चाउथेको लागुऔषध अड्डामा कास्की प्रहरीको छापा, ६ लाख नगद र साढे ३ हजार एम्पुल बरामद
पाेखरा | असोज ७, २०८०
Filed Photo
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध कारोबारीको अड्डामा छापा मारेको छ ।
पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीका अनुसार पोखरा महानगरपालिका १४ चाउथेको प्रतिभा टोलस्थित एक घरमा आइतबार बेलुकी छापा हानेको हो ।
उक्त घरबाट कास्की प्रहरीले ६ लाख २३ हजार नगद र ३ हजार ६ सय बढी एम्पुल लागुऔषध बरामद गरेको वडाध्यक्ष कार्कीले पुष्टि गरे ।
उनका अनुसार गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारको समन्वयमा जिल्ला प्रहरी कार्यालय कास्कीले छापा मारेको थियो । छापापश्चात लागुऔषधको कारोबारमा संलग्न केही युवालाई पक्राउ गरिएको छ ।
छापा हानेपछि वडाध्यक्षको रोहबरमा मुचुल्का गरिएको कास्की प्रहरीका सूचना अधिकारी तथा डिएसपी श्रवणकुमार विकले लागूऔषध र नगदसहित केही युवा प्रकाउ परेको सुनगाभा न्यूजलाई बताए ।
उनले विस्तृत जानकारी केही दिनमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारी दिए ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले संस्थाको ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ३ जनालाई पुरस्कृत र एक संस्थालाई सम्मान गरेको छ । पोखरा...
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहा...
पाेखरा: माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बौदीकालिले जितेको छ । प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका तनहु...

