चाउथेको लागुऔषध अड्डामा कास्की प्रहरीको छापा, ६ लाख नगद र साढे ३ हजार एम्पुल बरामद
पाेखरा | असोज ७, २०८०

पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध कारोबारीको अड्डामा छापा मारेको छ ।
पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीका अनुसार पोखरा महानगरपालिका १४ चाउथेको प्रतिभा टोलस्थित एक घरमा आइतबार बेलुकी छापा हानेको हो ।
उक्त घरबाट कास्की प्रहरीले ६ लाख २३ हजार नगद र ३ हजार ६ सय बढी एम्पुल लागुऔषध बरामद गरेको वडाध्यक्ष कार्कीले पुष्टि गरे ।
उनका अनुसार गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारको समन्वयमा जिल्ला प्रहरी कार्यालय कास्कीले छापा मारेको थियो । छापापश्चात लागुऔषधको कारोबारमा संलग्न केही युवालाई पक्राउ गरिएको छ ।
छापा हानेपछि वडाध्यक्षको रोहबरमा मुचुल्का गरिएको कास्की प्रहरीका सूचना अधिकारी तथा डिएसपी श्रवणकुमार विकले लागूऔषध र नगदसहित केही युवा प्रकाउ परेको सुनगाभा न्यूजलाई बताए ।
उनले विस्तृत जानकारी केही दिनमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारी दिए ।
गुल्मी: बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा...
झापा: झापामा एक व्यक्तिको हत्या भएको छ । मेचीनगर–७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरेका हुन् । प्रहरी नायव उपरीक्षक खड्काका अनुसार...
काठमाडौं: जेनजी समूह र नेपाली सेनाबिच आज वार्ता हुने भएको छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन । नेपाली सेनाले आन्तरिक सहमत...