फेवाताल किनारबाट बाहिर ६५ मिटर भित्रका संरचना हटाउन सर्वाेच्चको आदेश
पाेखरा | असोज १०, २०८०
सर्वाेच्च अदालतले फेवाताल किनारयता ३० मिटरको मापदण्डलाई अस्वीकार गरेको छ । अदालतको गत असार ४ गते गरिएको फैसलाको पूर्णपाठ अनुसार अब फेवाताल किनारदेखि बाहिर ६५ मिटरभित्रका सम्पूर्ण संरचना खाली गर्नुपर्नेछ ।
‘फेवातालको वरिपरी बर्षायामको उच्चतम पानीको किनाराबाट ६५ मिटरसमको क्षेत्रमा रहेका घर, भवन, व्यापार, व्यवसाय, होटल रेष्टुराँ, रिसोर्ट, आदि तथा अन्य सबै खाले व्यक्तिगत, सरकारी वा सार्वजनिक भौतिक संरचना यो आदेश प्राप्त भएको मितिले ६ महिनाभित्र अनिवार्य रुपमा हटाई खाली गर्नु गराउनू र उक्त ६५ मिटरको मध्यवर्ती क्षेत्रलाई पूर्ण रुपले हरियाली क्षेत्र घोषित गरी सोही बमोजिम काययम गर्नु गराउनू,’ आदेशमा उल्लेख छ ।
यसअघि पोखरा महानगरपालिकाको ५५ औं कार्यपालिका बैठकले फेवातालको मापदण्ड ३० मिटर कायम गरिएको निर्णय गरेको थियो । पछिल्लो आदेशले भने अबको छ महिनाभित्र ६५ मिटर क्षेत्रमा रहेका भौतिक संरचना खाली गरिसक्नु पर्नेछ ।
सर्वाेच्च अदालतले ०७५ वैसाख १६ मै फेवातालको मापदण्ड ६५ मिटर कायम गरेपनि महानगरपालिकाले अटेर गर्दै ३० मिटरमा झारेको थियो ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

