लडेर घाइते भएका गोरखाका वृद्धको २० घन्टापछि उद्धार
काठमाडाैं | असोज ९, २०८०

लडेर घाइते भएका गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २ स्यो गाउँका वृद्ध छेन्वा दोर्जे लामाको उद्धार गरिएको छ।
सामाजिक सुरक्षा भत्ता लिन गएका लामा लडेर गम्भीर घाइते भएका थिए। लामालाई नेपाली सेनाको हेलिकप्टरबाट मंगलबार उद्धार गरिएको प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईले जानकारी दिए।
गम्भीर घाइते लामालाई सोमबार नै उद्धार गर्न सांसद बजगाईले पहल गरेका थिए। तर चुमनुब्री निषेधित क्षेत्रभित्र पर्ने भएकोले हेलिकप्टर उडान अनुमति लिन ढिलाइ भएको थियो। घाइते लामालाई काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। उनी सोमबार बिहान करिब ११ बजेतिर लडेका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको छ।
सांसद बजगाईले निजी खर्चमा सेनाको हेलिकप्टरबाट लामाको उद्धार गरिएको बताए। बजगाई गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्। उनले आफ्नो तलबभत्ता निर्वाचन क्षेत्रका जनताको सेवामा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए।
काठमाडौं: नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा एवम् अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ । जनसम्पर्क ...
काठमाडौं: नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे सम्म निषेधाज्ञा निरन्तर रहने र तत्पश्चात् भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यू आदेश जारी हुने जनाएको छ । सेना...
काठमाडौं: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...