रतियोगितामा सरस्वती आदर्श विद्याश्रम मावि तेस्रो भयो । उसले पोखरा एकेडेमीलाई १४-१३ अन्तरले पराजित गरेको हो ।


छात्रातर्फको उपाधि भने पोखरा एकेडेमीले जित्यो । गण्डकी बोर्डिङलाई ४-२ गोलअन्तरले पराजित गर्दै पोखरा एकेडेमीले उपाधि जितेको हो । छात्रातर्फ पनि सरस्वती आदर्श विद्याश्रम नै तेस्रो भयो । उसले ज्ञानज्योतिको चुनौती १०-० ले पन्छाएको हो ।

 


उपाधि विजेताले जनही १५ हजार  र उपविजेताले १० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तेस्रोलाई जनही ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र दिइयो ।


छात्रतर्फ गण्डकी बोर्डिङका मनीष कुँवर र छात्रातर्फ पोखरा एकेडेमीकी पूर्णिमा क्षत्री उत्कृष्ट खेलाडी घोषित भए ।


पोखरा महानगर ह्याण्डबल विकास समिति आयोजनामा ३ दिनसम्म चलेको प्रतियोगितामा छात्रतर्फ १० र छात्रातर्फ ८ टिमले भाग लिएको आयोजक समिति सचिव सुभाष खड्काले बताए । विजयीलाई आयोजक समिति अध्यक्ष दीपकबहादुर गोदार, प्रदेश खेलकुद परिषद् गण्डकीका नि.सदस्यसचिव केशव पाठक, अग्रज ह्याण्डबल खेलाडी राम गुरुङ, कास्की ह्याण्डबल अध्यक्ष चित्रबहादुर थापा, उपाध्यक्ष पुष्पा श्रेष्ठलगायतले पुरस्कार वितरण गरे । गण्डकी बोर्डिङका प्राचार्य वीरेन्द्र खड्काले आफ्ना विद्यार्थीको उपलब्धिपछि खुसी व्यक्त गर्दै विद्यार्थीलाई पढाइसँगै खेलकुदका क्रियाकलापमा पनि सरिक गराउनुपर्ने बताए ।  

गुल्मी: बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ ।  कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा...

थप पढ्नुहोस्

झापा:  झापामा एक व्यक्तिको हत्या भएको छ । मेचीनगर–७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरेका हुन् । प्रहरी नायव उपरीक्षक खड्काका अनुसार...

थप पढ्नुहोस्

काठमाडौं:  जेनजी समूह र नेपाली सेनाबिच आज वार्ता हुने भएको छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन ।  नेपाली सेनाले आन्तरिक सहमत...

थप पढ्नुहोस्