म्याग्दीकाे महभिर गाउँ पहिरोको जोखिममा
म्याग्दी | असोज १२, २०८०
फाइल तस्बिर
म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको बस्ती पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुुई वटा घर भत्किनुुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुुगेको छ । वडासदस्य गर्वे गुुरुङले काले कामी र तुलबहादुुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिनुुभयो ।
पहाडको फेदीबाट शुरु भएको दुुई वटा पहिरो फेदीमा रहेको रितुुङखोला सम्म पुुगेको छु, उहाँले भन्नुुभयो, ट्याङ्की, मुुहान र पाइपलाइनमा क्षति पुुगेकाले २५ घरधुरीले खाने खानेपानीको आयोजना अवरुद्ध भएको छ ।
फूलबारी–महभिर–च्युरीबोट सडक अवरुद्ध भएको छ । पहिरोले गाउँको बीचमा ठूलाठूला खोल्सी बनाएको छ । खोल्सा छेउछाउको जमिन चिराचिरा भएको छ । दुुई सय रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ ।
गएको बुुधवार राति आएको पहिरोले तुुलबहादुरको गोठमा रहेका एक वटा राँगो र एक वटा गोरु मरेका थिए । हामी त्यो दिन घरमा नभएकाले पहिरोबाट बचियोु, तुलबहादुुर भन्नुुभयो, ११ जनाको परिवार आफन्तकोमा आश्रय लिएर बसेका छौँ ।
काले कामीले पहिरोले पुुरिएकोबाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताउनुुभयो । पूर्णदेवी घर्ती, सहबहादुुर घर्ती, सहबहादुुर सुुनार, लालबहादुुर कामी, तिलक कामी, गोरे कामी, पोविसरा सुुनार, वीरबहादुुर कामी, मुक्तिराम सुुनार, कुुलप्रसाद घर्ती, भीमप्रसाद सुुनार, रहमन घर्ती र कुुमारी घर्तीको घर जोखिममा रहेका वडासदस्य गुुरुङले बताउनुुभयो ।
यो ठाउँमा गएको हिउँदमा पनि सुुक्खा पहिरो खसेर एक वटा घरमा क्षति गरेको थियो । पहिरो प्रभावित क्षेत्रको बिहीवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले निरिक्षण गर्नुुभएको थियो ।
पहिरोबाट घरवास गुुमाएकालाई जिल्ला प्रशासन कार्यालय मार्फत राहतको व्यवस्था हुुन्छु, उहाँले भन्नुुभयो, घर पुुनःनिर्माणका लागि तीनै तहका सरकारको साझेदारीमा पाँच लाख रुपैयाँका दरले अनुुदान उपलब्ध गराउने व्यवस्था भएकाले त्यहीअनुुसार सहयोग गर्छौँ।
तत्कालीनरुपमा खानेपानी आपूर्ति र सडक मर्मत तथा पहिरोबाट थप क्षति हुुन नदिने र दीर्घकालीन रुपमा पहिरो नियन्त्रण तथा बस्ती संरक्षण अथवा स्थानान्तरणको योजना कार्यान्वयन गरिने उहाँले बताउनुुभयो ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

